Magnus pharma
आज: २०८२ चैत्र ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोनामा श्रमिक अनि लकडाउन

HNN Staff by HNN Staff
May 30, 2020
in Health
Reading Time: 1 min read
A A
3
कोरोनामा श्रमिक अनि लकडाउन
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ धीरज मैनाली ,                                                             भक्तपुर 

विश्वब्यापी रुपमा कोरोनाको कहरले छोएको छ । धेरैको मान्यता छ चीनको चुस्त शासन व्यवस्था वा कडा शासनले गर्दा एक प्रान्तबाट अर्को प्रान्तमा कोरोना फैलिन पाएको छैन । दक्षिण कोरियाले लकडाउन नगरी कोरोना माथी नियन्त्रण लिने प्रयत्न गरेको छ । कैयन विकसित मुलक बेलायत, अमेरिकामा कोरोना संक्रमितको दर उच्च छ । त्यहाँ मृत्यु दर पनि विश्वकै उच्च विन्दुमा छ । सरकारले कोरोना विरुद्धको उपचार खोजका लागी बजेट दिएको छ । चीन तथा बेलायतको खोजको पहिलो चरण सफल भएको शुभसमाचारहरु आउन थालेका छन । ती विकसित मुलुकले जनताका आधारभुत माग सम्बोधन गर्न नसक्ने कुरा गर्दै लकडाउन खुकुलो बनाएर जीवनलाई सहज बनाउने तर्फ कदम लिइरहेका छन । भारत सरकारले मेइ २५ बाट हवाई उडान शुचारु गर्ने निर्णय गर्यो । भारत सरकार पनि विस्तारै लकडाउन खुकुलो बनाउन अग्रसर भए जसतो प्रतित हुन्छ । नेपालले बन्दाबन्दी गरेको साठीऔं दिन पार गरेको छ । चैत १० गतेबाट निर्णय गरेर गरिएको बन्दा बन्दीले एस.ई.इ देखि लिएर विश्वविद्यालयहरुको परीक्षा हुन पाएन । हवाई यतायात तथा सवारीका सम्पूर्ण साधन बन्द गरिएका छन । कोरोना नियन्त्रणका लागी बन्दा बन्दी गर्नु त्यस बखतमा अतिआवश्यक थियो । कोरोना नियन्त्रणका लागी गरिने पहिलो चरणको आवश्यक कदमनै लकडाउन रहेको कुरा अन्तराष्ट्रिय अभ्यासबाट समेत पुष्टि भएको छ । बन्दाबन्दी गर्दाको अवस्थामा जति अनुपातमा कोरोना संक्रमित देशमा थिए त्यसभन्दा कैयन गुणा संक्रमित बन्दाबन्दी गरे पश्चात बढेका छन । यसको मुख्य कारण भारतको खुल्ला सिमानाबाट लुकीछिपी मानिस प्रवेश गर्नु, तथा जनस्तरमा यसका बारेमा गहिरो तवरले बुझाउन नसक्नु हुन । अन्य बन्दकोे समय जसरीनै मानिस साँझ पाँच बजे पश्चात खुलेआम घुम्न निस्कने, हाट बजार निस्कने कार्यले वस्तावमा लकडाउन प्रभावकारी नभएको चर्चा हुने गरिएको थियो । विश्वले विश्वसनियता माथी प्रश्न उठाएर बन्द गरेको आर.डी.टी टेष्ट प्रणालीलाई निरन्तरता दिइनु तथा सोको फल्स नेगेटिभलाई आधार मानेर विदेशबाट आएका वा शंका लागेकालाई घर पठाइने कार्यले समेत कोराना संक्रमित संख्या बढाउन टेवा पु¥याएको हो भन्ने कुरा विज्ञहरु सुझाउँछन् । पि.सि.आर टेष्टलाई शुरुवाती दिनमा व्यापकता ल्याउन नसक्दा बन्दा बन्दी गर्नुको कुनै औचित्य नराखेको विज्ञहरुको ठम्याइछ । पहिलोबाट दोस्रो गर्दै अहिले कोरोना समुदाय स्तरमा फैलिसकेको अवस्थामा छ ।
लकडाउन जनतासंग स्वास्थ्य संस्थाको स्तरोन्नतीका लागी समय माग्न गरिएको एक उपाय हो । संक्रमितको संख्या बढन नदिन गरिने लकडाउन बिशेषत एकाइस दिनको कोरोनाका लाईफसाइकललाई अनुमान गरेर गरिएको एउटा उपाय थियो । तर आज विदेशबाट आएको साठीऔं दिनमा समेत कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसमा दुईटा कुरा हुन सक्छ । कि चाँही वातावरण तथा देशको हावापानी अनुसार कोरोनाले आफनो जीवन चक्र फेरेको हुनु पर्छ वा ती व्यक्तिको पछि कोही कोरोना संक्रमितसंग सम्पर्क भएको हुन सक्छ जसको जाँच भएको छैन । नेपालमा पोजेटिभ देखिएका कैयन संक्रमितलाई कुनै संकेत देखिएन र कुनै उपचार बिना कोरोना अस्पतालको निगरानीमा बसेर नेगेटिभ रिर्पोट आए पछि घर गए । कैयन नेपालीलाई सुसुष्त अवस्थामा कोरोना भएर आफै कुनै संकेत तथा लक्षण नदेखाई ठीक भएको हुन सक्छ । शुरुवाती समयमा कैयन विदेशबाट आएका मानिस आफनो आत्मसन्तुष्टीका लागी कोरोना जाँच गर्न केन्दि«य प्रयोगशाला गए तर चिकित्सकले कुनै लक्षण छैन भनेर जाँच नगरी फकाईदिए । घण्टौं लाइनमा उभिएर जाँचका लागी बसेका कैयन मानिस जाँच नभई निराश भएर घर फर्किए । पूर्वतयारीको अभावका कारण , किट प्रयाप्त मात्रामा नभएको कारण विश्वस्तरीय जाँच प्रणालीभन्दा विश्वले विश्वसनियतामा प्रश्न उठाएको किटलाई व्यापक प्रयोगमा ल्याइयो । यसतै कुराले कोरोना संक्रमितको संख्या नियन्त्रणमा आउनभन्दा झन दिन दुइ गुणा रात चौ गुणा गरी बढोत्तरी भइरहेको छ ।

