आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

काठमाडौंमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी साउथ एशिया रिजनल मिडिया वर्कशप सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
August 9, 2024
in News
A A
0
काठमाडौंमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी साउथ एशिया रिजनल मिडिया वर्कशप सम्पन्न
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २५ साउन २०८१

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाविटामा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी साउथ एशिया रिजनल मिडिया वर्कशप सम्पन्न भएको छ।

हेल्थ टिभी अनलाइनको आयोजना तथा ग्लोबल एएमआर मिडिया अलायन्स (गामा), सीएनएस, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल हेल्थ रिसर्च काउन्सिल र हेल्थ आवाज लगायतको सह आयोजनामा गरिएको उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

भर्चुअल र इन पर्सन गरी हाइब्रिड मोडमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले एएमआर अहिलेको प्रमुख जनस्वास्थ्य समस्या मध्ये एक रहेको भन्दै यसकाबारेमा सबै सरोकारवालाहरुको ध्यान जान जरुरी भइसकेको बताए।

डा. पोखरेलले अहिलेको यो जल्दोबल्दो समस्याका बारेमा मिडिया पनि सचेत भएर सही सूचना सम्प्रेषण गरेमा केही हदसम्म एएमआरको समस्या कम गर्न सकिने बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्राले एन्टिबायोटिकको जथाभावी प्रयोग गर्दा हुने समस्याको बारेमा मिडियाले अझ बढी कलम चलाउनपर्ने बेला भएको बताइन् । डा. मिश्राले मिडियाले नागरिक र एन्टिबायोटिक प्रेस्क्राइब गर्ने चिकित्सकलाई पनि प्रश्न गर्नपर्नेमा जोड दिइन्।

यस्तैगरी कार्यक्रममा सीएनएस इन्डियाकी म्यानेजिङ एडिटर तथा ग्लोबल एएमआर मिडिया अलायन्सकी चेअरपर्सन शोभा शुक्लाले एन्टिबायोटिकको जथाभावी प्रयोगले निको हुने रोगहरु पनि समय लाग्ने र जटिल हुँदै गएको बताइन्।

कार्यक्रममा हेल्थ टिभी अनलाइनकी सम्पादक तथा साउथ एशिया रिजनल मिडिया वर्कशप टु प्रिभेन्ट एएमआरकी अर्गनाइजिङ चेअरपर्सन कल्पना आचार्यले एन्टीबायोटिकको जथाभावी प्रयोगका बारेमा समाचार, लेख मिडियामा कम आउने गरेको र मिडियालाई पनि प्राविधिक विषय भएकाले एएमआरका बारेमा धेरै ज्ञान नभएको बताइन् । उनले, एमआरका बारेमा सरकारले प्राथमिकताकासाथ संचारकर्मीमाझ छलफल र अन्तरक्रिया चलाउन पर्नेमा जोड दिइन्।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका प्रमुखले एन्टीमाइक्रोबियल अहिले १० जनस्वास्थ्य थ्रेटमध्ये एक रहेको भन्दै यसमा सबै मिलेर काम गर्नपर्ने बताए ।

यसैगरी कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. सम्झना काफ्ले, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रमोद जोशी, एपोनका अध्यक्ष महेश प्रधान, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवद्धय डा. टंक बाराकोटी, डा. विकास देवकोटा, कृषि तथा पशुपंक्षी विभागका महानिर्देशक डा. उमेश दाहाल, फार्मेशी काउन्सिलका अध्यक्ष प्रज्ववल जंग पाण्डे र अनुसन्धानकर्ता डा. समीर मणी दिक्षित लगायतले मन्तब्य राख्नु भएको थियो।

कार्यक्रममा एन्टीमाक्रोबियल सम्बन्धी जोडिएका विविध विषयमा विज्ञहरुद्धारा प्रस्तुतीकरण समेत रहेको थियो भने एएमआरलाई कम गर्न मिडियाको कस्तो भूमिका हुनसक्छ भन्ने विषयमा संचारकर्मीमाझ छुट्टै प्यानल छलफल समेत भएको थियो।

Tags: #Health and population ministryAntimiocrobial ResitenseDr. Pramod Raj joshiNepal Health Research Councilsouth asia regional media workshop.
Nisarga hospital Dhangadhi
Previous Post

डेंगू संक्रमणका बिरामीको निःशुल्क उपचार गरिने

Next Post

जानकी मेडिकल कलेजमा भाद्र १ देखि स्वास्थ्य विमा लागू हुँदै

Related articles

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

18 hours ago
838
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

23 hours ago
783
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

1 day ago
797
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश
News

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

2 days ago
782
एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

5 days ago
791
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

6 days ago
866
Next Post
जानकी मेडिकल कलेजमा भाद्र १ देखि स्वास्थ्य विमा लागू हुँदै

जानकी मेडिकल कलेजमा भाद्र १ देखि स्वास्थ्य विमा लागू हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.