काठमाडौं , २२ जेठ
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दिपेन्द्र रमण सिंहले जिम्मेवारी पाउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीपरिषदको निर्णय अनुसार डा.सिंहलाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।
यसअघि स्वास्थ्य सेवा विभागका रहनुभएका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठलाई विभागबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई पनि मन्त्रालयले सरुवा गरेको छ।
उहाँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको हो । नवनियुक्त डा. सिंहले भने राम्रो काम गरेर अगाडी बढ्ने छु। मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्न लागि पर्ने उहाँको भनाई थियो ।