Magnus pharma
आज: २०८२ चैत्र १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

औषधि नचिन्नु ठूल भूल: धन्वन्तरी आयुर्विज्ञान

तपाईं कुनै वनजङ्गलमा गएर एकमुठी झारपात उखेल्नुहोस, तपाईंको पन्जामा आउने अधिकांश झारपातमा औषधिय गुण छ।

HNN Staff by HNN Staff
March 6, 2020
in Lifestyle, Nutrition
Reading Time: 1 min read
A A
1
Dal Bahadur GC, Dhanvantari Aayurvigyaan

Dal Bahadur GC, Dhanvantari Aayurvigyaan

589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ दल बहादुर जीसी

ऋषिमुनिको देश, तपोभूमी, स्वर्गको टुक्रा जस्तै हाम्रो देश नेपालले आयुर्वेदको बारेमा विश्वलाई चिनाउनु पर्नेमा हामी आफैं विना हराएको कस्तुरी जस्तै भएका छौँ। कस्तुरी सङ्ग बिना छ तर उसले थाहा पाउदैन र ऊ अन्तै भौतारिन्छ भने झैं हामी कहाँ जडिबुटीको भण्डार छ तर त्यसको भेउ पाउन सकिरहेका छैनौं ।

तपाईं कुनै वनजङ्गलमा गएर एकमुठी झारपात उखेल्नुहोस, तपाईंको पन्जामा आउने अधिकांश झारपातमा औषधिय गुण छ। पहाडको कुनै पाखोमा खोज्नुस, तपाईंकै आँखा वरिपरि जटामसी, चिराइतो, पाँचऔंले वनमूला, लालगेडी र ऐसेलू देख्नु हुनेछ। यी सबै बनस्पति हुन् ।

हिमाली भेगमा पाइने यार्सागुम्बा देखि तराई भेगमा पाईने बर्‍रोसम्मको उच्च औषधीय मूल्य छ। हिमालयको स्वच्छ हावा वहने हाम्रो वायुमण्डलमा अनेकथरी बनस्पति छ्न, जसमा केहि न केहि औषधिय गुण छ। हाम्रा पुर्खाहरुले यिनै जडिबुटीको उपयोगबाट आफुलाई निरोगी र बलियो बनाए। पेट दुख्दा उनीहरु अस्पताल धाउदैनथे, हात काट्दा औषधि खोजदैनथे तर आज हामीले पुर्खाको ज्ञान र सीपलाई लत्यायौ । आफ्नै घर आगनको बनस्पति पहिचान गर्न र त्यसको उपयोग गर्ने विधिबारे उत्सुकता जगाएनौ । कसरी निरोगी र खुसी जीवन बिताउने भन्दा पनि रोग लागि सकेपछी उपचार गर्नुपर्छ भन्ने धारणा बिकास भयो। हामी अस्पताल मुखी भयौं, उपचारमुखी भयौं, औषधिमुखी भयौं र आज हामी रोगी भयौं ।

हामीलाई उच्च रक्तचाप, मधुमेह मोटोपन थाइराइड, पक्षघात र डिप्रेसन भयो। हामी रोगै रोगले थलिएर बाचिरहेका छौ । हिजोको दिनमा सर्ने रोगले मान्छेहरू मर्थे भने अहिले नसर्ने रोगले हामीलाई थला पारेको छ । जस्तो क्यान्सर, लिभर रोग, किड्नी फेल, मुटुरोग, मस्तिष्क रोगले बिकराल अवस्था ल्याउदैछ। हामी रोगी जीवन बाचिरहेका छौँ । हामीले चाहेजस्तो खानेकुरा खान र चाहेजस्तो जीवन बाचिरहेका छैनौं । हामी औषधिको भरमा मात्र प्राण धानिरहेका छौँ । यी सबैको कारक भनेको हाम्रो खराब जीवनशैली र सुबिधाभोगी शरीर हो।

हामी ब्यायाम गर्दैनौं मस्त खान्छौ र येस आराम गर्छौं । यसले गर्दा शरिरले कहिले सम्म धान्छ? रोगले शरीरलाई कब्जा गर्दै जान्छ । तब हामी उपचारको खोजीमा भौतारिन्छौ । रोग लागिसकेपछी उपचार खोज्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो। तर रोग नलाग्दा सम्म हामी बिन्दास बाचिरहेका हुन्छौं ।मासु,रक्सी र चुरोट खाईरहेका हुन्छौं । रोग लागेपछि अस्पताल धाउँछौ।

अस्पताल र औषधिले पनि काम नगरेपछी बल्ल आयुर्वेदको शरणमा पुग्छौ। जब रोग अन्तिम चरणमा पुग्छ, तब हामीलाई आयुर्वेदको होस खुल्छ। हुनुपर्ने चाहिँ के हो भने, रोग लाग्नु अघि नै हामी आयुर्वेदको शरणमा पुग्नुपर्ने भन्ने हो। जडिबुटीको पहिचान गर्नुपर्ने, उपयोग गर्नुपर्ने, योग ब्यायाम तथा ध्यान दिनुपर्छ। यसरी निरोगी र खुसी जीवन बाच्नुपर्छ। देशमै आयुर्वेद सम्बन्धि विभिन्न उपचार सेवा उपलब्ध गराउनुपर्छ।


[जीसी : धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान तथा अस्पताल, बानेश्वरका प्रबन्धक हुन्।]
Tags: AyurvedaDal Bahadur GcDhanwantari AyurbigyanMedicine
SummarizeShare238ScanTweet146

Related articles

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

by Nam Raj Bhatta
November 13, 2025
0

काठमाडौं, २७ कात्तिक २०८२ विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायटीसियन एशोसिएसनले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएको छ। शुक्रबार दिवसको अवसरमा एशोसिएसनले ललितपुरको पाटन दरबार स्क्वायर महारानी पोखरीमा सचेतनामूलक...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

by Nam Raj Bhatta
June 9, 2025
0

जुम्ला, २६ जेठ २०८२ डा. डबल बहादुर धामी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का कार्यवाहक उपकुलपति तथा रेक्टर जस्तो उच्च पदमा पुगेर पनि आफूलाई सधैं ‘भूइमान्छे’ ठान्ने व्यक्तित्व...

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

by Nam Raj Bhatta
November 15, 2024
0

✍️ डा. बिजय किशोर पंडित  जाडोयाममा आयुर्वेदले स्वास्थ्य रक्षाका लागि विभिन्न औषधि र उपचार विधिहरू बताइएको छ। यद्यपि, कुनै एक औषधिले सबै प्रकारका समस्याबाट बच्न सक्छ भन्न सकिन्न।...

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

by Nam Raj Bhatta
May 28, 2024
0

काठमाडौं, १५ जेठ २०८१ अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउ लगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज हुने भएको छ। मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    656 shares
    Share 262 Tweet 164
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    668 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.