Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डेङ्गु र आयुर्वेद उपचार #DengueFever #Ayurveda

HNN Staff by HNN Staff
September 13, 2022
in Articles, Health
Reading Time: 4 mins read
A A
0
Dengue Fever Treatment

Dengue Fever Treatment

716
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
Dr Puneshwar Keshari Ayurveda Physician
✍️ डा.पुनेश्वर केशरी
एम. डी. (द्रव्यगुण)
आयुर्वेद चिकित्सक, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाण्डौ ।

डेङ्गु रोग भाइरसको संक्रमणबाट हुने र एडिस एजिप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डेङ्गु रोगको भाइरस फ्लाभि जिनस अन्तर्गत पर्दछ, जसको जीवन चक्र मानव र एडिस एजिप्टी नामक पोथी लामखुट्टेमा पूरा हुन्छ । यो लामखुट्टे प्रायः दिउँसो टोक्ने लामखुट्टे हो । यो लामखुट्टे घर वरिपरि जम्ने सफा पानीको स्रोतहरु, एयरकन्डिसन तथा रेफ्रिजेरेटरको पानी जम्ने भागमा, खाली ड्र्रम, मोटरका टायरहरु, तथा पुराना भाँडाकुडाहरुमा जम्ने पानीमा प्रजनन् गर्दछ ।

रोगी व्यक्तिलाई टोकेको लामखुट्टे ले स्वस्थ्य व्यक्तिलाई टोकेको खण्डमा यो रोग लाग्दछ ।
विश्व स्वास्थ्य संगठन अनुसार डेङ्गु रोग इन्डेमिक रुपमा विश्वको १०० भन्दा बढी देशहरुमा देखिएकोछ । यसबाट लगभग ५० मिलियन देखि १०० मिलियन व्यक्तिहरु प्रति वर्ष प्रभावित हुन्छन् र प्रति वर्ष २०,००० जतिको मृत्यु हुन्छ । नेपालमा यो रोग सर्वप्रथम वि.सं. २०६१ मा देखापरे पश्चात हरेक वर्ष गर्मी र वर्र्षातको समयमा बेला बेलामा महामारीको रुपमा देखा पर्दछ । यस वर्ष पनि वैशाख महिनादेखि फाटफुट्ट रुपमा देखा परे तापनि अहिले आएर व्यापक रुपमा फैलिएको छ ।

यो लेख तयार पारिरह्दा सम्म सात वट्टै प्रदेशका ७५ जिल्लाहरुमा डेङ्गु रोगको संक्रमण देखा परेको छ । गत श्रावण देखि लेख तयार पारिरहदासम्म ७७३५६ जना डेङ्गु रोगी देखा परिसकेको जसमध्ये सबभन्दा बढी वागमति प्रदेश मा ५५७५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाले देखाउँछ जुन वास्तवमा यस भन्दा धेरै पहिचान नभएका केसहरु रहेको हुनसक्ने सम्भावना लाई नकार्न सकिन्न ।

डेङ्गु रोगको मुख्य लक्षणहरु

डेङ्गु रोगलाइ ब्रेक बोन फिभर (Break Bone Fever) पनि भनिन्छ किनभने यस रोगमा तीव्र ज्वरो आउनुको साथै मांसपेशी र हाडहरुमा तीव्र पीडा हुन्छ । डेङ्गु रोगमा देखिने लक्षणहरु यस प्रकारका छन्:

  • अरुचि
  • वाकवाकी लाग्नु तथा वान्ता हुनु
  • टाउको दुख्नु
  • हातखुट्टामा विमिरा आउनु
  • आँखा पछाडि र आँखाका गेडाहरु दुख्नु
  • उच्च र तीव्र ज्वरो आउनु
  • जोर्नीहरु तथा मांसपेशीहरु दुख्नु तथा सुन्निनु
  • नाक तथा गिँजाबाट रक्तस्राव हुनु
  • ग्रन्थिहरू सुन्निनु

यी लक्षणहरुको व्यवस्थापन समयमा गरिएन भने उपरोक्त लक्षणहरुको तीव्रता बढदै जान्छ र अत्यधिक थकान र कमजोरी, वान्तामा रगत देखिने तथा लगातार वान्ता भइरहने, गिँजाबाट रगत आउने, नाथ्री फुट्ने, तीव्र छटपटाहट, तीव्र रुपमा पेट दुख्ने, र शरीरको विभिन्न भागबाट रक्तस्राव हुनथाल्द्छ ।

