Magnus pharma
आज: २०८२ चैत्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

छाला र धूम्रपान – असरहरु, संक्रमण र प्रभाव

HNN Staff by HNN Staff
June 3, 2020
in Health, Lifestyle
Reading Time: 4 mins read
A A
1
Dr. Vikash Paudel, Dermatologist
709
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा विकास पौडेल, MBBS, MD, चर्मरोग विशेषज्ञ,
Assistant Professor,
National Medical College

परिचय

धूम्रपानले शरीरका सबै प्रणालीहरूमा नराम्रो असर पार्छ। धुम्रपानको प्रयोग सबैभन्दा पहिले सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले अमेरिकी आप्रबासीहरुले पातहरुलाई सुर्तिजन्य रुपमा प्रयोग गरेको देखेकोलाई मानिन्छ। धूम्रपान लगायत सुर्तिजन्य धुँवामा हजारौं किसिमका हानिकारक पदार्थहरू हुन्छन् जसले सम्पूर्ण शरिरलाई हानी नोक्सानि गर्दछन् ।

निकोटिन आफै नै पनि हानिकारक हुन्छ र यसले पनि छाला र कपाललाई असर गर्दछ । यसले फोक्सोको बिभिन्न रोग, हृदयरोग मात्र नभई बिभिन्न छालारोग निम्त्याउछ। यसले गर्दा घाउहरु ढिलो निको हुने र  छालामा संक्रमणक बढाउने पनि गर्छ । धूम्रपानले अन्य थुप्रै चर्मरोगहरु जस्तै सोरायसिस (Psoriasis), ल्युपस (Lupus) हिड्राडिनाइटिस सपुराटिवा (Hidradenitis suppuritiva) आदि गराउन वा बढाउन  सक्छ।

धूम्रपानले छालालाई कसरी बिगार्छ?

सुर्तिजन्य धुवाँले Oxidative Stress उत्पन्न गर्दछ जसले गर्दा छालामा अक्सिजनको मात्रा कम हुन्छ । यसले रोग प्रतिरक्षा प्रणालि Immune system लाई समेत असर गर्दछ। Metalloproteniase (MMP-1) नामक ईन्जाईमलाई सक्रिय गराउछ जसले छालामा भएको Collagen (कोलाजेन) लाई बिगार्दछ। यसले छालाको इलास्टिक फाइबर (ईलास्टोसिस) मा समेत परिवर्तन ल्याउछ । छालाको लचकदार फाइबरहरूमा परिवर्तन आउछ। यसले रक्तवाहिनी  नलीको संकुचन गरी छालामा रगत आपूर्ति कम गराउछ, जसले गर्दा छाला बुढो देखिन्छ।

धूम्रपानले छालामा हुने असरहरु

छालाको रंग असमान हुन्छ।

छाला सुख्खा र भद्दा देखिन्छ ।

अनुहारमा चाउरी पर्छ।

औंलाहरु र नङहरु पहेंला हुन्छन् ।

दाँत र ओठ कालो हुन्छ।

जिब्रोमा Hairy Tongue हुनसक्छ।

 

धूम्रपान र संक्रमण

धूम्रपानको कारणले छालामा विभिन्न संक्रमण देखिन्छ। जस्तै

घाउ संक्रमण (ब्याक्टेरिया)

ढुसि (क्यान्डिडा) संक्रमण

भाइरल संक्रमण, विशेष गरी ह्युमन पेपिलोमा भाइरस (HPV)

 

धुम्रपान र छालाको क्यान्सर

धुम्रपान ले Squamous cell carcinoma भनिने छालाको क्यान्सरको जोखिमलाई दोब्बर गर्दछ।

अन्य रोगमा ल्युकोप्लाकिया (Leucoplakia) र मुखको तथा ओठको क्यान्सर पर्छन्।   तर धूम्रपानले Basal cell carcinoma को जोखिम भने बढाउँदैन।

 

धुम्रपान र सोरायसिस

धूम्रपान गर्नेहरूमा सोरायसिस बढी देखिन्छ।

 

अन्य छालाका रोगहरु

  • चाडै कपाल फुल्ने (Premature graying of hair)
  • Chilblains
  • Frostbite
  • Palmoplantar pustulosis
  • Leg ulcers खुट्टाको घाउ
  • Necrobiosis lipoidica diabeticorum
  • Systemic Sclerosis
  • Cutaneous Lupus Erythematosus, Discoid Lupus
  • Dermatomyositis
  • साना रक्तनलीहरूका रोग Thromboangitis obliterans (Buergers Disease)
  • Antiphospholipid Antibody Syndrome
  • Raynaud’s Disease
  • Cholesterol Emboli

औषधिहरूमा धुम्रपानको प्रभाव

चुरोटमा भएको पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बनले कलेजोमा CYP1A2 ईन्जाइमहरू बढाउछ। यी ईन्जाइमले विषाक्त पदार्थहरू नष्ट गर्दछन्। तसर्थ, धेरै धूम्रपान गर्नेहरूलाई औषधीहरू धेरै मात्रामा आवश्यक पर्दछ। यसमा इन्सुलिन, दुखाइ कम गर्ने औेषधीहरु, एन्टिसाइकोटिक्स, एन्टिकोआगुलेन्ट्स, क्याफिन आदि पर्छन्।

धूम्रपान गर्नेहरूमा मदिरा सेवन र क्याफिनको सेवन औसत दुई गुना भन्दा बढी हुन्छ।

 

म कसरी धूम्रपान रोक्न मद्दत लिन सक्छु?

यदि तपाईं धुम्रपान रोक्न चाहनुहुन्छ वा छोड्ने बारे सोच्दै हुनुहुन्छ भने तपाईले डाक्टरसँग सल्लाह लिनसक्नुहुन्छ। यसको लागि विभिन्न औेषधीहरु वा माध्यमहरु हुन्छन् । जस्तै

१ निकोटीन प्रतिस्थापन

निकोटीन युक्त प्याचहरू, गम, लोजेन्जेज, स्प्रे वा इनहेलरहरूले मद्दत गर्न सक्छन्। विभिन्न खाले निकोटिन एगोनिस्ट चक्कीहरु जस्तै varenicline वा Dopamine reuptake inhibitors, bupropion ले फाईदा पुर्याउन सक्छ।

२। ई-सिगरेटहरू भन्नाले इलेक्ट्रॉनिक निकोटीन डेलिभरी प्रणाली हो। तर यसले पनि युवाहरूमा लत लगाउन सक्छ र मस्तिष्कको विकास र क्यान्सर लगायत सम्भावित दीर्घकालीन स्वास्थ्य समस्या देखाउन सक्छ।


लेखक: ✍️ डा विकास पौडेल, MBBS, MD, चर्मरोग विशेषज्ञ, Assistant Professor, National Medical College, Contact: [email protected] and www.facebook.com/vikashderma/

Tags: #smoking #disease #Skin Care
SummarizeShare358ScanTweet146

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

by Nam Raj Bhatta
June 9, 2025
0

जुम्ला, २६ जेठ २०८२ डा. डबल बहादुर धामी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का कार्यवाहक उपकुलपति तथा रेक्टर जस्तो उच्च पदमा पुगेर पनि आफूलाई सधैं ‘भूइमान्छे’ ठान्ने व्यक्तित्व...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    633 shares
    Share 253 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    624 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    662 shares
    Share 296 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन
  • बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया
  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.