Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण हुँदै

HNN Staff by HNN Staff
March 4, 2020
in News
Reading Time: 2 mins read
A A
0
Nepal PM KP Sharma Oli

Nepal PM KP Sharma Oli

588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
काठमाडौँ २१ बुधबार — प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्न सम्पूर्ण तयारी पूरा भएको छ । उनको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपण पछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ । शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटु लगायतका परीक्षण सहित उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपणका लागि आवश्यक सबै तयारी गरिएको छ । ओलीको स्वास्थ्य अवस्था अहिले जस्तै सामान्य रहे बुधबार बिहान ९ बजे शल्यक्रिया सुरु हुने जानकारी उनले दिए ।
ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।
डा. खड्गाका अनुसार मंगलबार राति भारतीय र नेपाली चिकित्सक बीच कसले के गर्नेलगायत विभिन्न पक्ष समावेश हुने गरी प्रत्यारोपणको योजना तय हुनेछ । हाल दिल्लीको म्याक्स हेल्थ केयरका युरोलजी रेनल ट्रान्सप्लान्ट एन्ड रोबोटिक्स विभागका अध्यक्ष डा. अनन्त कुमार १३ वर्षअघि भारतको अपोलो अस्पतालमा भएको ओलीको पहिलो प्रत्यारोपणमा समेत सरिक थिए ।
नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार डा. अनन्त कुमारलाई मंगलबार ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिइएको छ । उनले त्यसका लागि सोमबार काउन्सिलमा निवेदन दिएका थिए ।
‘डा. अनन्तले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा मुख्य भूमिका खेल्ने भएकाले नै उनीबारे भविष्यमा विवाद नहोस् भनेर शल्यक्रियामा सहभागी हुन अनुमति लिएका हुन्,’ प्रधानमन्त्रीको शल्यक्रियामा संलग्न हुने एक चिकित्सकले भने, ‘थुप्रै प्रत्यारोपण गरिसकेका डा. अनन्त कुमारसँग केही महिनादेखि प्रधानमन्त्रीको प्रत्यारोपणको विषयमा निरन्तर सम्पर्क भइरहेको थियो ।’
ओलीलाई आफ्नो मुलुकमा मिर्गौला प्रत्यारोपण गराउन विभिन्न सम्पर्क सूत्रमार्फत भारत र चीनले समेत निम्तो गरेका थिए । प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा सघाउन भारतबाट आएका दुई जनामध्ये अर्का नेफ्रोलजिस्टले
भने काउन्सिलबाट उपचार प्रक्रियामा सरिक हुने अनुमति लिएका छैनन् ।
‘अब्जरभेसन’ मा रहने भन्दै अर्का भारतीय चिकित्सकले विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति नलिएको डा. अधिकारीले बताए । उनका अनुसार अब्जरभेसनमा बस्नका लागि दर्ता स्वीकृति आवश्यक छैन ।
सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा सात पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगर्दा प्रधानमन्त्री ओली नियमित डायलसिसमा थिए । मिर्गौला प्रत्यारोपणअघि गर्नुपर्ने नियमित प्रक्रियाअन्तर्गत मंगलबार उनको डायलसिस गरिएको हो । यसैबीच नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रधानमन्त्रीले मुलुकमै नेपाली चिकित्सकबाट आफ्नो उपचार गराउने निर्णयप्रति समेत उच्च सम्मान प्रकट गर्दै सबै उच्च ओहोदामा रहेकाहरूलाई स्वदेशमै उपचार गराउनसमेत संघले आग्रह गरेको छ ।
नेपाल ट्रान्सप्लान्ट सोसाइटीका अध्यक्ष प्रा.डा. भोलाराज जोशीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मुलुकमै प्रत्यारोपण गर्ने निर्णय गरेर सबै नेपाली चिकित्सकको हौसला बढाएकामा आभार व्यक्त गरेका छन् ।

Live example of Kidney Transplant in Nepal, the patient being Nepal’s Prime Minister himself.

Tags: Kidney Transplant
SummarizeShare235ScanTweet147

Related articles

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

by Nam Raj Bhatta
October 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा...

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

by Nam Raj Bhatta
October 2, 2026
0

ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर  कार्यवाहक प्रमुख सुनिता...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    883 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त
  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता
  • भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.