म्याग्दी, ११ माघ २०८२
प्रदेश जनस्वास्थ्य कार्यालय, बेनी म्याग्दी, प्रदेश अस्पताल, बेनी म्याग्दी तथा प्रदेश आयुर्वेद चिकित्सालय, बेनी म्याग्दीको संयुक्त आयोजनामा २०८२ साल माघ ९ र १० गते मंगला गाउँपालिका वडा नं. ३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालय, बरंजामा सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्वास्थ्य जाँच, रगत तथा पिसाबको परिक्षण, जिवनशैली परामर्श र सचेतना सेवा प्रदान गरिएको थियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु हुने स्थानीय तह, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरू, बरंजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू, स्वयंमसेविका तथा नागरिकहरूको सहभागिता रहेको थियो।
शिविरमा जम्मा २८४ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिनुभएको थियो ।