यस्ता लक्षणहरू देखा पर्ना साथ हस्पिटलमा भर्ना भई उपचार गर्नूपर्दछ । डेङ्गु रोगको जटिलता स्वरुप डेङ्गु शक सिन्डा्रेम (Dengue shock syndrome) र डेङ्गु हेमोर्याजिक फिभर (Dengue hemorrhagic fever) देखिन्छ ।

डेङ्गु रोगको प्रयोगशालामा निदान

डेङ्गु रोगको प्रयोगशाला निदान मुख्यतः रगत जाँच बाट गरिन्छ । रगत जाँच गर्दा श्वेतरक्तकोषहरु (ल्यूकोसाईट्स) घटेको पाईन्छ । ज्वरोको प्रारम्भिक अवस्थामा कसै कसैमा थोरै मात्रामा ल्यूकोसाईटहरु बढेको हुनसक्द्छ जुन पछि घट्दै जान्छ । सेतो रक्तकोष मध्ये न्यूद्रोफिलको मात्रा घटेको हुन्छ भने लिम्फोसाईटको मात्रा बढेको हुन्छ ।

त्यसै गरि प्लेटिलेट्स को मात्रा पनि तीव्र रुपमा घट्दछ । जसलाई थ्रोम्बोसाईटोपेनिया भनिन्छ । हेमाटोक्रिट्स चाहि बढेको हुन्छ । त्यसै गरि रगतमा भाईरस आईशोलेसन, न्यूक्लिक एसिड एम्लिफिकेशन टेस्ट, आर.टि. पि.सि.आर., इम्यूनोग्लोबुलिन डिटेक्सन टेस्ट गरिनुको साथै लिभर फन्कसन टेस्ट पनि गर्नुपर्दछ । डेङ्गु रोगमा कलेजोको क्रिया प्रभावित हुन्छ ।

डेङ्गु रोगको विरामडेङ्गु रोगको मुख्य निदानमा रोगीको रगतमा एन.एस. वन एण्टिजेन देखा पर्नु हो । त्यसैगरी रगतमा एटिडेङ्गु एण्टिबडि एलाईजा टेस्ट बाट गर्न सकिन्छ । रैपिड डेङ्गु टेस्ट किटहरु पनि बजारमा उपलब्ध छन् । यस रोगमा तीव्र अवस्थामा रगतमा प्लेटिलेट्स को मात्रा अचानक तीव्र रुपमा घट्छ जुन सामान्य अवस्था हुँदै जाँदा कम्रिक रुपमा बढ्दै जान्छ ।

डेङ्गु रोग र आयुर्वेद

डेङ्गु रोगको प्रत्यक्ष वर्णन आयुर्वेद संहिताहरूमा पाइदैन । यसलाइ ज्वर रोग अन्तर्गत विकृतिविषम समवायरब्ध सन्निपातिक ज्वर अन्तर्गत राख्न सकिन्छ । माधव निदान अनुसार यसलाई दण्डक ज्वर मान्न सकिन्छ ।

सुश्रुत संहिता कल्प स्थान अध्याय ८ मा विभिन्न कीटजन्य रोग लक्षणहरुको उल्लेख गरिएको छ, जहाँ ५ किसिमको लामखुट्टे र तिनको टोकाइबाट हुने लक्षणहरु उल्लेख गरिएको छ, त्यसता लक्षणहरु डेङ्गु रोगमा पनि देखिन्छ । सुश्रुतले वर्णन गरेका ५ किसिमको लामखुट्टे हरुमा सामुद्र, परिमण्डल, हस्तिमशका, कृष्णा र पर्वतीय हुन् ।

Dengue fever treatment ways
Dengue fever treatment ways

डेङ्गु रोगको उपचार व्यस्थापन

डेङ्गु रोगको उपचार व्यस्थापनमा मुख्यतः यसको लाक्षणिक उपचार नै हो । त्यस बाहेक पर्याप्त मात्रामा झोल पदार्थको सेवन गराउनु तथा रगतमा प्लेटिलेट्सको मात्रा घटन् नदिनु यसको उपचारको मुख्य पक्ष हो । यस रोगको भाइरस विरुद्घ विशेष कुनै औषधि छैन् ।

हुनत जटिलता का लक्षणहरु नदेखिएका डेङ्गु रोगमा तरल पदार्थको मात्रा व्यवस्थापन, पोेषिलो खानपान तथा शरीरको तापक्रम व्यवस्थापन गरि राखे ७ देखि १० दिनमा रोग आफै निको भएर जान्छ । डेङ्गु रोगको जटिलता स्वरुप उत्पन्न हुने डेङ्गु हेमोरेजिक फिभर मा रोगीलाइ रगत टा्रन्सफ्यूजन पनि गर्नपर्ने हुन्छ । डेङ्गु शक सिन्डा्रेम को उपचार सुविधा सम्पन्न अस्पतालमा मात्र सम्भव हुन्छ ।

