काठमाडौं, ०९ बैशाख २०७९
नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रको “चम्कय जेना चाँदनी” बोलको गीति सार्वजनिक भएको छ।
नेपाली गीत संगीत मन पराउने स्रोता तथा दर्शकहरूलाई नयाँ कोशेली स्वरूप मैथिली तथा नेपाली भाषा संमिश्रित गीति भिडियो सार्वजनिक भएको छ । प्रशासक तथा गायक डा.शैलेश कुमार मिश्र तथा लोकप्रीय गायिका ज्योती विश्वकर्माको आवाजमा “चम्कय जेना चाँदनी” बोलको गीति भिडियो Buddhasubba Digital YouTube Channel मार्फत ९ बैशाख २०७९ मा सार्वजनिक गर्दै गायक डा. मिश्रले आफ्नो गायनमा यो तेस्रो भिडियो भएको र यल्बमको तयारीको अन्तिम चरणमा रहेको पनि बताउनु भयो ।
https://m.youtube.com/watch?v=W-ULh3WMukc&noapp=1
यो भन्दा पहिला डा. मिश्रलेे “मुटु मात्र साथमा छ” र “रूपरैछ ज्योति झैं” को भिडियो सार्वजनिक गरेर आफ्नो गायिकीको पहिचान दिन सफल गायक मिश्रको अरू दुईवटा गीतहरूको भिडियो बन्ने क्रममा रहेको र चाँडै यल्बम सहित बजारमा आउने बताउनु भयो ।
“चम्कय जेना चाँदनी” नयाँ स्वाद र नयाँ अवधारनामा सार्वजनिक भएको गीतमा पुरूष आवाज मैथिली भाषामा छ भने नारी आवाज नेपाली भाषामा सुन्न पाइन्छ । सरोज मंडलको शब्द, शैलेन्द्र विश्वकर्माको संगीत रहेको भिडियोमा अभिशेष रोशन तथा नम्रता अर्यालको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन अमितेश साहले गर्नुभएको हो ।