आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं)

HNN Staff by HNN Staff
June 29, 2022
in Health
A A
0
सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं)

Mango and diabetes patient Health News Nepal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

Dr Nirajan Sharma Physician

✍️डा. निराजन शर्मा
फिजिसियन तथा सुगर, प्रेसर तथा थाइराइड रोग विशेषज्ञ

आँपमा शरीरलाई चाहिने खनिज, भिटामिन, पानी, पोटासियम, क्याल्सियम लगायत पाइन्छ। अहिले आँपको मौसम छ। आँपमा अरू फलफूलमा भन्दा धेरै प्राकृतिक चिनी हुन्छ।

आँप सामान्यतः हरेक व्यक्तिले मात्रा मिलाएर खानुपर्छ। स्वस्थ र स्वादिलो भन्दैमा जथाभावी केही पनि खान हुँदैन।

कतिपयले सुगर (मधुमेह) का बिरामीले आँप खानै हुँदैन पनि भन्छन्। स्याउ खान हुन्छ, आँप खान हुँदैन भन्ने होइन। वा स्याउ खान हुँदैन सुन्तला खान हुन्छ भन्ने पनि होइन। जे पनि धेरै खाएमा सुगर बढ्छ। आँप खाएर सुगर बिग्रिने भन्ने होइन।

आँपमा शरीरलाई चाहिने धेरै कुरा पाइने भएकाले यसको फाइदा मात्रै छ। बेफाइदा छैन। कुनै पनि फलफूल मात्रा मिलाएर खानुपर्छ। त्यो भनेको बढीमा दुई सय ग्राम (एक पाउ) सम्म खाने हो।

सुगरका बिरामीले गुलियो मात्रै खान हुँदैन भन्ने होइन। हामीले खाएको सबै खाना भित्र गएर सुगर नै बन्छ‌‌।

त्यसैले सुगरको बिरामीले खान हुँदैन भन्दा पनि कति खाने भन्ने हो। सुगरका बिरामीले एक दिनमा बढीमा एक सय पचास ग्राम आँप खान मिल्छ। स्याउ, सुन्तला, मेवा, केरा, आँप मिलाएर खान पनि सकिन्छ। वा कुनै एकथरी मात्रै खान पनि हुन्छ। तर बढीमा एक सय ५० ग्राम मात्रै खानु राम्रो हो।

खानेकुरा खानका लागि मोटो वा दुब्लो भन्ने पनि हुँदैन। दुवैले आफूलाई चाहिने मात्रामा खाने हो। हामी सामान्यतया चाहिनेभन्दा अत्यधिक खाना खान्छौं। हाम्रो खुवाइ ठीक छैन। भात धेरै खान्छौं। व्यायाम गर्ने फुर्सद हुँदैन। आफ्नो तौलको ख्याल हुँदैन। यसले गर्दा सुगर मात्रै होइन अन्य रोग समेत लागेको छ।

Diabetes must know 15 facts by Health News Nepal
Diabetes must know 15 facts

धेरै खानु भनेको रोग बढाउनु हो। धेरै खाएमा मोटोपन बढ्छ। मोटोपन बढेपछि विभिन्न रोग लाग्छ। सन्तुलित आहार खाएमा केही हुँदैन।

हामी धेरै हल्लाको पछि लागेका हुन्छौं। आफ्नो विज्ञता नभएको विषयमा पनि बोल्नै पर्ने हाम्रो बानी छ। यसबारेमा सोचेर बोल्दा राम्रो हुन्छ। जसले सल्लाह दिएको छ, उसलाई यो कुराको ज्ञान छ कि छैन भनेर हेक्का राख्नुपर्छ।

सुगर भएका बिरामीले जे खानु हुँदैन, त्यो सुगर नभएकाले पनि खानु हुँदैन। रक्सी, चुरोट, धेरै चिल्लोले कसैलाई पनि राम्रो गर्दैन। स्वस्थ खानेकुरा रोग नभएका र भएका दुवैले खान हुन्छ। दाल, भात, माछा, मासु र सागसब्जी मात्रा मिलाएर सन्तुलित रूपमा खान हुन्छ।

तपाईं स्वस्थ रहन चाहनु हुन्छ भने आधा पेट खान सुझाव दिन्छु। म अझै यति खान सक्छु भन्ने हुँदैमा उठ्नुपर्छ। बरू दिनमा पाँच-छ पटक खानुहोस्, थोरै खानुहोस्। हरेक दिन आधा घन्टा व्यायाम गर्नुहोस्।

यत्ति कुरामा ध्यान दियौं भने हामी धेरै रोगबाट बच्न सक्छौं।

गर्मी महिनामा तातो हावा र लूबाट बच्ने टिप्सहरु जानी राखौं #heatstroke #sunstroke

Tags: Blood PressureDiabetesFeatured
Previous Post

सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

Next Post

ट्राफिक प्रहरीद्वारा डा. घिसिङलाई कुटपिट गरिएको घटनाप्रति चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

Related articles

Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

2 months ago
1.6k
Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

10 months ago
1.7k
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

1 year ago
1.7k
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

2 years ago
1.9k
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

2 years ago
1.6k
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

2 years ago
1.6k
Next Post
Nepal Medical Association

ट्राफिक प्रहरीद्वारा डा. घिसिङलाई कुटपिट गरिएको घटनाप्रति चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...