Magnus pharma
आज: २०८२ चैत्र २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

Nam Raj Bhatta by Nam Raj Bhatta
March 20, 2026
in Health
Reading Time: 1 min read
A A
0
विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै
594
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नेपालमा “विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ ।

वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई “विश्व मुख स्वास्थ्य दिवस’ का रुपमा मनाउने गरिएको छ।

नेपाल डेन्टल एसोसिएसनले केन्द्र तथा शाखामा विभिन्न कार्यक्रम गर्ने तय गरिएको छ। एसोसिएसनले देशभरका १५ वटा शाखामार्फत साताव्यापी रुपमा मुलुकभर रहेका आफ्ना सदस्यहरुलाई निःशुल्क मुख तथा दन्त परीक्षण सेवा सञ्चालन गर्न आव्हान गरेको छ ।

वर्ल्ड डेन्टल फेडरेसन (FDI) ले यस वर्ष नारा A Happy mouth is….. a happy life तय गरेको छ।

वर्ल्ड डेन्टल फेडरेसन (FDI) का अनुसार, फ्‌लोराइडयुक्त जस्ता टुथपेस्टले दिनमा दुईपटक दाँतको ब्रस गर्नाले गिंजा र दाँतलाई बचाउन धेरै मद्धत गर्छ। मुख स्वास्थ्य राम्रो भएमा व्यक्तिको आत्मविश्वास र व्यक्तित्वमा निखार ल्याउँछ। फ्लोराइडयुक्त टुथपेस्ट बाट दाँत ब्रस गरेमा मुखको व्याक्टेरिया हट्‌ने छ ।

दन्त उपचारका लागि नेपालका दन्त चिकित्सकहरु पूर्णरुपमा योग्य भएका र उपचारका लागि विदेशमा उपचार गर्न जान आवश्यक नभएको एसोसिएसनका अध्यक्ष डा. अजय कुमार शाह ज्यू ले बताउनुभयो ।

हाल नेपाल मेडिकल काउन्सिलमा करिव ७ हजार स दन्त चिकित्सकहरु दर्ता भइसकेका छन् । विगत २६ वर्षको अवधिमा दन्त चिकित्सकहरु उपचारको क्षेत्रमा नेपालले फड्को मारी देश विदेशमा नाम राख्न सफल भएका छन् । हाल मुलुकमा १३ वटा डेन्टल कलेज रहेका छन् । स्वदेश र विदेशमा अध्ययन गरी आएका दन्त चिकित्सकहरुको तथ्यांक हेर्दा वर्षेनी करिव १२०० सयको हाराहारीमा दन्त चिकित्सकहरु उत्पादन भइरहेका छन् ।

यसमध्ये मुख तथा दन्त चिकित्सामा ७ वटा डेन्टल कलेजबाट पोष्ट ग्राजुएसनको शिक्षा सञ्चालन भइरहेको छ । सन् २०१६ देखि नेपालका डेन्टल कलेजहरुबाट प्रतिवर्ष ६ सय को हाराहारीमा दन्त चिकित्सकहरुको उत्पादन भएका छन् ।

नेपालमा मुख तथा दन्त उपचारका लागि १ जना दन्त चिकित्सकको भागमा ३० हजार जनसंख्या पर्छ । अन्तर्राष्ट्रिय दृश्यमा ४ हजार जनसंख्या बराबर १ जना दन्त चिकित्सकलाई प्रभावकारी मानिन्छ। अहिले मुलुकमा चार दर्जनको हाराहारीमा मात्र सरकारी दरवन्दीमा दन्त चिकित्सकहरु कार्यरत छन् ।

एसोसिएसनका महासचिव डा. प्रदिप भण्डारीले दन्त चिकित्सकहरुको सरकारी दरबन्दी न्यून भएकाले तत्काल दन्त चिकित्सकको दरबन्दी बढाउनुपर्ने आवश्यकता औल्याउनु भएको छ। उहाँका अनुसार, देशभर रहेका प्रतेक पालिकामा रहेका १५ शैयाका अस्पतालहरुमा कम्तिमा पनि २ जना दन्त चिकित्सक र केही दन्त सहायकहरुको दरबन्दी आवश्यक छ ।

संसारको ९० प्रतिशत जनसंख्याको आफ्‌नो जीवनमा एकपटक दाँत किराले खाने, गिंजाको समस्या एवं मुखको क्यान्सरको समस्याबाट पीडित हुनसक्ने एफडिआईको तथ्यांकमा उल्लेख छ। मुखको क्यान्सर सुर्ति तथा सुर्तिजन्य पदार्थ र अल्कोहल सेवन गर्नेहरुमो उच्च जोखिममा रहेको देखाएको छ । विकसित मुलुकहरुमा मुख तथा दन्त उपचारमा कुल स्वास्थ्य बजेटको ५-१० प्रतिशत खर्च हुने गर्छ। तर नेपालमा दन्त उपचारमा न्युन बजेट छ, यसमा नेपाल डेन्टल एसोसियसनले पटक पटक स्वास्थ्य मन्त्रालयकको ध्यानकर्षण गरेको छ।

यो प्रमावकारी रुपले सुनवाई भएको छैन । दाँत दुख्ने कारण बालबालिकाहरु विद्यालयमा गयल हुने संख्या पनि अत्यधिक छ र यसले अभिभावकहरु पनि राम्रो सुत्न नपाउने र काम काजमा अवरोध सृजना हुने गरेको छ । धेरै गुलियो चिजको सेवन गर्नाले दाँत किराले खाने र मधुमेहको समस्या हुने क्रम उच्च छ। डरका कारण कतिपय सर्वसाधारणले दन्त चिकित्साको सुविधा नलिने गरेको अनुसन्धानले देखाएको छ ।

अन्तिममा मुख तथा दन्त समस्याका कारण शरीरका सम्पूर्ण भागमा असर पर्ने र व्यक्तिको आत्मविश्वास, सामाजिक मूल्य मान्यतामा समेत असर पुग्ने भएकाले बिहान र बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त टुथपेस्टले दाँत सफा गर्ने बानी बसालौ र हरेक ६-६ महिनामा दन्त परिक्षण गर्न नेपाल मेडिकल काउन्सील बाट मान्यता प्राप्त दन्त चिकित्सक कहाँ गएर आफ्‌नो दाँतको अवस्था बारे परीक्षण गर्न आव्हान गरेको छ।

Tags: Nepal Dental associationWorld Oral Health Day
SummarizeShare238ScanTweet149

Related articles

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    671 shares
    Share 268 Tweet 168
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    627 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    673 shares
    Share 300 Tweet 155
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    616 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • “मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical
  • स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन चैत २७ देखि शुरु हुँदै
  • धौलागिरी प्रादेशिक अस्पतालमा अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न
  • मौलाकालिका अस्पतालका निर्देशक डा. घिमिरे लायन्स क्लब अफ चितवन राईजको अध्यक्ष
  • चेपाङ समुदायमा १ हजार भन्दा बढीको निःशुल्क स्वास्थ्य शिविर

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.