Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

महामारी सम्झौता समतामुलक पहुँचमा आधारित ए.एच.एफ. द्वारा एस.ओ.एस. अभियान

Nam Raj Bhatta by Nam Raj Bhatta
June 1, 2024
in News
Reading Time: 1 min read
A A
0
महामारी सम्झौता समतामुलक पहुँचमा आधारित ए.एच.एफ. द्वारा एस.ओ.एस. अभियान
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १९ जेठ २०८१

एड्स हेल्थ केयर फाउण्डेशनले ‘हाम्रो समाज बचाऊ’ अभियानमार्फत् यस्तो अपिल गरेको हो । सबै राष्ट्रहरुको पहुँचमा हुनेगरी महामारी सम्झौता हुनुपर्ने माग उठाएको छ।

काठमाडौंमा सञ्चारकर्मीहरु सङ्ग महामारी सम्झौता पत्र सम्बन्धी अन्तरक्रिया गरी वकालतको बारेमा जानकारी दिएको हो।

यसअघि यो अभियानले ‘हाम्रो आत्मा बचाऊ’ भन्ने नारा अघि सारेको थियो। सन् १९०७ मा अमेरिकामा स्थापना भएको यो संस्थाले एड्स पीडितहरुको अन्तिम समयमा हेरचाह गर्ने हस्पिस होम खोली सेवा प्रदान गर्न सुरु गरेकोमा हाल विश्वभरी एचआइभी संक्रमितहरुको उपचारमा पहुँचको लागि सहयोग प्रदान गर्दै आएको छ।

एफफएच नेपालका कार्यक्रम व्यवस्थापक दिब्यराज जोशीले भविष्यमा विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्रहरुको बीचमा हुन लागेको र  वर्तमान महामारी सम्झौतामा रहेको कमजोरी अन्त्य गरी समतामुलक पहुँच पुग्ने गरी सम्झौता हुनु पर्ने माग अघि सारेको बताउनुभयो। उनले भने,  ‘कोभिड १९ महामारीको बेला भोगेको कहाली लाग्दो असमानतालाई सम्बोधन गर्न चाहन्छौँ,’ ।

कोभिड १९ महामारीको बखत उच्च आय भएका देशहरुको स्रोत सेवा साधनमा पहुँच रहेको र न्युन आय भएका देशहरु सेवाको पखाईमै महामारीवाट धेरै क्षति झेल्नु परेको जोशीले स्मरण गरे।

विश्वको ८५  प्रतिशत जनसंख्या वस्ने कम न्युन तथा मध्यम आय भएका  राष्ट्रहरुको लागि महामारी स्रोतमा २० प्रतिशत मात्र छुट्याइएको विगतको अनुभव गलत भएको जनाउँदै सवै राष्ट्रको समतामुलक पहुँच हुनु पर्नेमा अभियानले जोड दिएको छ।

‘महामारीको बखत हुने असमान वितरणले विपन्न र मध्यम आय भएका देशहरुले विगतको महामारीमा ठूलो क्षति बेहोर्नु परेको अनु्भव छ’ कार्यक्रम व्यवस्थापक जोशीले भने।

सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहले दीगो विकासका १७ वटा लक्ष्य मध्येमा विश्वव्यापी रुपमा रहेको गरिवीको खाडल, स्वास्थ्यमा रहेको खाडल कम गर्ने लक्ष्य रहेकोले महामारी सम्झौता समतामुलक पहुँच नभएमा लक्ष्य पुरा नहुने बताए। ‘शिक्षा, स्वास्थ्य, आय स्वस्थ नभइ मानव स्वस्थ हुँदैन’ उनले भने।

‘कति मानिस अक्सिजन र खोेपको कमीकै कारण गुमाउनु पर्यो’ उनले भने। विश्वको कुनै पनि कुनामा देखिने महमाारी अर्को देशमा सजिलै फैलिने अहिलेको स्थिति भएकोले सवै राष्ट्र मिलेर संबोधन नगरी सुखै नभएको डा. सिहको भनाइ छ। ‘एक देशवाट अर्को देशमा दैनिक आवात–जावात छ, त्यो कारण महामारी जहाँ पनि पुग्छ’ उनले भने।

अव हुन सक्ने कुनै पनि महामारीमा कोभिड १९ को जस्तो कम आय भएका देशहरुले भोग्नु नपरोस भन्ने बिषयमा फाउण्डेशनको चिन्ता व्यक्त गरेको छ। सन् २०२१ देखि जनस्वास्थ्य समताको लागि परिवर्तन सुरु भएको थियो। यो कालमा युरोप र अन्य विकसित देशहरुले हातेमालो गरे पनि ती देशका केही स्वार्थी उत्पादक कम्पनीहरुसँग विश्वका मुख्य अर्थतन्त्र भएका देशहरु लाग्दाको पलले चिन्ता थपिएको  जोशीले बताउनु भयो।

विगतको यो त्रुटिवाट विश्व स्वास्थ्य संगठनले अघि सारेको समताको सिद्धान्तमा केही राष्ट्रहरु इच्छुक नभएकोले सिद्धान्त लागु हुने कुरा कागजमा सीमित हुने देखिएको एएचएफले औल्याएको छ।

महामारीमा पहुँच र लाभ वितरण व्यवस्थापन (प्याब्स) को धारा १२ ले केही जारी गरेको केही अनिवार्य प्रतिवद्धताहरु अन्तर्गत प्याब्सका सदस्य राष्ट्रहरुले जैविक तथा अनुवांशिक सामाग्री र तथ्याकं समयमै उत्पादन गर्न आवश्यक रहेको उल्लेख गरेको छ। यो प्रक्रियाले समयमै महामारी पत्ता लगाउन, खोप उत्पादन गर्न र  थेरापी सेवाको लागि महत्त्वपुर्ण मानेको छ।

प्याब्सको धारा १२ ले नै स्वास्थ्य सामाग्रीमा सवै मुलुकहरुको समान पहुँच र अधिकारको लागि वकालत गर्दै अर्को महामारी आउनु अघि नै विश्व स्वास्थ्य सुरक्षाको लागि पहल गर्न आहवान गरेको छ।

प्याब्सको धारा १२ लागु भएमा अहिलेको असमतामुलक पहुँच अन्त्य गरी सवै समाज बाँच्ने र बचाउने अधिकार सुनिश्चत हुने एसओएस ´हाम्रो समाज बचाओैं’ अभियानले  अपिल गरेको छ। महामारीमा समतामुलक पहुचको सुनिश्चत हुनु पर्ने वकालत गर्दै आएको एएचएफ सन् १९०७ मा अमेरिकामा स्थापना भएको संंस्था हो। पछिल्लो वर्षहरुमा फाउण्डेशनले कुनै पनि महामारीमा जनस्वास्थ्य सुरक्षामा सवैको पहुँचको वकालत गर्दै आएको छ।

Tags: #government of Nepal#Health and population ministryAhf nepalCorona Virus #Covid19
SummarizeShare235ScanTweet147

Related articles

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
September 11, 2026
0

हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल...

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त

by Nam Raj Bhatta
September 11, 2026
0

सरकारले नेपाल औषधी लिमिटेडमा रिक्त रहेको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । बिहीवार  बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

by Nam Raj Bhatta
September 10, 2026
0

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम...

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    874 shares
    Share 350 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    704 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    694 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त
  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित
  • फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.