काठमाडौं, ४ जेठ २०७९
आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित भएका छन्।
सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न २ को वडा अध्यक्षमा डा. यादब चुनिएका हुन्। डा यादव नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित भएका हुन्।
डा. यादबले आयुर्वेद क्याम्पस किर्तीपुरबाट बिएएमएस पास गरेका हुन्। उहाँले यसअघि राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रमा समेत काम गरिसकेका छन्।