काठमाडौं , ३१ जेठ
पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लाका थप २७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले ३६ जना महिला र जना २४७ पुरुष गरी कुल जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु जिल्ला बारा, पर्सा, दैलेख, झापा, रौतहट, महोत्तरी लगायतका छन् ।
प्रवक्ता डा गौतमले पछिल्लो चौविस घण्टामा ३६ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको बताए । आजको डिस्चार्ज संगै कोरोना जितेर डिस्चार्ज हुनेको ९१३संख्या पुगेको छ ।
डिस्चार्ज हुनेमध्ये पुरुष ८२२ र महिला ९१ जना रहेको समेत उनले जानकारी दिए । हाल सम्म मृत्यु हुनेको संख्या १८ पुगेको छ।