यस साठी  दिन सम्म कति सघन उपचार शैया थपिए , कति वटा भेन्टीलेटर थपिए तथा कति वटा मोनिटर थपिए होलान , परीक्षणलाई सजिलो हुन कति प्रयोगशालाका विश्वस्तरीय उपकरण थपिए होलान भन्न सकिने अवस्था छैन । देशमा हाल निजि अस्पतालको समेत जोडेर लगभग बाह« सय सघन उपचार शैया छन भने भेन्टीलेटर निजि अस्पतालको समेत जोडेर लगभग चार सय पचासको संख्यामा रहेको छ । नेपालको कुल जनसंख्या लगभग तीन करोड रहेको छ । कुल जनसंख्याको एक प्रतिशतलाई कोरोना पोजेटिभ भयो अनि पोजेटिभ संख्याको एक प्रतिशतलाई मात्र भेन्टीलेटर सेवा चाहियो भने देशले के गर्ने यसको लागी कुनै पूर्वतयारी भए जसतो देखिदैन । खरिद प्रकिृयालाई फास्ट ट्रयाकबाट गरे पनि सामान खरिद गर्न कम्तीमा एक महिना लाग्छ । यो लकडाउनलाई स्वास्थ्यसंस्थाको स्तरोन्नतीका लागी सदुपयोग गरिनुपर्नेमा देश राजनैतिक कुरामै रुमलिएको अवस्थामा छ । कसलाई प्रधानमन्त्री बनाउने कसलाई संसद बनाउने, कसलाई फुटाउने कसलाई जुटाउनेभन्दा पनि संकटको यस घडीले भयावह अवस्था लियो भने कसरी निपटने भन्ने कुरामा विशेष ध्यान जानु पर्छ । यस संकटमा एमसीसी पास गर्न विवाद गर्ने कुराभन्दा देशको स्वास्थ्य क्षेत्रलाई जसतो सुकै संकट आए पनि सामना गर्न सक्ने अवस्थामा पुगाउने गरी योजना पास गर्न तर्फ ध्यान जानुपर्छ । चिकित्सक तथा स्वास्थ्यकर्मी बढी तनाव तथा चिन्ताका कारण मानसिक रोगको शिकार बन्न सक्छन । फन्टलाइनमा काम गर्ने चिकित्सक , स्वास्थ्यकर्मी तथा सुरक्षा अंगका मानिसहरुलाई सुरक्षा पहिरनको समुचित व्यवस्थापन गरेर प्रोत्साहनका हरेक उपायलाई अवलम्बन हुनुपर्छ ।

