Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

औषधि उत्पादक संघको आन्दोलन अझैसम्म रोकिएन, यस्ता छ्न ७ वटा मागहरू

HNN Staff by HNN Staff
July 17, 2020
in News
Reading Time: 2 mins read
A A
0
औषधि उत्पादक संघको आन्दोलन अझैसम्म रोकिएन, यस्ता छ्न ७ वटा मागहरू
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

 काठमाडौं , २ साउन

नेपाल औषधी उत्पादक संघले आज पनि औषधी व्यवस्था विभाग अगाडि धर्ना दिएको छ । संघले ७ ओटा माग अघि सार्दै असार २९ गते यता निरन्तर धर्ना दिदै आएको हो ।

बिहिवार  भएको पत्रकार सम्मेलनमा नेपाल औषधि उत्पादक संघका निर्वतमान अध्यक्ष दीपक प्रसाद दाहालले सरकारले स्वदेशी उत्पादनलाई बढावा दिनुको सट्टा मनोबल गिराउने काम गरेको बताए। लकडाउनको समयमा भारत र चीनले स्यानिटाइजरको आयात रोक्दा स्वदेशी उत्पादनले बजार धानेको उनले बताए।

received 615166042539049
ह्यान्ड स्यानिटाइजरको दर्ताका सरकारले तीन महिना थप गरेको विरोधमा संघ आन्दोलनमा उत्रिएको छ। आन्दोलनका कार्यक्रम स्वरुप उनीहरुले विभागमा शुक्रबार पाचौं दिन पनि धर्ना दिएका
सरकारले गुणस्तर सुनिश्चित गरेर बिक्री–वितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्री गर्न दिने निर्णय गरेको भन्दै संघ आन्दोलनमा उत्रिएको छ।

मन्त्रिस्तरीय निर्णय गर्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारको नीति र नियतमा खोट रहेको बताए । सरकारको नीति विरुद्धको लडाई सित्तैमा रोक्न नहुने उनले बताए । विगत वर्षहरुमा सरकारले झुठा आश्वासन दिएर फकाउँदै आएको भएपनि अब त्यस्तो हुन नहुने बताए ।

औषधि उत्पादक संघका अध्यक्ष जी नारायण बहादुर क्षत्रिले भने, ‘औषधी उत्पादक संघको आन्दोलन सरकारका विरुद्ध नभई नीतिका विरुद्ध हो।’

FB IMG 1594968819319
‘हामी औषधी पुगाउन सक्षम छौं , तर सरकार त्यो कुरा सुनिरहेको छैन। जसले गर्दा स्वदेशी उद्योग समस्यामा परेका छन्। बाहिरबाट औषधी आउँदा उपभोक्ता पनि चर्को मूल्य तिर्न बाध्य बनेका छन्’।
कोरोना भाइरसको महामारीको समयमा बजारभर गुणस्तरहीन स्यानिटाइजर आएको भन्दै सरकारले गुणस्तर परीक्षण गरेर मात्रै बिक्री वितरण गर्ने व्यवस्था गर्नुपर्ने क्षेत्रीले बताए।

पत्रकार सम्मेलनमा उपस्थित आइएसओ मान्यताप्राप्त जेष्ठ ल्याबोरोटरीका विज्ञ शोभा बस्नेतले नेपालमा उत्पादित स्यानिटाइजर गुणस्तरीय रहेको बताइन्। स्यानिटाइजरको गुणस्तर मापन गर्ने विभागको विधि नै प्रभावकारी र विश्वसनीय नरहेको उनले बताइन्।

‘नेपाली उत्पादकले उत्पादन गरेको औषधि विदेशी उत्पादन भन्दा कुनै कमी छैन,’ उनले भनिन्, ‘विभागले स्यानिटाइजरको गुणस्तर मापन गर्ने विधि खासै प्रभावकारी र विश्वसनीय भएको हामीले पाएका छैनौ।’

FB IMG 1594969028609

सरकारले गुणस्तर सुनिश्चित गरेर बिक्री–वितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्री गर्न दिने निर्णय गरेको भन्दै संघ आन्दोलनमा उत्रिएको छ।

