धादिङ, १४ फागुन २०७८
धुनिबेशी नगरपालिकाको आयोजना र स्वयम्भु स्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा नौबिसे स्वास्थ्य चौकिमा आज विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भयको छ ।
समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदको नेतृत्वमा बाल रोग विशेषज्ञ डा. प्रभा मैनाली, सामान्य चिकित्सा विशेषज्ञ डा. संजय साह र अस्पताल प्रशासनतर्फ बाट सन्जिब कंडेल सहितको स्वास्थ्य टोलीले उक्त अबसरमा ११० जनालाई नि-शुल्क स्वास्थ्य सेवा, औषधि वितरण साथै ल्याब परीक्षण सेवा प्रदान गरिएको थियो।
नौबिसे स्वास्थ्य चौकि ब्यबस्थापन समितिको अध्यक्ष बाल कृष्ण खरेलको सभापतित्वमा भयको उक्त कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका मेयर केदार प्रसाद पाठक, उप मेयर निरु खरेल लगायतले कार्यक्रमको उद्देश्य प्रकाश पार्दै तत्काल साप्ताहिक रुपमा विशेषज्ञ चिकित्सकीय सेवा सुरु गरी उक्त छेत्रका जनताहरुलाइ स्वास्थ्य सेवामा सहजता ल्याउने विश्वास ब्यक्त गर्नुभयो।
डा. सैयदले आफ्नो अस्पतालले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत राज्यको स्वास्थ्य नीतिलाई होस्टेमा हैसे गर्दै देशका विभिन्न भागबाट आफ्नो अस्पताल आउने सेवाग्राहीहरुलाई बिशेष छुट लगायतका सेवा उपलब्ध गराउने जानकारी दिनुभयो।