एक संचार गृहमा यो लेख तयार पर्दाको दिनमा काठमाडौं काँडाघारीकी एक महिला फोन मार्फत कार्यक्रम प्रस्तोतालाई आफना दुई मध्य कुनै एक सन्तान कसैले पलिदिए हुन्थ्यो । मैले मेरा बच्चालाई खुवाउन सकिन जसता कारुणिक वेदना प्रस्तुत गरेको थिइन । यी एउटी प्रतिनिधि पात्र मात्र हुन अझै लकडाउन बढाउँदै लैजाने तथा गरिवले दैनिक भोकै सुत्ने हो भने देशमा कोरोनाको कारण होइन भोकमरीका कारण मानिसको मृत्यु हुन शुरुवात हुने कुराको संकेत त्यो वेदना थियो ।

भारी बोकेर जिविकोपार्जन गर्ने एक भरियाको काठमाडौंमा खान नपाएर निदन भएको समचार पनि सेलाएको छैन । दैनिक ज्यालादारी गरेर कमाएकोे पैसाले दैनिक आहारकोे जोहो गर्ने ती निम्नबर्गिय मानिसले केही दिन त राहत पाए होलान तर साठीऔं दिनसम्म कसले राहत दियो होला अनि अझ लकडाउन बढदै जाँदा दाताहरुको संख्यामा पनि क्रमिक रुपमा ह«ास आएको छ । कसैले फोटो खिचेर फेशबुकमा हाल्नका लागी सिमित राहत बढेका हुन्छन भने लामो समयसम्म कुनै परिवारको रासनको सधैं जोहो गरिदिने दाता धेरै कम छन । एक दिन दुइ दिन दश दिन बिस दिन अनि कति दिन आज साठी दिन भयो संक्रमितको संख्या बढीरहेको छ ती दाताले उल्लेख्य संख्यामा रहेका गरिवी तथा दैनिक ज्यालादारी गरेर कमाउने संख्याको परिवारलाई राहत दिनेहोला ।
मध्ययम वर्गलाई आफनै पीडा शुरु भएको छ । कैयनको घर बाहलको आम्दानी मार्फत चल्ने गरेको छ । सरकारको घरभाडा नतिर्ने उर्दीले घरभाडाले व्यवहार चलाउनेको हालत बेहाल भएको छ । बाहलमा बस्ने अधिकांश व्यक्ति कुनै संस्था वा कम्पनीमा अवद्द हुन्छन । निजामति कर्मचारी बाहेकका कर्मचारीहरुलाई नाफामै रहेका अधिकांश संस्थाले बेतलवी विदामा राखेका छन । केहीले कर्मचारी कटौती गरिएको सूचना समेत थमाउन थालेका छन । शहरी क्षेत्रकै बासिन्दा वा बाहिरबाट आएर ती मध्ययम वगीर्य परिवारका कर्मचारी अवसर तथा स्रोत साधनका कारणले उपत्यका तथा देशका अन्य शहरको संस्थामा कार्यरत छन् । कम्पनीहरुले दुई महिनाको लकडाउनमा पूर्णकालिन कर्मचारीहरुलाई समेत दैनिक ज्यालादारी कर्मचारी जसरी व्यवहार गरी यो संकटको घडीमा बेतलबी राखेका छन । केहीले थोरै मात्रामा तलब बाँढेका छन । घाटामा रहेका संस्थाले बेतलवी राख्नु स्वभाविक रहेता पनि नाफामा रहेका संस्थाले आफना कर्मचारीको यो विश्वको यो संकटको अवस्थामा श्रमिकको यो दुःखको घडीमा मानवता देखाउन सकेका छैनन । कर्मचारीहरुलाई संस्थाको असल सम्पतीका रुपमा नलिएर श्रमिकलाई मानसिक पीडामा धकेलेका छन । बाह« महिनामा दुई महिनाको यस संकटमा कम्पनीहरुले आफना कर्मचारी माथी कठोर व्यवहार प्रस्तुत गरेका छन् जसका