कोरोना महामारीले सिकाएको पाठ #covid19

✍️ डा.विजय बाबू,
सर्जरी रेजिडेन्ट,
वीर अस्पताल

बिश्वब्यापी फैलिएको कोरोना महामारीले जति त्रास अनि खतरा आम जनतामा फैलाएको छ,उत्ति नै त्रास स्वास्थ्यतर्फका निकायहरु सङ सम्बन्धित हरेकमा छ।यस्तो बेला स्वास्थ्य मन्त्रालयको भुमिका निकै महत्त्वपूर्ण हुन्छ तर कार्यशैली हेर्दा संक्रमणको घडीमा निकै बिचलित भइ काम गरेको स्पष्ट बुझिन्छ।अझै भनौ जनता मात्र नभइ संकट सङ लडाइ लड्न हर्दम साथ दिने आफ्ना चिकित्सक अनि स्वास्थ्यकर्मीहरुको पनि मनोबल गिराइ उट्पटाङ निर्णयहरु गरिनु अनि आवश्यकता अनुसारको सुरक्षा कवच,जाच गर्ने kit लगायतका उपकरण मिलाउन अनियमितता अनि जुवा खेलेको देख्दा सारा अचम्मित छन।

बर्षौ देखि चिकित्सकहरुलाई कम भन्दा कम सुबिधा दिएर जनताको सेवामा खट्न बाध्य बनाउन शिपालु मन्त्रालयले अहिलेको अवस्थामा के बुझ्नुपर्छ भने महामारीको बेला मात्र लडाइ लड्न चाहिने जनशक्ति रातारात खडा गर्न सकिँदैन,बरु त्यसको लागि राष्ट्रले सोही अनुरुपको सेवा प्रणाली पहिला देखि तैनात बनाउनुपर्छ।

बिगतका दिनहरुमा स्वास्थ्य क्षेत्रप्रती रहेको सरकारको दृस्टीकोण अनि स्वास्थय मन्त्रालय स्वयंको हेल्चेक्राइ हाल सबैको अगाडि छताछुल्ल भएको छ।न त उचित सरकारी अस्पतालको संख्या ,न उचित दरबन्दी ,न उचित उपकरण तथा logistic, न उचित कार्यप्रणाली तैपनि अतिन्युन जनशक्तिले धानेको देशको स्वास्थ्य अवस्थाले हाल उत्पन्न संकट टार्न पक्कै पनि गाह्रो छ।

corona awareness
corona awareness

सायद यी कुराहरुले गर्दा स्वास्थ मन्त्रालय लगायत विभिन्न निकायहरुमा अपर्झट थुप्रै पद रित्तिएको र दर्खास्त आवहान गरेको देखिन्छ ।तर बिज्ञापन अनुरुप चिकित्सकहरुको आवेदन नपर्दा बाध्य भइ निजी क्षेत्रका स्वास्थय संस्थालाई पनि समेट्ने प्रयास थालिएको देखिन्छ।फास्ट्रयाकमा गरिने कयौ निर्णय अनि ब्यर्थ ती असफल प्रयासहरुको साटो के मन्त्रालयले दीगो निकास निकाल्न सक्ने अवस्था छैन?

देशलाई चाहिने जनशक्तिलाई बेलैमा उचित दरबन्दी कायम गरि बैज्ञानिक तवरमा स्वास्थ्य प्रणालीलाई बिकास गर्ने हो भने यस्तो संकट पर्दा बेफजुलको डर देखाइ न त स्वास्थ्यकर्मीलाई खटाउनुपर्ने हुन्थ्यो न त माथिल्लो निकायमा तेस्को टाउको दुखाइ हुन्थ्यो।कोरोना महामारी ले सिकाएका केही महत्त्वपूर्ण पाठलाई आत्म साथ गरि स्वास्थ्य मन्त्रालयले आगामी दिनमा रणनीतिक निर्णयहरु गरि निजी एवं सरकरी सम्पूर्ण क्षेत्रलाई बिकास गर्दै लाग्ने हो भने पक्कै देशको स्वास्थ्य अवस्थामा सुधार आउनेछ।


Next Post