बैशाख ६, २०७७
नेपालको छैटौं सन्क्रमित बागलुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएर घर फर्कने भएकी छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार उनको दोस्रो फेजको रिपोर्ट समेत नेगेटिभ आएकाले उनमा कोरोनाको संक्रमण सकिएको पुष्टि भैसकेको छ ।
बाग्लुङस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी ६५ बर्षीया बृद्धाको शनिबार दुबै पटकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा .विनोदविन्दु शर्माले सो जानकारी दिएका हुन् ।उनको आज बेलुकासम्म डिस्चार्ज हुने तयारी भएको छ ।
उनी झण्डै तीन सातादेखि धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी थिइन ।
आज नेगेटिभ रिपोर्ट आएका दुबैजना गत ४ चैतमा नेपाल आएका थिए । दोस्रो अर्थात छैटौं संक्रमित फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी हुन् । दोस्रो र छैटौँ संक्रमित दोहाबाट काठमाडौं एउटै प्लेनमा आएका थिए ।
टेकुमा उपचाररत युवतीको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो । उता बागलुङमा रहेकी संक्रमित महिलाको स्वाब अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण हुँदा नेगेटिभ आएको छ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० पुगेको छ । पहिलो र दोस्रो संक्रमित व्यक्ति भने निको भएर घर फर्किसकेका छन् ।