आज मिति : २०८२ मंसिर २०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

थाइरोइड र मुटुबिचको सम्बन्ध #Thyroid #HeartHealth

HNN Staff by HNN Staff
August 12, 2023
in Health
A A
1
थाइरोइड र मुटुबिचको सम्बन्ध #Thyroid #HeartHealth
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

घॅाटीको अगाडी भागमा हुने थाइरोइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनमा कमी वा बढी भयो भने थाइराइडको समस्या भएको भनिन्छ। यसको काम शरीरको क्रियाकलापलाई (Metabolism) नियन्त्रण गर्नु हो। संसारमा १०% भन्दा बढी बयस्कहरूमा थाइराइडको समस्या रहेको जनाइन्छ। थाइराइडको समस्या नेपालमा उच्च जनस्वास्थ सरोकारको विषय हो।

पहिले आयोडिनको कमिले हुने थाइराइडको समस्या हिमाली र पहाडी भागमा उच्च रहेको थियो। अहिले यो समस्या ‌आत्म प्रतिरोधात्मक प्रणालीमा (autoimmune system) हुने गडबडिले गर्दा हुन्छ र २० देखि ४०बर्षका महिलाहरूमा बढी देखिन्छ। यो समस्या १५ देखि २० प्रतिशत वयस्क नेपालीहरूमा भएको अनुमान गरिएको छ। त्यसमध्ये कमि हुने समस्या लगभग (हाइपोथारोइडिजम) १३% मा र बढी हुने समस्या (हाइपरथाइरोइडिजम) ४-५% मानिसहरूलाई देखिन्छ।। यसले मुटु र रक्तनलीहरूको रोगले (cardiovascular diseases) हुने मृत्युदरलाई २० देखि ८०% बढाउने गरेको छ।

जोखिम समूहहरू

  1. पारिबारीक पृष्ठभूमि भएका मानिसहरू
  2. महिलाहरू : पुरूषभन्दा ५ देखि ८ गुणा बढी
  3. बयस्क र बृद्दअबस्था
  4. गोरा जातीका मानिसहरू
  5. अन्य अटोइम्युन रोग भएका मानिसहरू जस्तै: टाइप १ मधमेह, बाथरोग, दुबी, पर्निसियस एनिमिया इत्यादी
  6. अत्याधिक आयोडिनयुक्त खाना वा औषधि प्रयोग गरेमा
  7. गलगॅाड भएका मानिसहरू

यसको कारणले मुटु र रक्तनलीहरूमा (cardiovascular) हुने समस्याहरू

  1. उच्च रक्तचाप
  2. उच्च कोलेस्ट्रोल
  3. मुटु मांशपेशीमा कमजोरी ( मुटु फेल गराउने)
  4. मुटुको चालमा गडबडी जस्तै: अतिरिक्त धडकन, अनियमित र अनियन्त्रित चाल ( Atrial Fibrillation)
  5. रक्तनलीहरुको  भित्री तहमा हुने क्षती
  6. मुटुको बाहिरी झिल्लीमा पानी जम्ने

हाइपोथाइरोइडिजम (थाइरोइड हर्मोन कम हुने समस्या) र मुटुरोग

  1. यसले रक्तनलीको लचकतालाई कम गरेर कडा बनाउने र रक्तचाप बढाउने काम गर्छ।
  2. मुटुको खुम्चने र फुल्ने क्षमतामा कमी ल्याउॅछ ।
  3. मांशपेशी कमजोर हुन गई मुटु फेल हुने समस्या बढाउॅछ।
  4. शरिरमा कोलेस्ट्रोल मात्रा बढाउने र रक्तनलीको भित्री तहमा क्षती हुन गई चिल्लो पदार्थ जम्ने ( आथेरोस्क्लेरोसिस) र हार्ट अट्याकको समस्या बढने गर्छ।

हाइपरथाइरोइडिजम (थाइराइड हर्मोन बढी हुने समस्या) र मुटुरोग

थाइरोइड हर्मोन बढी भएमा शरिरमा मेटाबोलिज्म बढ्छ र फलस्वरूप मुटुमा भार पर्ने, बिस्तारै मुटुको कोठाहरू फुल्ने, मांशपेशी कमजोर हुने र मुटु फेल हुने समस्या बढ्छ। त्यस्तै फोक्सोको रक्तनलीहरूमा चाप बढ्न जाने (pulmonary hypertension) र स्वॅास्वॅा बढ्दै जाने हुन्छ।

मुटुको चाल बढ्ने, अनियमित र अनियन्त्रित (एट्रियल फिब्रिलेसन) हुन गई मुटुको माथिल्लो देब्रे कोठामा रगतको ढिक्का जम्ने र मस्तिस्कमा गई प्यारालाइसिसको संभाबना बढाउॅछ। बिश्राम अवस्थामा पनि मुटु ढुकढुक हुने, शरिर हल्लिएको महसुस हुने, पसिना आइरहने समस्या हुन्छ। यसले शरिरमा रगतलाई जमाउने तत्वहरूको उत्पादन बढाएर मुटुमा रगतको ढिक्का बन्ने संभाबना बढाउॅछ।

मुटुको चालको गडबडीमा प्रयोग हुने औषधी एमियोड्यारोन र थाइरोइडको समस्या

एमियोड्यारोन मुटुको एरिद्मियाको (अत्यधिक मुटुको चाल बढने) समस्यामा प्रयोग हुने औषधि हो। धेरै प्रभाबकारी भएकोले सामान्यतया यस्को प्रयोग संसारभर गरिन्छ। एमियोड्यारोन मा हुने अत्याधिक आयोडिनले गर्दा १५ देखि २० % मानिसहरूमा थाइरोइडको समस्या देखिन्छ। यसको कारण थाइरोइड हर्मोन कम हुने वा थाइराइड हर्मोन बढी हुने दुबै समस्या हुन सक्छ।यसको समाधान भनेको यो औषधिको प्रयोगलाई बन्द गर्ने र थाइरोइडको समस्या अनुसार औषधि सेबन गर्नु हो।

Tags: Dr. Sahadeb DhunganaHeart HealthThyroid
Nisarga hospital Dhangadhi
Previous Post

नक्कली प्रमाणपत्र काण्डमा ५ जना डाक्टर पक्राउ

Next Post

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं

Related articles

Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

3 weeks ago
788
Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

9 months ago
879
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

1 year ago
911
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

1 year ago
1k
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

2 years ago
811
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

2 years ago
791
Next Post
मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं

Comments 1

  1. kamal malak says:
    2 years ago

    Good article. Thank you.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,314)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.