• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Disease

कोरोनाको १० अर्ब सरकारी खर्चमा अनियमितता, अख्तियारले थाल्यो छानबिन ! #Covid19

HNN Staff by HNN Staff
June 4, 2020
in Disease, News
A A
0
कोरोनाको १० अर्ब सरकारी खर्चमा अनियमितता, अख्तियारले थाल्यो छानबिन ! #Covid19
Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं , २२ जेठ

सरकारले हालसम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि करीब १० अर्ब रुपैयाँ खर्च भएको जनाएको छ ।

कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण, जोखिम भत्ता र राहत वितरणमा कम्तिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण उच्चस्तरीय समन्वय समितिले सार्वजनिक गरेको छ ।

उच्चस्तरीय समितिका प्रवक्तासमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका हुन् । जसमध्ये करीब डेढ अर्ब राहत वितरणमा मात्र खर्च भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणअनुसार १२ लाख परिवारलाई राहत वितरण गरेको विवरण स्थानीय तहले पठाएका छन् ।

स्थानीय तहबाट भएको खर्चको विवरण प्राप्त नभएकाले खर्च भएको रकम अझै धेरै हुन सक्ने बिडारी बताउँछन् । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरूबाट १ अर्ब ८ करोड र स्थानीय तहहरूबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए । अझै स्थानीय तहहरूले गरेको खर्चको पूर्ण विवरण नआएकाले खर्च रकम केही थप हुन सक्ने उनको भनाइ छ ।

१० अर्बमध्ये धेरैजसो स्वास्थ्य सामग्री खरिदमा खर्च भएको छ । सरकारले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सार्वजनिक भइसकेको छ । जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।

राहत वितरणमा पनि विभिन्न स्थानीय तहमा कुहिएको चामल तथा दाल वितरण गरेकामा छानबिन भइरहेको छ । यसका लागि सरकारले स्थापना गरेको कोषमा भने २ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ मात्र जम्मा भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

कोरोना भाइरस संक्रमितको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको अस्पताल बसाइ ७ दिनदेखि ३७ दिनसम्म छ । तर संक्रमितको औसत अस्पताल बसाइ २० दिन मात्रै छ ।

औसत अस्पताल बसाइमा प्रतिव्यक्ति कति खर्च हुन्छ भन्ने चासोको विषय बनेको छ । प्रदेश २ अन्तर्गत पर्ने नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार संक्रमितको प्रतिव्यक्ति खर्च दैनिक औसतमा २२ सय रुपैयाँ छ ।

प्रत्येक दिन खाना, अस्पताल बेड शुल्क, औषधिजन्य वस्तु, आईसीयू र भेन्टिलेटर आवश्यक परेमा प्रतिदिन २२ सय रुपैयाँ खर्च हुन्छ । उपाध्यायका अनुसार कोरोना संक्रमितको उपचारमा प्रतिव्यक्ति निको हुँदासम्म ४४ हजार रुपैयाँ खर्च हुने गरेको छ । अहिलेसम्म सरकारी अस्पतालमा मात्रै संक्रमितको उपचार हुँदै आएको छ ।

निजी अस्पताललाई कोरोना संक्रमितको उपचार अनुमति दिइएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सरकारी अस्पताल भरिएपछि मात्रै निजी अस्पताल र मेडिकल कलेजमा संक्रमितको उपचार गरिने छ ।

यस अवधिमा २ सय ७८ जनाले उपचार सेवा लिएर घर गएका छन् । २ हजार ३१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको सरकारी तथ्यांक छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत थप १ कोरोना संक्रमितको बुधवार मृत्यु भएको हो । दोलखा घर भएका ७६ वर्षीय पुरुष अस्पतालको आईसीयूमा उपचाररत थिए ।

नेपालमा बुधवार मात्रै २०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये १७९ जना पुरुष र २२ जना महिला छन् । योसँगै कुल संक्रमितको संख्या २ हजार ३०० पुगेको छ । हालसम्म ६४ जिल्लामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको पीसीआरबाट नमूना परीक्षण भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । नेपालमा हालसम्म ८० हजार २६७ जनाको पीसीआर र १ लाख २० हजार ३७९ जनाको आरडीटी परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए । मुलुकभर १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा छन् ।

Tags: #Commission for the Investigation of Abuse of Authority#Health and population ministryCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

छाला र धूम्रपान – असरहरु, संक्रमण र प्रभाव

Next Post

चिकित्सकले रगत दिएर बचाए बिरामीको ज्यान #Covid19

Related articles

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern
News

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

3 hours ago
533
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations
News

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

5 hours ago
470
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan
News

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

1 day ago
499
नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति  #Covishieldvaccine
News

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

1 day ago
572
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays
News

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

2 days ago
454
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp
News

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

2 days ago
490
Next Post
चिकित्सकले रगत दिएर बचाए बिरामीको ज्यान #Covid19

चिकित्सकले रगत दिएर बचाए बिरामीको ज्यान #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Distribution of COVID-19 cases March 3, 2020

बिदेशबाट फर्किएका एक सय ६५ जनाको रगत संकलन

10 months ago
400
Dr. Manor Din Shaiyed, Health Expert

कोभिड डेडीकेटेड अस्पताल अहिलेको प्रमुख आबस्यकता – डा. सैयद

5 months ago
1.7k
Seti Provincial Hospital

उपत्यका बाहिर पहिलो कोरोना धनगढीमा एकजनामा संक्रमण

10 months ago
400

Don't Miss

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
490
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
418
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
424
शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

January 12, 2021
415
चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले तोक्यो पिजी अध्ययनको शूल्क #TuitionFees

January 11, 2021
588
स्वास्थ्यमन्त्री पदबहाली गर्दै त्रिपाठीले भने स्वास्थ्यक्षेत्रमा भएको क्रान्तिलाई रोक्छु #HealthMinistry

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठीले गरे ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर #HealthMinistry

January 11, 2021
503
सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

January 10, 2021
515
NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

January 9, 2021
1.2k
कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

January 8, 2021
466
भारतमा बर्डफ्लू पुष्टि भएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह #BirdFlu

भारतमा बर्डफ्लू पुष्टि भएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह #BirdFlu

January 7, 2021
419
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (862)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In