बुटवल , ०१ माघ २०७७
रक्षा आयुर्वेदिक औषधालय मणिग्रामको १३ औं बार्षिक जन्मउत्सवको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ प्रभू बैंक पछाडि पुरानो हाट बजारमा पुष २५ गते सम्पन्न भएको थियो।
उक्त शिविरमा वृद्दा ९२ वर्षीया पवित्रा पाण्डेबाट शुरु गरिएको थियो। बिहान १० बजे देखि दिउँसो ६:३० बजे सम्म चलेको शिविरमा ५ वर्ष देखि ९२ वर्ष सम्मका सेवाग्राहीहरुले सेवा लिनु भएको छ।
आयुर्वेद बिशेषज्ञ डा . रमेश केसीले आयुर्वेद सम्बन्धी परामर्श र उपचार गर्नु भएको थियो। यस्तै गरी हाडजोर्नी सम्बन्धि समस्या , पायल्स , निमोनिया, पेट र दम सम्बन्धिका समस्याहरु भएका १२४ जनाले स्वास्थ्य सेवा लिएको रक्षा आयुर्वेदिक औषधालका सञ्चालक शालिकराम भूषालले जानकारी दिनुभएको छ।
भूषालका अनुसार उक्त निशुल्क शिबिरमा ४ लाख बराबरको निशुल्क औषधी बितरण गरेको छ । शिविरको ब्यबस्थापनमा १४ जना खटिनु भएको थियो।
आयुर्वेदको महत्व र बिशेषता बुझाउने र घरघरमा रोगिलाई निरोगि र निरोगिलाई रोग लाग्न नदिने उद्धेश्यका साथ बिगत लामो समयदेखि सेवा दिँदै आएको आयुर्वेदिक औषधालयले यस क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुको स्वास्थ्यमा ध्यान दिदै शिविर संञ्चालन गरिएको भुसालले बताए । उनले आगामि दिनमा पनि थप सेवा बिस्तार गर्दै अगाडि बढ्ने बताए ।
बिशेषगरी रुपन्देही,गुल्मी,अर्घाखांची,कपिलबस्तु स्याङजा, बाग्लुङ, नेपालगंज लगायतका ठांउबाट स्वास्थ्य जाँच गर्न आएको भुसालले बताए । नयांँ समस्या भन्दा पनि पुरानो समस्या लिएर आउनेको संख्या बढि भएको संञ्चालक भुसालले जानकारी दिए । संञ्चालक भुसालले शिबिरलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने ग्रेस,सिद्ध ,फ्लूर हिमालय कम्पनी, हिमालया ड्रग, झन्डु र गोर्खा कम्पनी लगायतहरुलाइ हार्दिक धन्यवाद दिएका छन। ।