कारणले दैनिकको छाक टार्नलाई धौ धौ परेको अवस्थामा कसरी भाडा तिर्ने भन्ने स्थिितीमा छन् । राहत माग्न समेत असहज हुने तथा कमाई समेत ठप्प रहेको देशमा धेरै संख्यामा रहेका मध्ययम वर्गमा ठूलो पीडाको समय यो लकडाउन प्रतित भएको छ । श्रम विभाग तथा श्रम कार्यालयले यस तर्फ ध्यान नदिँदा देशका कर्मचारी तथा श्रमिक मानसिक पीडामा रहेको चर्चा छ । यसका लागी सम्बन्धीत निकायले अग्रसरता लिएर नाफामा रहेका संस्थाका कर्मचारीले आधारभुत (बेसिक) तलब पाए नपाएको एकिन नगर्दा धेरै मध्ययम वर्गीय परिवारका श्रमिक कम्पनीबाट शोषित हुन शुरु भएको छ । निजि कम्पनीमा काम गर्ने मध्ययम वर्गीय समुदायको संख्या नेपालमा उल्लेख्य मात्रामा छ । दुई महिना कम्पनीको काम अंशिक हुँदा वा ठप्प हुँदा पूर्णकालिन श्रमिकले तलब पाएका छैैनन । लकडाउन बढदै जाने तथा सरकारले तथा नियामक निकायले यस तर्फ नजर नदिने हो भने यो वर्गका कैयन मानिस भोकै मर्ने सम्भावना बढेर गएको छ साथै मानसिक रोग समेत खप्टिने सम्भावना छ । रोजगारदाता कम्पनीलाई राहतको कुनै घोषणा नहुँदा ती संस्था आफैमा धराशायी बन्दै गएको अवस्था छ । राहतको कार्यक्रम तर्जुमा गरेर नाफामा रहेका संस्थाले आफना श्रमिकको बेसिक तलब दिने प्रत्याभुति नहुँदा देशमा विकराल समस्या आउने सम्भावनालाई नकार्न सकिन्न । संकटको यस घडीमा श्रमिक तथा कर्मचारीको हकहितको प्रत्याभुतिका लागी श्रम मन्त्रालय तथा मातहतका निकाय सक्रिय हुनुपर्ने आवश्यकता खटकिएको देखिन्छ । उच्च अर्थिक अवस्था भएकाले आफनो बचतबाट दैनिक मिठो मिष्ठान्न खाएका छन । यस वर्गलाई लकडाउनले खासै फरक पारेको छैन । व्यवसाय हुनेको व्यवसाय चौपट छ तर के खाने भन्ने समस्या यो वर्गलाई रहँदैन । शहरी क्षेत्रका मानिस गाउँमा जसतो सहज तवरले बाँच्न सक्दैनन । गाउँमा आफनै बारीको उत्पादन हुने हुँदा अन्नको समस्या हुँदैन तर शहरी क्षेत्रका मध्ययम वगीर्य परिवारका मानिसलाई बिना आम्दानी दैनिक छाक टार्न समेत हम्मे पर्ने अवस्था श्रृजना हुन्छ । शहरी क्षेत्रका परिवारको घर परिवारको सदस्यको आम्दानीमा पूर्णतय निर्भर हुन्छ । त्यही आम्दानीको भरमा ऋण लिइएको हुन्छ । आम्दानीनै शुन्य हुँदा तथा अंशिक मात्र हुँदा मध्ययम परिवारलाई मानसिक दवावमा हालेको अवस्था छ । कसैसंग राहत माग्न जाँदा सामाजिक प्रतिष्ठा गुम्ने डर एकातिर मनमा रहेको हुन्छ भने लकडाउन बढदै जाँदा अनि परिवारको आम्दानीको स्रोतको आम्दानी नहुँदा घर व्यवहारको दैनिक छाक टार्ने खर्च समेत व्यवस्था गर्न गाह्रो परेको सरकारले बुझन जरुरी छ । लकडाउनका कारणले बजार महंगिएको छ । मुद्राको क्रय शक्ति घटेको छ ।