विभागमा दर्ता भई स्वदेशमै इथानोलको प्रयोग गरी ४० वटा उद्योगले १ सय २० वटा ब्रान्डका स्यानिटाइजर उत्पादन गरिरहेको संघले जनाएको छ। ४० वटा उद्योगमध्ये करिब ३५ वटा स्वदेशी र ५ वटा विदेशी उद्योग रहेको महासचिव अधिकारीले जानकारी दिए।

FB IMG 1594968948802

नेपाल आयुर्वेद उत्पादक संघका अध्यक्ष बिनोद पौडेलले भने नेपाल सरकारले आयुर्वेद र एलोप्याथिक सम्बन्धि औषधिबाट हामी सक्षम भएका छौँ । किन बिदेशबाट आयातीत गर्नुपर्यो हामी नेपाली औषधि उत्पादक संघ संग पनि निरन्तर एक्वबद्दता जनाउदै आइरहेका छौँ र साथमा रहेको पौडेलले बताए।

FB IMG 1594968968990

औषधि थोक व्यबसायी संघका अध्यक्ष शिबराज बास्कोटाले भने मानिस केहि दिन अन्न बिना बाँच्न सक्ला । तर औषधि बिना बाँच्न सक्दैन, हतियार चलाएर भन्दा औषधि नपठाएर नेपालीहरु असुरक्षित बनाउनु भन्दा पहिल्यै नै हामी औषधिमा आत्मनिर्भर हुन जरुरी छ । यो लडाई देशको आर्थिक विकास र आत्मनिर्भरताको लागि हो । सरकारको बिरोधमा होइन , स्वदेशी औषधीलाई सरकारले नहेरेको प्रती हामी आन्दोलित हुन बाध्य भएको बताउनु भयो।

FB IMG 1594967491903

संघका उपाध्यक्ष सन्तोष बरालले भने आन्दोलको पाचौं दिन झन कडा रुपमा नेपाल भरी औषधि उत्पादक संघले आन्दोलन गरिरहेको बताए र हाम्रा मागहरु पूरा नभए सम्म यो आन्दोलन जारी रहने पनि बताए।

यस्ता छ्न नेपाली औषधि उत्पादक संघका मागहरु :

१) स्यानेटाइजरमा नेपाली औषधि उधोग आत्मनिर्भर भईसकेको हुँदा बिना दर्ता र गुणस्तर परीक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता गराउनुपर्ने।

२) २०७४ साल जेठ १७ गते स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने एवं औषधिमा आत्मनिर्भर उन्मुख गराउने निति तर्जुमा गर्ने सम्बन्धमा औषधि ब्यबस्था बिभागका निर्देशकको संयोजकत्वमा अर्थ, उधोग, बाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थबिद सहितको बिज्ञ समुहले दिएको प्रतिवेदनका आधारमा ३० वटा उत्पादनको कच्चापदार्थ मात्र आयात गर्ने निर्णय गरी मन्त्रालयबाट कार्यान्वयनको लागी कार्यतालिका सहित पठाइएको भएतापनि हाल सम्म कार्यान्वयन गरिएको छैन यसको तत्काल कार्यान्वयन गर्नुपर्ने।

 

३) २०७४ साल ०२ १९ गतेको मन्त्रिपरिषदको निर्णयले स्वीकृत प्रबिधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम औषधि ब्यबस्था बिभागले नियमन गर्नेगरि स्वीकृति गरिएको भएतापनि ती सामाग्रीहरुको उत्पादन र नियमनको कुनैपनि कार्यको थालनी हालसम्म पनि गरिएको छैन फलस्वरुप मास्क, निसंक्रमक , पिपिई,कस्मेटिक,भिटियम , खाद्य परिपुरक लगायत उत्पादन नेपालमै उत्पादन हुनसक्ने भएतापनि उत्पादन अनुमति र प्रोत्साहन गरिएको छैन् । यसको तत्काल कार्यान्वयन गर्नुपर्ने।

