Magnus pharma
आज: २०८२ चैत्र २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

पाटनका उदयमान मुटु रोग विशेषज्ञ डा.कुनाल बिक्रम शाहको अनुभव

HNN Staff by HNN Staff
July 11, 2020
in Health
Reading Time: 5 mins read
A A
2
पाटनका उदयमान मुटु रोग विशेषज्ञ डा.कुनाल बिक्रम शाहको अनुभव
625
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

 ✍️  डा.कुनाल बिक्रम शाह,  सहायक प्राध्यापक वरिष्ठ मुटुरोग विशेषज्ञ

१) तपाईं कसरी मुटुरोग विशेषज्ञ बन्ने अभिप्रेरित हुनुभयो?

– एमबीबीएस कोर्सको अन्त्यतिर हाम्रो क्लिनिकल पोष्टिङ हुने गर्दथ्यो। म आफ्नो फुर्सदको समयमा पनि अस्पतालमा गई मुटु रोगीहरुको धड्कन सुनी रोग पत्ता लगाउने कोशिश गर्दथे। यसरी यस बिषयमा मेरो अभिरुचि बड्दै गयो र यस बिषयमा विशेषज्ञता हासिल गर्ने निधो गरे।

२) हृदय रोग सम्बन्धि उच्च शिक्षा शिक्षा हासिल कहाँ बाट गर्नु भयो?

– मैले आफ्नो सपना पछ्याउँदै College Of physicians and Surgeons Pakistan बाट प्रवेश परिक्षा उत्तीर्ण गरि FCPS Medicine and Allied Cardiology जस्तो उच्च शिक्षा हासिल गर्ने मौका पाए। यस अन्तर्गत पहिलो दुई वर्ष Internal Medicine Punjab medical college pakistan बाट उत्तीर्ण गरे र पछिल्लो तीन वर्ष मुटुरोग विशेषज्ञता सहिद गङ्गालाल हृदय रोग केन्द्रबाट सोही FCPS program अन्तर्गत अध्ययन गर्ने अवसर पाए।

३)अन्तर्कृयात्मक (Interventional) मुटुरोग विशेषज्ञता भनेको के हो ? यस सम्बन्धि सीप कहाँ गएर प्राप्त गर्नुभयो ?

– Interventional cardiology लाई नेपालीमा अन्तरक्रियात्मक मुटुरोग विशेषज्ञता पनि भनिन्छ । यो मुटुरोग विशेषज्ञताको एउटा उच्च बिद्या हो। जस अन्तर्गत बिरामीलाई चिरफार नगरीकन रक्तनली हुँदै मुटुको नशाका blockage खुलाउने (angioplasty),कृत्रिम ढकनिद्वारा मुटुको प्वाल टाल्ने (Device Closure),हात खुट्टाको नासामा भएको Blockage खोल्ने (peripheral angioplasty ), मुटुको चाल गडबड भएका बिरामीमा PACEMAKER/ICD जस्ता यन्त्र जडान गर्ने , र साथै साघुरिएका भल्भहरु खुलाउने देखि लिएर Artificial valve मुटुमा प्रत्यारोपण गर्ने कार्य पनि यसै बिद्या अन्तर्गत पर्दछ । यसमा पनि मेरो मुख्य विशेषज्ञता coronary , peripheral angioplasty र pacekmaker सम्बन्धित छ। यो बिधा वा सिप मैले South korea (Seoul )Hallym University बाट प्राप्त गर्ने अवसर पाए।

received 305922220599775

४) तपाईं हाल कुन अस्पतालमा कार्यरत हुनुहुन्छ?

– म हाल पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा interventional Cardiology अन्तर्गत सहायक प्राध्यापकको पदमा काम गरिरहेको छु।र साथै बयोद्दा अस्पतालमा मुटुरोग बिभागीय प्रमुखमा कार्यरत छु।

received 2617111311886831

५) मेडिसिटी जस्तो अन्तर्राष्ट्रिय स्तरको अस्पताल छोडेर  पाटन अस्पताल आउनुको मुख्य कारण के हो ?

