Magnus pharma
आज: २०८२ चैत्र ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार

HNN Staff by HNN Staff
August 3, 2020
in Health
Reading Time: 1 min read
A A
0
स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार
638
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १९ साउन

महिलाहरु कामकाजी भएर तथा आफ्नो शारीरिक बनावट विग्रने डरले हरेक वर्ष शिशुलाई स्तनपान गराउने संख्या घट्दो अवस्थामा छ ।

‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइ रहेको बेला महिलाहरुमा भने शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने चेतना समेत नहुनु सारै लाजमर्दो कुरा हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. भिमसिहं तिकंरी विगत १० वर्षको तुलनमा हाल स्तनपान गराउनको संङ्ख्या दिन प्रतिदिन घटी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार स्तनपान गराउने दुई किसिमको हुन्छ पहिलो जन्मेको एक घण्टा भित्र तथा दोस्रो ६ महिनासम्म खुवाउन तर दुरभाग्यवस यो दुबै घट्दो अवस्थामा छ ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणले पाँच जना आमामध्ये तीन जना अर्थात् ६२ दशमलव १ प्रतिशतले मात्र आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दूध मात्रै खुवाउने गरेको पाइएको हो ।

सबैभन्दा कम वाग्मती प्रदेशमा ५१ दशमलव १ प्रतिशतले मात्रै ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेको पाइएको छ । यस्तै पछिल्लो समय आमाहरुले शिशुलाई स्तनपान गराउने चलन घट्दै गएको पाइएको छ ।

यो सबै स्तनपान गराउनु पर्छ भनेर दिइने परामर्शको अभाव तथा बजारमा पाइने वैकल्पिक विभिन्न प्रकारको खाद्य पदार्थ कारणले कमी भएको निर्देशक डा तिंकरीले प्रष्ट पार्नुभयो ।
उहाँले बजारमा पाइने विभिन्न खाद्य पदार्थबारे ऐन नियम भएता पनि प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो ।

आमाहरु शिक्षित भएका छन् तर स्तनपानको विषयमा भने अशिक्षित नै छन् डा. तिंकरीले भन्नुभयो, विद्यालयको पाठ्यक्रममा नै स्तनपानको महोत्वबारे पढाइनु पर्छ ।
उहाँले शल्यक्रियाबाट जन्म हुने शिशुको सङंख्या बृद्धिको कारण पनि स्तनपान गराउने कमी आएको बताउनुभयो ।

बरिष्ठ बालरोग विशेषज्ञ डा. प्रशान्त रिजाल भन्नुहुन्छ, ६ महिनासम्म शिशुलाई आमाकै दूध खुवाउनुपर्छ । तर, ६ महिनापछि भने अन्य पौष्टिक खाना पनि खुवाउन थालिन्छ ।
बालबालिकालाई सहिमान्यतामा भने चार वर्ष सम्म दूध खुवाउन सल्लाह दिदै भन्नुहुन्छ, अहिले धेरै जसो आमाहरु जागिरे हुने भएकोले ४ वर्ष सम्म स्तनपान गराउन कठिन हुन्छ । बच्चालाई दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरूको शारीरिक तथा बौद्धिक विकास राम्रो हुनुका साथै बच्चा स्वस्थ्य रहन्छन् ।
स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउँने पनि उहाँले जानकारी दिनुभयो ।
आमाको दूधमा पाइने कोलस्ट्रम (बिघौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला र निमोनिया जस्ता घातक संक्रमणबाट बच्न सकिने कारण पनि दुई वर्ष सम्म अविवार्य स्तनपान गराउनुपर्ने उहाँको सुझाव छ ।

स्तनपान गराउने महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहन्छ । मनोचिकित्सक डा. कंञ्चन दहालले भन्नुभयो, नेपालमा आमाको दूधको सट्टामा बट्टाको दूध वा अन्य दुग्ध पदार्थ बिक्रीवितरण गर्न नपाउने कानुन बनेको छ, तर त्यसको कार्यान्वयन हुन सकेको छैन । धेरैजसो महिलाहरुले औषधि सेवन गरेका हुन्छन् बच्चामा जन्मिसकेपछि औषधि छोडिदिनु पर्छ किनभने बच्चा जन्मिसकेपछि बच्चालाई पनि असर पर्छ। गर्भवती अगाडि वा पछाडि उदासीपन बढ्दै गएको हुन्छ त्यस कारणहरुले बच्चालाई स्तनपान नगराउने धेरै हुन्छन्

यता स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. किर्तिपाल सुबेदी भन्नुहुन्छ गर्भावस्थामा बढेको तौललाई कम गर्न स्तनपानले सहयोगी भूमिका खेल्ने गर्दछ । ओस्टियोपोरोसिस रोगको विकास हुने सम्भावना कम हुन्छ । स्तन, गर्भासय क्यान्सरको सम्भावना पनि कम हुन्छ । बच्चासँगको आत्मीय सम्बन्ध विकास गराउँछ । स्तनपान गराएका बच्चाको मस्तिष्क विकास उत्कृष्ट हुन्छ र बुद्धि निकै तेज हुन्छ ।

स्तनपान गराउन सहजिकरणको लागि महिला कार्यरत भएको निजी तथा सरकारी कार्यलयमा स्तनपान कक्षको सञ्चालन ल्याउन सफल भएपनि त्यस कक्षको सदुप्रयोग हुन नसकेको निर्देशक डा.तिंकरीको गुनासो छ ।

विस्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा अगस्त १ तारिखदेखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतना मूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।

Tags: #Health and population ministryCorona Virus #Covid19Mental Health
SummarizeShare287ScanTweet146

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    629 shares
    Share 252 Tweet 157
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu
  • महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त मनोनीत

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.