४) स्वदेशी औषधि उधोगले कुनैपनि नयाँ औषधीको उत्पादन गर्न चाहेमा उत्पादन अनुज्ञा दिनु पूर्व औषधि सल्लाहकार समिति बाट स्वीकृत लिनुपर्ने तर सोहि औषधी आयात गर्न बिशेष अनुमति र पछि सल्लाहकार समिति बाट अनुमोदन गराउने ब्यबस्था गरिएको छ फलस्वरुप स्वदेशी उधोगले कुनै नयाँ औषधि उत्पादनको अनुमति मात्र लिन पनि बर्षौं कुर्नुपर्ने तर आयात गर्दा तत्काल अनुमति पाइने भएकाले स्वदेशी उधोगलाई भन्दा आयातलाई प्रोत्साहन गरिएको छ । त्यसैले स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको विकाश गरी देशलाई आत्मानिर्भर बनाउन ।

५) स्वदेशी औषधी उधोगको जीएमपी प्रमाणिकरणको लागी निरीक्षण पश्चात पनि महिनौं सम्म प्रमाणिकरण नगर्ने तर बिदेशी उधोगको हकमा हप्ता दिनमै दर्जनौ उधोगको निरीक्षण गरी प्रमाणिकरण गर्ने गरिएको हुँदा स्वदेशी उधोगहरु निरुत्साहित भएका छन । त्यसैले स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश गरि देशलाई आत्मानिर्भर बनाउन ।

६) हालै मिति २०७६ साल ११(१९ गतेको राजपत्रमा प्रकाशित गरि स्वदेशी उधोगलाई मात्र भार पर्ने गरि कच्चापदार्थको आयात सिफारिसमा समेत दस्तुर लिने गरी असामान्य रुपमा १२ गुणा सम्म बृद्धि गरिएको हुँदा स्पष्ट रुपले आयातलाई प्रोत्साहन गरिएको देखिन्छ । यो निर्णयलाई तत्काल फिर्ता लिनुपर्ने

७) विदेशीे कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने ,त्यसैले नेपालमा सजिलै बन्न सक्ने ,माग अनुसार आपूर्ति गर्न सकिने र मुल्यको सुनिश्चितता भएका उत्पादनहरु तत्काल आयात बन्द गरी नेपाली उधोगको विकाश र राष्ट्रलाई आत्मनिर्भर बनाउनुपर्ने।

FB IMG 1594968958821

३० वटा उत्पादनले मात्रै कच्चा पदार्थ आयात गर्ने निर्णय कार्यान्वयन हुनुपर्ने, स्वदेशी उद्योगलाई उत्पादन अनुमति र प्रोत्साहन गर्नुपर्ने, स्वदेशी औषधी र उद्योगलाई प्राथमिकता दिनुपर्ने, समयमै औषधी प्रमाणिकरण गरिनुपर्ने, आयातलाई भन्दा स्वदेशी औषधीको प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्नेलगायतका माग उनीहरूका छन्।

Tags: #Seti zone AayurbedAayubedAPPONCorona Virus #Covid19department of drug administration
SummarizeShare236ScanTweet147

Related articles

बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया

बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया

by Nam Raj Bhatta
July 1, 2026
0

सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्र अछाममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ जनाको सफल शल्यक्रिया गरेको छ। अस्पतालले एकै दिनमा हाडजोर्नीसम्बन्धी विभिन्न जटिल प्रकृतिका...

लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने

लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने

by Nam Raj Bhatta
July 1, 2026
0

लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ G (Lions Clubs International District 325 G) अन्तर्गत चिकित्सकहरूको विशेष र विशिष्ट क्लब "लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्स" को अध्यक्षमा बालरोग विशेषज्ञ...

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

by Nam Raj Bhatta
June 30, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट...

Bharatpur hospital

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल

by Nam Raj Bhatta
June 28, 2026
0

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) मूल्याङ्कनमा देशभरका संघीय अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    821 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    691 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    687 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया
  • लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने
  • वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
  • भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल
  • ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.