10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : #Covid19

HNN Staff by HNN Staff
May 27, 2020
in Health
Reading Time: 1 min read
A A
1
कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो । अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने । यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘ हो । यो प्रभावकारी छ तर लामो समयको लागि सम्भव छैन । जसरी परिवार नियिजनका प्राकृतिक बिधि तथा अस्थायी साधन अनेक छन् त्यसै गरि कोरोना संक्रमण नियोजन गर्न थुप्रै उपाय छन् । कोरोना बिरुद्धको खोपलाई संक्रमण नियोजनको स्थायी उपाय अर्थात भ्यासेक्टोमी, ल्यापेरेस्कोपी ( ट्युबल लिगेसन ) को रुपमा बिम्ब दिन सकिन्छ ।

विश्वब्यापी महामारीको रुपमा बिगत ५ महिनादेखि संसारलाई ठप्प पारेको कोरोना संक्रमणबाट नेपाल अछुतो रहने सबाल थिएन । विश्वग्रामको यो युगमा अन्य देशको अवस्था देखेर हामी यति भयातुर भयौं कि दोस्रो केस देखिने बित्तिकै हामीले लकडाउन गर्यौं ।  निश्चय नै त्यो लकडाउनको कारण कोरोना भाइरस हवाइजहाज चढेर नेपाल आउन पाएन, आएको भएपनि घरभित्र थुनिंदा निसास्सिएर मर्यो, त्यो निर्जीव भाइरस । लकडाउनको कारण प्रचार भयो, प्रसार हुन पाएन ।

भारतसंग खुला सिमानाको कारण सुरुमा भारतीय नागरिकमा देखिएको कोरोना संक्रमण पछि गएर सिमानामा प्रेसर बढेपछि ह्वारह्वार्ती भित्रिन थाल्यो । यो क्रम बढिरहेको छ, अझै बढ्नेछ ।

संसारका जल, थल तथा नभमा रहेका पृथ्वी ध्वस्त गर्ने क्षमता रहेका हतियार एबम कमाण्डोहरू अहिले आँखाले देख्न नसक्ने नाथे भाइरससंग माघको जाडोमा जस्तै थुरथुर कामिरहेका छन् ।लाखौँ व्यक्तिको निधन भएको छ भने विश्व अर्थतन्त्र धरासायी भएको छ, बीसौं करोड नागरिकको रोजगारी गुमेको छ ।

– नेपालमा लकडाउन भएको २ महिना नाघिसकेको छ।लकडाउनको उपलक्ष्यमा सुरुसुरुमा देखिएका भोज र मोज अहिले चिन्ता र सोंचमा परिवर्तन भएकाछन् । सम्भ्रान्त बर्गको ब्यबसाय चौपट भएर हात उठाउने स्थितिमा पुगेका छन्, मध्यम बर्गका व्यक्तिहरु न मागेर खान सकेका छन्, न कमाएको बाँकी रहेको छ भने निम्न आय भएका व्यक्तिहरु रोगले भन्दा भोकले मर्ने चिन्तामा आधा पेट खाएर प्राण धानेका छन् ।
बिकसित तथा सामाजिक सुरक्षाको राम्रो प्रबन्ध भएका देशहरुले सबै बर्गलाई आआफ्नो क्षति न्यून गर्न ठोस राहतको ब्यबस्था गरेका छन् । तर हामीकहाँ राहतको नाममा कतै दाल / चामल वितरण गरिएको छ भने कतै एउटा चाउचाउ र २ वटा मास्क । मुखमा मास्क लगाएपछि खान नपर्ने भए लकडाउनलाई लम्ब्याउन कसैलाई आपत्ति हुने थिएन । तर मास्कले भोक रोक्न सक्दो रहेनछ ।

