Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार

HNN Staff by HNN Staff
August 3, 2020
in Health
A A
0
स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १९ साउन

महिलाहरु कामकाजी भएर तथा आफ्नो शारीरिक बनावट विग्रने डरले हरेक वर्ष शिशुलाई स्तनपान गराउने संख्या घट्दो अवस्थामा छ ।

‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइ रहेको बेला महिलाहरुमा भने शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने चेतना समेत नहुनु सारै लाजमर्दो कुरा हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. भिमसिहं तिकंरी विगत १० वर्षको तुलनमा हाल स्तनपान गराउनको संङ्ख्या दिन प्रतिदिन घटी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार स्तनपान गराउने दुई किसिमको हुन्छ पहिलो जन्मेको एक घण्टा भित्र तथा दोस्रो ६ महिनासम्म खुवाउन तर दुरभाग्यवस यो दुबै घट्दो अवस्थामा छ ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणले पाँच जना आमामध्ये तीन जना अर्थात् ६२ दशमलव १ प्रतिशतले मात्र आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दूध मात्रै खुवाउने गरेको पाइएको हो ।

सबैभन्दा कम वाग्मती प्रदेशमा ५१ दशमलव १ प्रतिशतले मात्रै ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेको पाइएको छ । यस्तै पछिल्लो समय आमाहरुले शिशुलाई स्तनपान गराउने चलन घट्दै गएको पाइएको छ ।

यो सबै स्तनपान गराउनु पर्छ भनेर दिइने परामर्शको अभाव तथा बजारमा पाइने वैकल्पिक विभिन्न प्रकारको खाद्य पदार्थ कारणले कमी भएको निर्देशक डा तिंकरीले प्रष्ट पार्नुभयो ।
उहाँले बजारमा पाइने विभिन्न खाद्य पदार्थबारे ऐन नियम भएता पनि प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो ।

आमाहरु शिक्षित भएका छन् तर स्तनपानको विषयमा भने अशिक्षित नै छन् डा. तिंकरीले भन्नुभयो, विद्यालयको पाठ्यक्रममा नै स्तनपानको महोत्वबारे पढाइनु पर्छ ।
उहाँले शल्यक्रियाबाट जन्म हुने शिशुको सङंख्या बृद्धिको कारण पनि स्तनपान गराउने कमी आएको बताउनुभयो ।

बरिष्ठ बालरोग विशेषज्ञ डा. प्रशान्त रिजाल भन्नुहुन्छ, ६ महिनासम्म शिशुलाई आमाकै दूध खुवाउनुपर्छ । तर, ६ महिनापछि भने अन्य पौष्टिक खाना पनि खुवाउन थालिन्छ ।
बालबालिकालाई सहिमान्यतामा भने चार वर्ष सम्म दूध खुवाउन सल्लाह दिदै भन्नुहुन्छ, अहिले धेरै जसो आमाहरु जागिरे हुने भएकोले ४ वर्ष सम्म स्तनपान गराउन कठिन हुन्छ । बच्चालाई दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरूको शारीरिक तथा बौद्धिक विकास राम्रो हुनुका साथै बच्चा स्वस्थ्य रहन्छन् ।
स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउँने पनि उहाँले जानकारी दिनुभयो ।
आमाको दूधमा पाइने कोलस्ट्रम (बिघौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला र निमोनिया जस्ता घातक संक्रमणबाट बच्न सकिने कारण पनि दुई वर्ष सम्म अविवार्य स्तनपान गराउनुपर्ने उहाँको सुझाव छ ।

स्तनपान गराउने महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहन्छ । मनोचिकित्सक डा. कंञ्चन दहालले भन्नुभयो, नेपालमा आमाको दूधको सट्टामा बट्टाको दूध वा अन्य दुग्ध पदार्थ बिक्रीवितरण गर्न नपाउने कानुन बनेको छ, तर त्यसको कार्यान्वयन हुन सकेको छैन । धेरैजसो महिलाहरुले औषधि सेवन गरेका हुन्छन् बच्चामा जन्मिसकेपछि औषधि छोडिदिनु पर्छ किनभने बच्चा जन्मिसकेपछि बच्चालाई पनि असर पर्छ। गर्भवती अगाडि वा पछाडि उदासीपन बढ्दै गएको हुन्छ त्यस कारणहरुले बच्चालाई स्तनपान नगराउने धेरै हुन्छन्

यता स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. किर्तिपाल सुबेदी भन्नुहुन्छ गर्भावस्थामा बढेको तौललाई कम गर्न स्तनपानले सहयोगी भूमिका खेल्ने गर्दछ । ओस्टियोपोरोसिस रोगको विकास हुने सम्भावना कम हुन्छ । स्तन, गर्भासय क्यान्सरको सम्भावना पनि कम हुन्छ । बच्चासँगको आत्मीय सम्बन्ध विकास गराउँछ । स्तनपान गराएका बच्चाको मस्तिष्क विकास उत्कृष्ट हुन्छ र बुद्धि निकै तेज हुन्छ ।

स्तनपान गराउन सहजिकरणको लागि महिला कार्यरत भएको निजी तथा सरकारी कार्यलयमा स्तनपान कक्षको सञ्चालन ल्याउन सफल भएपनि त्यस कक्षको सदुप्रयोग हुन नसकेको निर्देशक डा.तिंकरीको गुनासो छ ।

विस्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा अगस्त १ तारिखदेखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतना मूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।

Tags: #Health and population ministryCorona Virus #Covid19Mental Health
Nisarga hospital Dhangadhi
Previous Post

काठमाडौं उपत्यकामा ६० वर्ष भन्दा माथिका र १२ वर्ष भन्दा मुनि लाई बाहिर ननिस्कन सरकारको आग्रह

Next Post

काठमाडौं उपत्यकामा ५१ जना सहित देशभर ४१८ जनामा कोरोनाको पुष्टि #Covid19

Related articles

Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

3 months ago
822
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

7 months ago
905
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

1 year ago
1k
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

1 year ago
804
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

1 year ago
789
डा. गोबिन्द केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
Health

‘सरकारले तिन साता भित्र माग पुरा नगरे डा. केसीले दिए सत्याग्रह गर्ने चेतावनी’

1 year ago
777
Next Post
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #Covid19

काठमाडौं उपत्यकामा ५१ जना सहित देशभर ४१८ जनामा कोरोनाको पुष्टि #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,090)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.