काठमाडौं, २७ चैत्र २०७९
रशायन तथा मेडिकल आपुर्तीसंघ नेपाल ( केमसान) का अधयक्ष भक्त हमालले नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फ केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
आगामी चैत्र २८ र २९ गते हुन गैरहेको नेपाल उद्योग बाणिज्य महासंघको ५७ बार्षिक साधारण सभा तथा निर्वाचनमा हमालले बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार उमेशलाल श्रेष्ठ समुहबाट सदस्य पदमा उम्मेद्वारी दिएका हुन ।
हाल महासंघको कार्यसमिति सदस्य रहेका हमालले कोभिड जस्तो आपत्तकालीन महामारी आउँदा कसरी स्वास्थ्य क्षेत्रमा रहेर आम नागरिकको जिउ धनको सुरक्षा गर्ने भन्ने बिषयलाई मुल एजेन्डा बनाएर अघि बढ्ने बताए ।
स्वास्थ्य क्षेत्रमा थुप्रै नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले त्यसमा बढी लबीङ गर्ने आफ्नो एजेन्डा रहेको हमालले बताए । केमसानका अध्यक्ष हमाल बिगत तिन दशकदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध रहेका छन् ।