–  कोरोना संक्रमणको आयु लामो समय भएको बिभिन्न अध्ययनले बताएका छन् । संसारमा फैलिएका भाइरल रोगहरु जस्तै एचाइभी / एड्स, स्वाइन फ्लु, बर्ड फ्लु आदिको ठोस औषधि वा खोप अहिलेसम्म आएको छैन । एचाइभी / एड्सको उमेर ४० बर्ष पुगेको हामीलाई अवगत नै छ, अन्य भाइरल रोग पनि कम उमेरका छैनन् । अहिले कोरोना भाइरसमा चलाइएक औषधि ‘ घ्युको अड्को तेलको धुप ‘ मात्र हुन् ।  बिज्ञान रन्थनिएर कहिले मलेरियाको औषधिको शरणमा पुगेको छ त कहिले इबोलाको औषधिको शरणमा ।  कहिले जापानी इन्फ्लुएन्जाको शरणमा पुगेको छ त कहिले सार्स/ मर्स रोगका दवाइको शरणमा । त्यति मात्र हैन गाँजा, तितेपाती, गुर्जो, बेसार, मुलेठीदेखि जुम्राको औषधि आइभरमेक्टिनसम्म बिज्ञान दौडिरहेको छ । खोप निर्माणको लागि संसारका १०० भन्दा धेरै प्रयोगशालामा तालु खुइलेहरु ‘ ट्रयाल एण्ड इरर ‘ मा पसिना निकालिरहेका छन् । कोरोना संक्रमण बिरुद्धको खोप कहिले आउँछ ? हामीले कहिले पाउँछौ ? यी प्रश्नको उत्तर पाउन १-२ बर्ष वा अझै बढी लाग्न सक्छ ।

रोग वा खोप ७० % भन्दा धेरै जनसंख्यामा फैलिएर बाँकी ३० % जनसंख्यालाई हर्ड इम्युनिटी हुने परिकल्पनामा पुग्न हामीले लामो र खतरनाक बाटो हिंड्नुपर्ने हुनसक्छ | तसर्थ अबको हाम्रो बाटो भनेको यो भाइरसलाई छल्दै हाम्रो जनजीवन सहज बनाउने हो ।

कसैले कोरोना संक्रमणलाई फ्लु अर्थात रुघाखोकीसंग तुलना गरेका छन् भने हाम्रो समाजमा कोरोना संक्रमण भयो भने मरिहालिन्छ भन्ने भ्रम रहेको छ । यी दुवै अतिबादी सोंचाई हुन् ।सामान्य रुघाखोकी लागेको १ जना व्यक्तिले औसत १.३ जनालाई फ्लु सार्न सक्छ भने कोरोना संक्रमित १ जनाले औसत ३ जनालाई रोग सर्न सक्छ । १ जनाले १.३ जनालाई, १.३ जनाले अर्को १.३ जनालाई गर्दै १० पटक यो चक्र पुग्दा १४ जनामा फ्लु सर्छ भने कोरोना संक्रमण १ जनाले ३ जना, ३ जनाले ९ जना, ९ जनाले २७ जना हुँदै १० पटक यो चक्र घुम्दा ५९ हजार ४९ जनालाई कोरोना संक्रमण सर्न सक्छ । तसर्थ हामी सबै गम्भीर भएर यो भाइरसको गुणन तोड्न सजग हुनु जरुरी छ ।

नेपालको परिप्रेक्ष्यमा संक्रमितको संख्या बढिरहेको, छिमेकी भारतमा जुन – जुलाईमा दशौँ लाख संक्रमित हुनसक्ने अनुमान गरिएको, सिमानामा बैज्ञानिक ढंगले परीक्षण तथा क्वारेन्टाइनको ब्यबस्था नगरिएको तथा लाखौँ नेपालीहरु असुरक्षित तरिकाले आफ्नो थातथलोमा जाने क्रम बढिरहेको हुनाले आगामी ३ महिनामा नेपालमा संक्रमितको संख्या ३० हजारसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।

