अछाम, २२ साउन २०८२
सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले अछामको बयालपाटा प्रादेशिक अस्पतालका लागि करार सेवामा ५८ जनशक्तिको माग गरेको छ।
जारी सूचनाअनुसार मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्सिङ अधिकृत, स्टाफ नर्स, ल्याब टेक्नोलोजिस्ट, रेडियोग्राफर, फार्मेसी सहायक, कम्प्युटर अपरेटर, चालक र कार्यालय सहयोगीलगायत विभिन्न पदमा कर्मचारी माग गरिएको हो।
यस्तै आवेदन साउन २८ गतेसम्म सामाजिक विकास मन्त्रालयमा कार्यालय समयभित्र वा इमेल ([email protected]) मा PDF फारम्याटमा पेश गर्न सकिनेछ।
यसका साथै योग्यता, नागरिकता, शैक्षिक र अनुभव प्रमाणपत्र, परिषद दर्ता/नवीकरण प्रमाणपत्र र राजस्व बुझाएको भौचर संलग्न गर्नुपर्नेछ।