– यसका मुख्य २ कारणहरु छ्न।

1) पाटन अस्पतालमा मैले प्राप्त गरेको सीपबाट गरीब निमुखाहरुलाई पनि सेवा प्रदान गर्न सक्दछु।

2) साथै मलाई अध्यापन गर्न पनि बिशेष रुचि छ। जुन अवसर पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्रदान गरेको छ। यसरी म आफ्नो सीप र यस बिद्यामा हासिल गरेको विशेषज्ञता अरुलाई प्रदान गर्दै मेरो सीप लाई सदैवको लागि जीवन्तबनाउन चाहन्छु।

६) पाटनमा मुटुरोग सम्बन्धि के के सेवा प्रवाह गर्दै हुनुहुन्छ ?

– पाटन अस्पतालमा अहिले हामीले मुटुको धमनीमा भएको Blockage खोल्ने र जाली राख्ने(हृदय घातको आकस्मिक उपचार) को साथै मुटुको चाल गडबड भएमा pacemaker राख्ने सेवाहरु प्रबाह गरिरहेका छौँ ।

७) कसरी पाटन अस्पतालमा Angioplasty सेवा सुरु गर्नुभयो ? र के कस्ता चुनौतीहरुको सामना गर्नुभयो?

– वास्तबमा पाटनमा Angioplasty सुरु गर्नु एउटा चुनौतीपूर्ण कार्य नै थियो।मेरा पाटनका अग्रजहरुले मलाई उत्साह मात्रै हैन प्राबिधिक तथा Logistic Support पनि प्रदान गर्नुभयो। मुटु रोगको शल्य चिकित्सा नभएको ठाउमा कतिले Angioplasty सुरु नगर्ने सल्लाह पनि दिनुभयो। तर मैले Cath lab Team संग समन्वय राखेर Angioplasty सुरु गरे र सफल भएजस्तोपनि लाग्दछ । बिदेशमा पनि Cardiac surgery नभएका ठाउँमा पनि सहज रुपमा Angioplasty भइरहेको उदाहरणलाई आत्मसात गरि अगाडि बढे र आफू यसमासफल भए जस्तो लाग्छ ।

मुटुको हृदयघात भएको अवस्थामा जाली राखी मुटुको नसा खुलाउने विधि( Primary Angioplasty)

20200711 141616

८)अहिलेसम्म कति बिरामीको Angioplasty वा Pacemaker जडान गर्ने शल्यक्रिया गर्नुभयो?

– ठ्याक्कै तथ्यांक त म संग छैन तर पाटन र बयोधा अस्पतालमा मैले यो सेवा सुरु गरेको लगभग ३ वर्ष भइसकेको छ। मैले यो अवधिमा लगभग सय भन्दा बढी Angioplasty गरिसकेको छु। मुटुको चाल गडबड भइ आकस्मिक रुपमा pacemaker जडान गर्ने सेवा पनि गर्दै आएको छु।

९)अरु ठुल- ठुला अस्पतालहरुमा हृदयरोग सम्बन्धि सेवा हुदाहुदै पाटनमा हृदयरोग निवारणको निम्ति सेवा प्रवाह गरिनुपर्छभन्ने किन महसुस गर्नुभयो?

– हृदयघातमा समयको मुल्यांकन अति महत्त्वपूर्ण हुन्छ। यसलाई हामीले Time is muscle पनि भन्ने गर्दौछौ।हृदयघात भए पश्चात् जति छिटो हामीले बिरामीको नशाको Blockage खोल्दछौ।त्यतिनै बढी मात्रामा मुटुको मासु र पम्प गर्ने क्षमता बचाउन सक्दछौ। यसकारणले गर्दा पाटन अस्पतालमा हृदयघात सम्बन्धि आकस्मिक उपचार समयमै उपलब्ध गराई धेरै बिरामीको ज्यान बचाउन सकिने बिश्वास लिएको छु।

१०) हृदयघात भनेको केहो ? यसको उपचार कसरी गरिन्छ? प्रकाश पारिदिनुहोस !