यी अवस्थाको बाबजुद हामीले लकडाउन गरेर घरमा बस्ने क्षमता हामीसंग छैन । अबको बिकल्प भनेको सुरक्षा र रोकथामका उपाय अपनाएर आफ्नो काम गर्ने नै हो । ६ फिटको व्यक्तिगत दुरी, मास्क / चस्मा / पंजा / आउटर ड्रेसको प्रयोग, साबुनपानीले हात धोइरहने तथा भीडभाडमा नजाने नै हो | जनजीवन सुरक्षित र सहज बनाउन तलका उपाय अबलम्बन गर्नु जरुरी छ ।
– बिना काम घर बाहिर नजाने ।
– घरबाहिर जाँदा सहि तरिकाले मास्कको प्रयोग गर्ने, चस्मा लगाउने, सकभर पंजा पनि लगाउने । विन्ड चिटर, पातलो ट्राउजर र साबुनपानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने ।
– बाटोमा, कार्यस्थलमा वा पसलमा ६ फिटको दुरी कायम गर्ने । यो प्रमुख उपाय हो ।
– नाक, मुख, आँखा तथा अनुहारमा नछुने । छुन परेमा साबुनपानीले मिचिमिची हात धुने । झोलामा ह्याण्ड स्यानिटाइजर राख्ने । बाटोमा वा साबुनपानी नभएको ठाउँमा ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने ।
– सकभर रेलिंग, टेबल वा अन्य ठाउँ नछुने ।
– भीडभाडमा नजाने ।
– तरकारी बजार तथा डिपार्टमेन्टल स्टोरमा भीडभाड हुने भएकोले स्थानीय किराना पसल / तरकारी पसलबाट किन्ने बानी गर्ने ।
– कार्यस्थल जाँदा खाजा तथा पानी आफैले लिएर जाने ।
– रुघाखोकी तथा ज्वरो आएका व्यक्ति घरमै बस्ने । घरका सदस्यसंग पनि दुरी कायम गरेर बस्ने । गाह्रो भएमा मात्र स्वास्थ्य संस्थामा जाने ।
– सिनेमा हल, स्विमिंग पुल, जिम, नाइट क्लब, रंगशाला लगायतका भीडभाड हुने ठाउँ केहि महिना बन्द गर्ने ।
– रेस्टुरेन्टलाई पटकपटक संक्रमणरहित बनाएर, सामाजिक दुरी कायम गरेर तथा स्टाफलाई होटेलमा लगाउने PPE को ब्यबस्था गरेर संचालन गर्ने ।
– निर्माण कार्यमा धेरै कामदारको रोजगारी गाँसिएकोले भौतिक दुरी कायम गरेर सुचारु गर्ने ।
– खाली भएका पार्टी प्यालेस, सार्वजनिक भवन तथा खेलकुद स्थानलाई भाडामा लिएर त्यहाँ मजदुर बस्ने ब्यबस्था मिलाउने ।उनीहरुलाई बसमार्फत कलकारखानामा पुर्याएर उद्योग संचालन गर्ने | सम्भव भए उद्योगमा आबासीय ब्यबस्था मिलाउने । भौतिक दुरी कायम गर्ने । मास्क अनिबार्य गर्ने ।
– बैंक, मालपोत, कर कार्यालय, बिद्युत कार्यालय, दुर संचार लगायत धेरै आवतजावत हुने कार्यालय बिहान र अपरान्ह गरेर २ सिफ्टमा चलाउने । फोन वा अनलाइनबाट पालो नम्बर र समय लिएर त्यहि समयमा जाने ब्यबस्था मिलाउने ।
– यातायातका साधनलाई जोर / बिजोर प्रणाली लागु गर्ने ।
– सार्वजनिक यातायातलाई हरेक पटक धोएर संक्रमणरहित बनाउने, बस स्टाफ तथा यात्रुले मास्क,चस्मा तथा पंजा लगाउने, बसमा कम्तीमा १ मिटरको दुरी कायम हुनेगरि प्यासेन्जर राख्ने ।
