काठमाडौं, ९ भाद्र २०७७
स्वास्थ्य नै जीवन हो। स्वस्थ जीवनका लागि प्रत्येक मानिसले जेन-तेन प्रयास गरेकै हुन्छन्। तर प्रत्येक मनुष्यले पालन गर्नुपर्ने विभिन्न प्रयास कस्तो हुनुपर्छ ताकि स्वस्थ जीवनको अनुवर्तन भैरहोस् भन्ने आधारलाइ आयुर्वेद जगतका तीन विज्ञ – डा. संतोष कुमार ठाकुर, डा. मिथिलेश कुमार साह एवम् डा. निर्मल भुसालले “स्वस्थ जीवन शैली” (आयुर्वेद सिद्धान्तमा आधारित) पुस्तक लेखेका हुन्।
उक्त पुस्तकको विमोचन सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रुदयेश त्रीपाठीले सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा सार्वजनिक गर्नु भयो। सो हि क्रममा ऊहाँले स्वस्थ र स्वच्छ जीवन शैली नै हरेक रोगको भरपर्दो उपचार रहेको बताउनुभयो ।उक्त पुस्तक अहिलेको अवस्थामा हरेकले आफ्नो जीवनशैली परिवर्तन गरी कोरोनाबाट बच्न सर्वोत्तम उपाय भएकोले सहयोगी हुने उल्लेख गर्नुभयो।
यस पुस्तकमा आयुर्वेदको सिद्धान्तमा आधारित स्वस्थ जीवन शैलीका लागि उपयोगि सबै उपायहरु सरल रुपमा समावेश गरिएको छ। लेखक डा. संतोष कुमार ठाकुर, द्रव्यगुण विग्य एवम् आयुर्वेद चिकित्सक, औषधि व्यवस्था विभागका अनुसार स्वस्थ जीवन शैलीका लागि उपयोग गर्ने सन्दर्भलाई व्यवस्थित रुपमा पालन गर्न उक्त पुस्तक पाठक समक्ष उपयोगि हुने बताएका छन्। ऊहाँले जीवनमा प्रयोग गर्ने उपायहरु कसरी उपयोगी वा अनुपयोगी हुन्छ भन्ने विषयलाई यस पुस्तकबाट जान्न सकिने कुरा व्यक्त गर्नु भएको छ।
पुस्तकका लेखक डा. मिथिलेश कुमार साह, आयुर्वेद संहिता सिद्धान्त विग्य, शिक्षण सहायक एवम् विभागाध्यक्ष, आयुर्वेद क्याम्पस, त्रि. वि. का अनुसार यस पुस्तक मर्फत एक व्यक्तिले आफूलाई उपयोगी आहर, निद्रा, आदि आयुका उपस्तम्भहरु कसरी र कुन बेला तथा कति मात्रामा गर्नु पर्छ ताकि स्वस्थ अवस्था रहन सकुन भन्ने सन्दर्भहरु बुझ्न सक्छन्। आयुर्वेदको मुख्य सिद्धान्तहरुको वर्णनका साथै उचित दिनचर्या, ऋतुचर्या, योग, सद्वृत्त, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उपायका साथै घर-वरिपरि तथा भान्साघरमा उपयोग हुने जडिबुटीको वर्णन जन-सामान्यले सजिलै बुझ्न सकिने कुरा यस पुस्तकमा समावेश गरिएको छ ऊहाँले बताए।
त्यसै गरि लेखक डा. निर्मल भुसाल, पंचकर्म विग्य एवम् प्रमुख तालिम अधिकृत, रािष्टृय अनुसन्धान तथा तालिम केन्द्रका अनुसार अहिलेको माहामारिमा एवम् स्वस्थ रहन पंचकर्म सम्बन्धि विस्तृत वर्णन तथा यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्दछ भन्ने विषयलाई पनि उजागर गरिएको तथा जन्म देखि मर्ने समय सम्म प्रत्येक मनुष्यले आचरण गर्नुपर्ने विषयलाई समेटिएको कुरा बताउनु भयो।
उक्त पुस्तक प्रत्येक मनुष्यले अध्ययन गर्नेपर्ने तथा त्यसै अनुसारको आचरण गर्नुपर्ने कुरामा लेखकहरुले विशेष जोड दिएका छन्। आयुर्वेदको उद्देश्य अनुरुप स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षामा तथा जीवनशैली जन्य व्याधिको रोकथाममा उक्त पुस्तकले उचित योगदान पुर्याउनेछ भन्ने धारना व्यक्त गरेका छन्।