– हृदयघात भनेको मुटुको धमनिको वा नशाको भित्री परतमा जमेको बोसो फुट्न गई रगतको चोक्टा बन्दछ।यसरी मुटुको मासुमा रगतको प्रबाहमा अवरोध पुगी मुटुको मासु मर्दै जाने हुन्छ। यसैलाई हृदयघात भनिन्छ । यसको उपचार बेलुनको मद्दतले रगतको नशा आंशिक रूपमा खुलाउछौ र जाली राखी प्रबाह पुन संचालनमा ल्याउछौ। यसरी रगतको प्रवाह पुन संचालनमा ल्याई मासु मर्ने प्रक्रियामा रोक लगाएर बिरामीको ज्यान बचाउन सकिन्छ ।

received 3483422775024170

११) हृदयघातका बिरामीले तपाईंबाट नवजीवन पाउँदा कस्तो अनुभुती गर्नुहुन्छ?

– जीवन र मरण डाक्टरको हातमै पुर्णतया हुन्छ भन्ने हुँदैन । दशौ वर्ष लगाएर पाएको सीपबाट कसैको रोग निको पार्न सक्दा मन हर्षित हुन्छ र जीवन सफल भएको अनुभुती गर्दछु।

१२) मुटुको नशा वा रक्तनलीमा Blockage भएमा सबैले Angioplasty गर्नुपर्छ?

– मुटुको Blockage भयो भन्दैमा सबै बिरामीले Angioplasty गर्नु पर्दछ भन्ने सोचाई भ्रम हो । हृदयघात भएको अवस्थामा यो उपचार रामायणको संजीवनी सरह नै हो। तर अरु अवस्थामा मुटुको धमनीमा भएको Blockage प्रथम चरणमा औषधि प्रयोग गरि नै ठिक गर्ने हो। Blockage का कारणले बिरामीको ज्यान उच्च जोखिम भएमा र औषधि प्रयोग गर्दा गर्दै छाती दुखिरहेको खण्डमा Angioplasty गर्नुपर्छ।

received 3324911964242053

१३) आफ्नो प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ?

– म आफ्नो प्रेरणाको स्रोत सर्वप्रथम मेरो परिवार , मेरो गुरुजन , मेरा अग्रज साथीभाईहरु जो सदैब म संग मेरा चुनौतीको समयमा साथ दिई यो विशेषज्ञता हासिल गर्न अभिप्रेरित गर्नु भयो।यिनी नै मेरो प्रेरणाको स्रोत हुन।

received 271200204304194

१४) अन्त्यमा यस कोभिड- १९मा के यी सबै मुटुलाई जोगाउने उपचारहरु सहज रुपमा दिई राख्नुभाछ?

– यस कोभिड १९ को विषम परिस्थितिमा पनि म हर प्रयास गरि यी सबै सेवाहरु आफ्नो र बिरामी दुबैको सुरक्षालाई चाहिने सतर्कता अपनाई , सेवा प्रवाह गर्दै आएको छु र भबिष्यमा पनि गर्नेछु।

(पाटन तथा बयोधा अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ संग नमराज भट्टले गरेको कुराकानीको आधारमा)

Tags: #Mediciti hospitalArticalBayodha hospitalCorona Virus #Covid19Patan hospital
SummarizeShare273ScanTweet147

Related articles

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    675 shares
    Share 270 Tweet 169
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    627 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    673 shares
    Share 300 Tweet 155
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    616 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. मेराज आलम अन्सारी राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित
  • नेपालको चिकित्सा क्षेत्रमा ‘इन्टरभेन्सनल रेडियोलोजी’ को नयाँ युग: NSVIR मा शक्तिशाली कार्यसमिति चयन
  • “मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical
  • स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन चैत २७ देखि शुरु हुँदै
  • धौलागिरी प्रादेशिक अस्पतालमा अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.