– संक्रमित क्षेत्र शिल गर्ने | ग्रीन जोनबाट लामो दुरीका बस सुरु गर्ने । यसो गर्दा माथि भनेका तरिका अपनाउने । बाटोमा खानको लागि खाना आफैले लिएर जाने वा खानाको प्याकेट किनेर भौतिक दुरी कायम गरेर खाने ।
– आन्तरिक हवाइजहाज ग्रिन जोनबाट चलाउने | प्लेनलाई प्रत्येक पटक संक्रमण रहित बनाउने । यात्रुलाई मास्क, पंजा, भाइजर तथा स्यनिटाइजरको ब्यबस्था गर्ने | लगेजलाई बाहिरबाट संक्रमणरहित बनाउने ।
– स्कुल भर्ना पैदल दुरीमा गर्ने ब्यबस्था मिलाउने । यो सम्भव नभए स्कुल बसलाई संक्रमणरहित बनाउने, भौतिक दुरी कायम गराउने, मास्क / चस्मा / पंजा / स्यानिटाइजर अनिबार्य गर्ने ।एउटा सेसनमा ३० जना बिद्यार्थी हुन्छन् भने १५ जनालाई १ दिन र १५ जनालाई अर्को दिन छुट्टी दिएर भौतिक दुरी कायम गर्ने ।कुनै बिध्यार्थिलाई रुघाखोकी लागेमा, ज्वरो आएमा घरमै बस्न लगाउने । बिद्यालयमा सौचालय थप्ने । सफा गरिरहने । साबुनपानी तथा स्प्रिट कपासको ब्यबस्था गर्ने । सामुहिक प्रार्थना नगर्ने । ५० % बिद्यार्थी आउँदा स्कुलको कोरिडोर, सौचालय तथा प्रांगणमा भिडभाड हुँदैन । स्कुलमा धेरै स्पेस भए अस्थायी संरचना बनाएर कक्षा कोठा थप्ने । कलेज पनि यसै गरि संचालन गर्ने ।
– क्वारेन्टाइनमा एकैपटक एउटा समुह राख्ने । त्यसमा नयाँ १ जना पनि नथप्ने । बीचमा नयाँ व्यक्ति थपेमा नयाँको संक्रमण अरुलाई सर्न सक्छ । क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मिको ब्यबस्था गर्ने ।
– सामान्य समस्यामा अस्पताल नजाने । अस्पतालबाट संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । ठूला केहि अस्पताललाई रुघाखोकी, ज्वरो तथा कोरोना अस्पतालको रुपमा बिकास गर्ने । त्यहाँ कोरोना संक्रमणको परिक्षण, उपचार, भर्ना, आइसीयु तथा भेन्टिलेटर लगायत सबै सुबिधाको ब्यबस्था गर्ने । अरु अस्पताललाई संक्रमित नबनाउन उच्च सतर्कता कायम गर्ने ।
– कोरोना संक्रमण पोजिटिभ देखिदैमा अस्पताल भर्ना नगर्ने ।होम आइसोलेसन तथा होटेल आइसोलेसनको ब्यबस्था गर्ने ।घरमा बाताबरण नभएमा सामुदायिक भवनमा आइसोलेसन केन्द्र बनाउने । संक्रमित मध्ये ९० % लाई सामान्य लक्षण देखिन्छ, नदेखिन पनि सक्छ । संक्रमितलाई ज्वरो, खोकी, पखाला आदि भएमा आफैले कुन कुन औषधि कति मात्रा र समयमा खाने भनेर सुचित गर्ने । संक्रमित मध्ये ९० % अस्पताल नजाने परिस्थिति निर्माण गर्न सकेमा अस्पतालमा भीडभाड हुँदैन । १० % गम्भीर बिरामीलाई कोरोना अस्पतालमा उपचार गर्ने ।

