भक्तपुर २३, बैशाख
ईनरह्विल डिष्ट्रीक ३५० का सहायक राष्ट्रीय प्रतीनिधी ईनरह्विल बिजया लक्ष्मी श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताललाई कोरोना महामारीको अवस्थामा अत्यावश्यक कोरोना बिरुध्द जोखिम न्युनिकरणका उपकरणहरु ब्यक्तिगत रुपमा प्रदान गर्नु भएको छ ।
आज एक कार्यक्रममा ईनरह्विल क्लब अफ मध्यपुर का सस्थापक अध्यक्ष तथा अस्पतालका स्त्री क्यान्सर रोग बिशेषज्ञ डा. सृष्टी श्रेष्ठ प्रजापतिले अस्पतालका मेडिकल डाईरेक्टर प्रा. डा. ऋषिकेश नारायण श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।
उक्त कार्यक्रममा अस्पतालका मेडिकल अन्कोलोजी बिभागका प्रमुख तथा रोटरी क्लब अफ मध्यपुर का पुर्व अध्यक्ष डा. रोशन प्रजापति, बरीष्ठ प्रशासकिय अधिकृत राजाराम तजले तथा बित्त प्रमुख जगन्नाथ भुर्तेलको समेत उपस्थित रहेको थियो ।