कैलाली, १८ पुस २०८२
सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी र सिंहदरबार वैद्यखाना विकास समितिबीच चिकित्सालयको फार्मेसीमा सिंहदरबार वैद्यखानाद्वारा उत्पादित आयुर्वेद औषधीहरू खरिद-बिक्री गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
बुधबार सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको उपस्थितिमा प्रादेशिक आयुर्वेद चिकित्सालयसँग सम्झौता भएको चिकित्सालयले जनाएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डा. ओमप्रकाश कलौनीले निःशुल्क औषधीहरूसँगै सःशुल्क पाउने औषधीहरू समेत खरिद गर्ने सम्झौता भएको बताउनु भयो। अब यो सङ्गै सिंहदरबार वैद्यखानाका गुणस्तरीय आयुर्वेद औषधीहरू प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीको फार्मेसीमा सुपथ मूल्यमा उपलब्ध हुने भएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रले समेत सिंहदरबार वैद्यखानामा उत्पादित विभिन्न आयुर्वेद औषधी खरिद गरि सुदूरपश्चिम प्रदेशका आयुर्वेद स्वास्थ्य संस्थामा बितरण गरिने डा. कलौनीले बताए।