अस्पताल तथा स्वास्थ्यकर्मी संक्रमित हुने सम्भावना कम हुन्छ ।अन्य रोगका बिरामीले सजिलोसंग उपचार पाउँछन् । अस्पतालमा भीड नहोस भन्नको लागि टेलिफोन वा इन्टरनेटबाट नाम लेखाउने, पालो र समय लिने अनि त्यहि समयमा अस्पताल जाने ब्यबस्था गर्ने ।
– यस्तो महामारीको बेलामा अस्पताल तथा स्वास्थ्यकर्मीलाई बचाएर राख्नु सरकार एबम नागरिकको दायित्व हो । तसर्थ अस्पतालमा भीड कम गर्ने, चिकित्सक / नर्स / अन्य स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई ७ दिन काम गर्ने, १४ दिन आफ्नो घरमा वा नजिकको होटेलमा बस्ने प्रबन्ध मिलाउने । यसो गर्दा धेरै स्वास्थ्यकर्मीलाई एकैपटक संक्रमण भएर अस्पताल बन्द गर्ने अवस्था आउंदैन ।
– एम्बुलेन्सलाई हरेक बिरामी बोक्नुपूर्व संक्रमणरहित बनाउने ।
– क्लिनिकको साटो टेलिमेडिसिनलाई प्रबर्धन गर्ने ।
– नीजि अस्पताललाई सरकारी अस्पताल सरह सेवाप्रभाव गर्ने अनिबार्य ब्यबस्था मिलाउने ।
– नीजि क्लिनिक, पोलिक्लिनिक तथा स्वास्थ्य संस्थामा भेन्टिलेसन, भौतिक दुरी, PPE, सरसफाई आदिको मापदण्ड बनाएर रिफर्म गर्ने ।
– फ्यान तथा एसिको कम प्रयोग गर्ने । अस्पताल, कार्यालय, रेस्टुरेन्ट तथा होटेलमा फ्यान तथा एसिको हावा मानिसको बिपरित दिशामा फ्याँक्ने ब्यबस्था मिलाउने ।
– समुहमा बस्ने, संगै खाना खाने, सहकार्य गर्ने समुह जस्तै सेना, प्रहरी, स्वास्थ्यकर्मीलाई संक्रमण नहोस भनेर रणनीति बनाउने ।
– अन्य व्यापारिक पसल सुचारु गर्ने । ठूला स्टोरमा भौतिक दुरी र भित्र रहने अधिकतम छोंटो समय लागु गर्ने ।
– मन्दिर, गुम्बा, मस्जिद, चर्च तथा अन्य धार्मिक तथा सांस्कृतिक स्थानमा कडा रुपमा भौतिक दुरी लागु गराउने ।
– भोजभतेर बन्द गर्ने ।
– हिमाली जिल्लाको लकडाउन पूर्ण हटाउने ।
– अध्ययनको लागि सुरक्षित देशमा जान पाउने अवसरबाट बिद्यार्थीलाई बन्चित नगर्न राज्यले सहजीकरण गर्ने ।
– रेडियो, टेलिभिजन, पत्रिका आदि संचार माध्यमबाट सुरक्षा तथा रोकथामका प्रभावकारी कार्यक्रम, बिज्ञापन प्रचार / प्रसार गर्ने ।
– भोकमरी र भिखमरीबाट बच्नको लागि किसानलाई तुरुन्तै बिउ, मल, प्रबिधि, राहत, कृषिबिमा, बजारीकरण आदिको ब्यबस्था गर्ने । खेतीपाती गर्दा सामाजिक दुरी अपनाउन त्यति गाह्रो छैन ।
– हजारौं भ्यान, ट्रक आदिलाई कृषि एम्बुलेन्सको अनुमति दिएर गाउँगाउँमा उत्पादित अन्न, दल्हन, तरकारी, फलफुल, दुग्ध पदार्थ, अण्डा तथा पशुपंक्षीलाई बजारीकरण गर्ने ।
– विदेशमा रहेका नेपालीलाई परामर्श प्रदान गर्न जन स्वास्थ्य सहचारीको ब्यबस्था गर्ने । रोजगारी गुमेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने । संक्रमणरहित भएपछि आफ्नो थातथलोमा बिउ, मल तथा सहुलियत ऋण दिएर पुनर्स्थापित    गर्ने ।
– यो २ बर्षको लागि अन्तराष्ट्रिय पर्यटन प्रबर्धन नगर्ने । आन्तरिक पर्यटनको लागि सुरक्षित रुपमा प्रबर्धन गर्ने ।
– राष्ट्रिय गौरबका आयोजना, हाइड्रोपावर निर्माण आदिलाई भौतिक दुरी सहित संचालन गर्ने ।
– स्वच्छ बाताबरणको लागि बायु प्रदुषण, धुलो आदि नियन्त्रण गर्ने । ब्यापक बृक्षारोपण गर्ने ।
– र्यापिड किट तथा रेमडेजेभिर लगायतका औषधि नेपालमा निर्माण / उत्पादन गर्न प्रोत्साहित गर्ने ।
– भारतबाट सामान सिमानासम्म ल्याउने तथा सिमानाबाट नेपालकै ट्रकमा भित्र्याउने, एकजना चालक र एक जना हेल्पर बाहेक अरु आउन नपाउने नियम कडाइका साथ लागु गर्ने ।
– संक्रमित भारतीयहरु नेपाल आउन पूर्णतया बन्देज लगाउनको लागि सिमा गस्ती थप प्रभावकारी बनाउने ।
– संक्रमितलाई घृणा गर्ने परिपाटी अन्त्य गर्न प्रभावकारी कार्यक्रम बनाएर प्रकाशन / प्रसारण गर्ने ।
यी उपायलाई ब्यापक प्रचार गर्ने, अनुगमन गर्ने, दण्ड तथा प्रोत्साहनको ब्यबस्था गर्ने र चरणबद्ध लागु गर्ने हो भने कोरोना संक्रमणलाई छल्दै हाम्रो जनजीवन सुचारु गर्न सकिन्छ ।

