Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण हुँदै

HNN Staff by HNN Staff
March 4, 2020
in News
A A
0
Nepal PM KP Sharma Oli

Nepal PM KP Sharma Oli

Share on FacebookShare on TwitterShare on LinkedInQR Code
काठमाडौँ २१ बुधबार — प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्न सम्पूर्ण तयारी पूरा भएको छ । उनको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपण पछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ । शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटु लगायतका परीक्षण सहित उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपणका लागि आवश्यक सबै तयारी गरिएको छ । ओलीको स्वास्थ्य अवस्था अहिले जस्तै सामान्य रहे बुधबार बिहान ९ बजे शल्यक्रिया सुरु हुने जानकारी उनले दिए ।
ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।
डा. खड्गाका अनुसार मंगलबार राति भारतीय र नेपाली चिकित्सक बीच कसले के गर्नेलगायत विभिन्न पक्ष समावेश हुने गरी प्रत्यारोपणको योजना तय हुनेछ । हाल दिल्लीको म्याक्स हेल्थ केयरका युरोलजी रेनल ट्रान्सप्लान्ट एन्ड रोबोटिक्स विभागका अध्यक्ष डा. अनन्त कुमार १३ वर्षअघि भारतको अपोलो अस्पतालमा भएको ओलीको पहिलो प्रत्यारोपणमा समेत सरिक थिए ।
नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार डा. अनन्त कुमारलाई मंगलबार ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिइएको छ । उनले त्यसका लागि सोमबार काउन्सिलमा निवेदन दिएका थिए ।
‘डा. अनन्तले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा मुख्य भूमिका खेल्ने भएकाले नै उनीबारे भविष्यमा विवाद नहोस् भनेर शल्यक्रियामा सहभागी हुन अनुमति लिएका हुन्,’ प्रधानमन्त्रीको शल्यक्रियामा संलग्न हुने एक चिकित्सकले भने, ‘थुप्रै प्रत्यारोपण गरिसकेका डा. अनन्त कुमारसँग केही महिनादेखि प्रधानमन्त्रीको प्रत्यारोपणको विषयमा निरन्तर सम्पर्क भइरहेको थियो ।’
ओलीलाई आफ्नो मुलुकमा मिर्गौला प्रत्यारोपण गराउन विभिन्न सम्पर्क सूत्रमार्फत भारत र चीनले समेत निम्तो गरेका थिए । प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा सघाउन भारतबाट आएका दुई जनामध्ये अर्का नेफ्रोलजिस्टले
भने काउन्सिलबाट उपचार प्रक्रियामा सरिक हुने अनुमति लिएका छैनन् ।
‘अब्जरभेसन’ मा रहने भन्दै अर्का भारतीय चिकित्सकले विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति नलिएको डा. अधिकारीले बताए । उनका अनुसार अब्जरभेसनमा बस्नका लागि दर्ता स्वीकृति आवश्यक छैन ।
सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा सात पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगर्दा प्रधानमन्त्री ओली नियमित डायलसिसमा थिए । मिर्गौला प्रत्यारोपणअघि गर्नुपर्ने नियमित प्रक्रियाअन्तर्गत मंगलबार उनको डायलसिस गरिएको हो । यसैबीच नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रधानमन्त्रीले मुलुकमै नेपाली चिकित्सकबाट आफ्नो उपचार गराउने निर्णयप्रति समेत उच्च सम्मान प्रकट गर्दै सबै उच्च ओहोदामा रहेकाहरूलाई स्वदेशमै उपचार गराउनसमेत संघले आग्रह गरेको छ ।
नेपाल ट्रान्सप्लान्ट सोसाइटीका अध्यक्ष प्रा.डा. भोलाराज जोशीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मुलुकमै प्रत्यारोपण गर्ने निर्णय गरेर सबै नेपाली चिकित्सकको हौसला बढाएकामा आभार व्यक्त गरेका छन् ।

Live example of Kidney Transplant in Nepal, the patient being Nepal’s Prime Minister himself.

Tags: Kidney Transplant
Nisarga hospital Dhangadhi
Previous Post

How to do Corona Virus Simple Checkup?

Next Post

कसरी बनाउन सकिन्छ कम्मर पातलो र सुन्दर शरीर कस्ता कस्ता उपायहरु अपनाउन सकिएला??

Related articles

काठमाडौं क्यान्सर सेन्टरमा सुरु भयो पेटिभित्रका क्यान्सरमा प्रयोग हुने ‘हाइपेक’ सर्जरी
News

काठमाडौं क्यान्सर सेन्टरमा सुरु भयो पेटिभित्रका क्यान्सरमा प्रयोग हुने ‘हाइपेक’ सर्जरी

1 hour ago
779
स्वास्थ्यमन्त्रीद्वारा त्रिवि शिक्षण अस्पतालमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्घाटन
News

स्वास्थ्यमन्त्रीद्वारा त्रिवि शिक्षण अस्पतालमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्घाटन

1 hour ago
784
प्रधानमन्त्रीद्वारा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन
News

प्रधानमन्त्रीद्वारा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

6 hours ago
789
भक्तपुर जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा
News

भक्तपुर जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा

14 hours ago
891
नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित
News

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित

18 hours ago
787
कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव
News

कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव

19 hours ago
854
Next Post
Slim figure female body

कसरी बनाउन सकिन्छ कम्मर पातलो र सुन्दर शरीर कस्ता कस्ता उपायहरु अपनाउन सकिएला??

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,134)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.