अधिकांश दैनिक ज्यालामा काम गर्ने निम्न तथा मध्ययम वर्गको माग आज जीन्दगीलाई चलायमान गराउनु पर्छ , उच्च सतर्कता सहित तथा जन जनलाई अनुशासित गराएर लकडाउनलाई हटाउने तथा खुकुलो पार्ने आवज आउन थालेको छ । एक विरगंज स्थित अस्पतालमा एक वृद्दको मृत्यु भयो । रोगको लक्षण हल्का कोरोना संग मेल खाएकाले त्याहाँ स्थिित प्रयोगशालामा परीक्षण गर्दा रिपोट शंकास्पद आयो अनि थप पुष्टिका लागी केन्दि«य प्रयोगशाला पठाइयो । जाँचको रिपोट नआउदै अस्पताल प्रशासनले शव विरामीका आफन्तलाई दियो र आफनो संस्कार अनुसार दाह संस्कार भयो । सात दिन पछि रिपोट पोजेटिभ आयो । सरदर १२ घण्टा रिर्पोट आउन लगाउने वा सरदर एक टेष्टको रिर्पोट आउन सरदर ८—१० घण्टा लाग्नुपर्नेमा सात दिन किन लगायो अचम्मको कुरा छ । लाश परिवारलाई दियो आफनो टाउकोबाट जिम्मेवारी सकियोझै व्यवहार अस्पताल प्रशासन तथा स्थानिय जनस्वस्थ्य कार्यलयबाट गरिएको प्रतित हुन्छ । यसता व्यवस्थापकिय त्रुटिले तथा संमन्वयको अभावले संकटलाई अझ बढाउने कुरालाई नकार्न सकिन्न । संकटको तथा महामारीको यस घडीमा देशका सम्पूर्ण अस्पताल प्रशासनहरुले अरु बेलाभन्दा अझ चुस्त अनि प्रशासनिक क्षमता अझ उच्च बनाउने बेला हो । अस्पताल प्रशासनले आफना अस्पतालका कोरोना सष्पेक्ट गरिएका केशको सही रेकड राख्नुपर्छ । यो महामारीको बेलामा रिर्पोट नआई विरामीलाई परिवारलाई बुझायो अनि हाइसन्चोले बस्दा अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमा कोरोना फैलन सक्ने सम्भावना बढेर जान्छ । अस्पताल प्रशासन तथा सम्बन्धीत निकायको सवत्र्र विरोध भइरहेको छ । यस खाल्का कमीकमजोरीलाई अगामी दिनमा कहि कतै दोहोरिन नदिने सबै पक्ष गम्भीर हुन जरुरी छ ।
लकडाउनलाई बढाएर मात्रै समस्या समाधान नहुने कुरा आज हामी सामु छलङग भएको छ । अस्पतालको संख्या थप्ने , सघन उपचार कक्ष थप्ने, भेन्टीलेटर थप्ने कार्य गरेर अन्य विकल्पहरुलाई अघि सारेर लकडाउन खुकुला पार्दै विस्तारै हटाउने तर्फ सरकार अघि बढनु आवश्यक देखिएको छ । स्वास्थ्यका जनशक्तिलाई दक्ष बनाउने कार्य गर्दै कोरोना देखिएको क्षेत्रलाई सिल गरेर अन्य क्षेत्रको जीवनलाई चलायमान नगराए अन्य समस्या आउने सम्भावना छ । जनताले यो साठी दिनको लकडाउनलाई उच्च सम्मानसाथ सहयोग गरेका छन । कहि कतै तोडने काम भएको छैन । सरकोरको यो कार्यको सवत्र्र प्रशंसानै भएको छ । कोरोना नियन्त्रणको एक मात्र साधन लकडाउन मात्र हो भन्ने ठानेर गरिएको निर्णयले साठी दिन पार गरेको छ । लकडाउनभन्दा पनि अन्य उपायलाई विज्ञहरु संगको छलफलबाट निशकर्षमा पुग्नु आजको मागको रुपमा प्रस्तुत भएको छ । लकडाउन नभएको भए अझ संक्रमित बढने थिए होला यसले केही हदसम्म नियन्त्रण गर्न टेवा दिएको कुरालाई नकार्न सकिन्न । नाकालाई पूर्ण सिल गरेर बैकल्पीक उपायलाई लिनुपर्ने तथा जीवनलाई चलायमान गराउनुपर्ने माग आउन थालेको कुरालाई निति निमार्तले मनन गर्नु जरुरी छ । आशा गरौं कोरोना विरुद्धको खोप खोजले सफलता पाउनेछ र मानव समुदाय यो महामारीबाट छिट्टै छुटकारा पाएर पुनः आफनो पूर्ववत अवस्थामा फर्कनेछन् ।

#Communication #Covid19 #Lockdown #Hospital #Un development city #prevention

Tags: Corona Virus #Covid19
SummarizeShare234ScanTweet146

Related articles

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    678 shares
    Share 271 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    627 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    673 shares
    Share 300 Tweet 155
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    616 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालमा पहिलो पटक बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन ‘र्‍याडकन २०२६’ सम्पन्न
  • डा. मेराज आलम अन्सारी राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित
  • नेपालको चिकित्सा क्षेत्रमा ‘इन्टरभेन्सनल रेडियोलोजी’ को नयाँ युग: NSVIR मा शक्तिशाली कार्यसमिति चयन
  • “मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical
  • स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन चैत २७ देखि शुरु हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.