कोरोना भाइरसको घातक प्रभाव कम छ । एकजना व्यक्तिले धेरै व्यक्तिलाई सार्न सक्दैन । संक्रमितसंग छुंदैमा, छोंटो कुराकानी गर्दैमा, संक्रमित बसेको ठाउँमा बस्दैमा कोरोना संक्रमण सर्छ भन्ने छैन । सर्नको लागि भाइरसको संख्या र एक्सपोजर समय धेरै भएमा मात्र सर्न सक्छ । त्यस्तै सिंगापुरको नेसनल सेन्टर अफ इन्फेक्सियस डिजिज एण्ड एकेडेमी अफ मेडिसिनको संयुक्त अध्ययनले बताएको छ कि संक्रमण भएको ११ दिनसम्म रोग सार्न सक्ने क्षमता हुन्छ । १२ दिनपछि परिक्षणमा पोजिटिभ देखिए पनि रोग सार्न नसक्ने सो अनुसन्धानले बताएको छ ।अनुहारतिर फर्केर खोकेमा, हाच्छ्युं गरेमा वा चिच्याएमा सर्ने सम्भावना धेरै हुन्छ । अन्यथा सर्ने सम्भावना कम हुन्छ । त्यस्तै वासिंगटन पोस्टले जनाए अनुसार खाध्य पदार्थ तथा सतहबाट रोग सर्ने सम्भावना निकै कम हुन्छ । वासिंगटन पोस्टले लेखेको छ, कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने भएकोले भौतिक दुरी कायम गर्दा धेरै सुरक्षित भइन्छ । बिभिन्न निकायका अलग अलग उद्देश्य हुनसक्छ । तसर्थ भयानक र नकारात्मक सूचना आउंदैमा भयातुर हुनु जरुरी छैन । त्यस्तै संक्रमित र मृतकको संख्या बढ्दै जाँदा हामी डराउनु हुँदैन । विश्वभर यो संख्या बढिरहेको परिप्रेक्ष्यमा हामी पनि मानसिक रुपमा तयार हुनुपर्दछ । हामीले उच्च स्तरको सुरक्षा अभ्यास गर्यौं भने कोरोना भाइरससंगै आफ्नो जीवनचर्या संचालन गर्न सक्छौं । रोगप्रतिरोधात्मक क्षमता बढाउनको लागि हाम्रो आहार, बिहार, आचार र ब्यबहार स्वस्थ हुनु जरुरी छ । सरकारले PCR परीक्षणको दायरा बढाएर संक्रमितलाई चामलमा बियाँ खोजेझैँ खोज्ने, आइसोलेसनमा राख्ने र गुणस्तरीय उपचार गर्ने काम निरन्तर अघिं बढाउनुपर्दछ।

अब आफै भन्नुहोस् खोप नआउने बेलासम्म परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘ बिधि अपनाउने कि अस्थायी साधन तथा उपाय अबलम्बन गर्ने ? 

#public Health #corona-virus # family planning

Tags: Corona Virus #Covid19Public Health
SummarizeShare234ScanTweet146

Related articles

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

by Nam Raj Bhatta
November 27, 2024
0

काठमाडौं, १२ मंसिर २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने कारणले आउँदो पौष ११ र...

2. TB Communicable Disease

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

by HNN Staff
June 12, 2024
0

TB is an infectious disease caused by the bacillus Mycobacterium tuberculosis. It particularly affects the lungs (pulmonary TB) but can affect other sites as well (extra pulmonary TB)....

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    626 shares
    Share 250 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    599 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.