डेङ्गु रोग र आयुर्वेद उपचार

डेङ्गु रोगको मुख्य लक्षणको रुपमा देखिने ज्वरो हो । आयुर्वेदमा ज्वर एउटा स्वतन्त्र व्याधि हो । ज्वरमा प्रयोग हुने जडीबुटी तथा औषधहरु डेङ्गु रोगमा प्रयोग गर्न सकिन्छ, साथै लाक्षणिक आधारमा मांसपेशी तथा हाड जोर्नी दुखाई, वाकवाकी तथा रक्तश्राव आदिलाइ विचार गर्दा वात, पित्त तथा कफ तीनटै दोषको सन्निपातिक अवस्था भएकोले त्रिदोषशामक औषधहरुको प्रयोग गरिन्छ । लंघन, दीपन,पाचन तथा मृदु स्वेदन गरिनुपर्दछ । साथै नयाँ अध्ययन अनुसन्धान अनुसार एण्टिपाईरेटिक, एण्टिइन्फ्लामेद्री, एण्टिभाईरल औषध जडिबुटिहरुको प्रयोग गर्न सकिन्छ ।

Ayurveda options
Ayurveda options

भारत सरकार आयुष मन्त्रालय अन्तर्गतको काउन्सिल फर क्लिनिकल रिसर्च इन आयुर्वेदिक साईन्स (सि.सि.आर. एस) ले क्षेत्रिय अनुसन्धान इकाइ बेलगाम, कर्नाटकमा गुर्जो, मेवा, शूठो लगायतको समिश्रणबाट तयार गरिएको औषधिको पाइलट स्टडी सफलता पूर्वक सम्पन्न गरि विस्तृत अध्ययन शुरु गरेको छ । त्यसै गरि भारतको प्रसिद्ध दिव्य फार्मेसीले डेङ्गुनिल नामको औषधिको एक्सपेरिमेन्टल स्टडी गर्दा प्रभावकारी देखिएको छ जसमा गुर्जो, मेवाको पात, तुलसी, दाडिम, घृतकुमारीको सार तत्वहरु मिसाएर बनाईएको छ । त्यसै गरि बोझो, कालमेघ, दुधेझार, पाठा,तुलसी, गुर्जो, बेसार आदि डेङ्गुमा प्रभावकारी देखिएका छन् ।

एरण्डकर्कटी अर्थात मेवाको पातको extract को प्रयोग प्लेटिलेट्स बढाइ डेङ्गु रोगको व्यवस्थापनमा अति प्रभावकारी भएको अनुसन्धानहरूले देखाएको छ, जस सम्बन्धि लेखहरु ब्रिटिश मेडिकल जर्नल तथा Pub-Med listed अन्य जर्नलहरुमा पनि प्रकाशित भइसकेको छ । आधुनिक चिकित्सा विज्ञानमा स्पेसिफिक उपचार नभएको अवस्थामा नयाँ अनुसन्धान अनुसार आयुर्वेद उपचार एउटा प्रभावकारी उपाय हुने निश्चित छ ।

कतिपय आयुर्वेद औपाधिहरुले डेङ्गु रोगको विषाणुको वृद्धिलाई रोकि रोगको अवस्थालाई नियन्त्रण गर्न मदत गर्दछ भने कतिपय जडिबुटिहरुले एण्टिपाईरेटिकको रुपमा कार्य गरि ज्वरलाई कम गर्दछ र कतिपय औषधि जन्य वनस्पत्तिहरुले श्वेत रक्तकोष तथा प्लेटिलेट्स लाई बढाउने एवम्र शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाई रोगमाथि विजय प्राप्त गर्न र यसका जटिलताहरु उत्पन्न हुनबाट रोक्ने कार्य गर्दछ । तर आयुर्वेद औषधि को नाममा जेसुकै जति पनि मात्रामा प्रयोग कदापि उचित हुदैँन ।

मेवाको पातको सार तत्व उपयोगी हुन्छ भन्दैमा आफूखुसी अतिमात्रा यसको जूस सेवन गर्नु पनि उचित हुँदैन । कुनै पनि जडीबुटीको सेवन आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम मात्र सेवन गर्नुपर्दछ ।

डेङ्गु रोगको उपचारेमा प्रयोग हुने केहि महत्वपूर्ण जडिबुटिहरु

  1. गुर्जो –  यसले डेङ्गु रोगमा ज्वरो निको पार्नुको साथै इम्यूनोमोडुलेटरको रुपमा कार्य गर्दछ र श्वेत रक्तकोशिकाहलाइ बढाउँछ ।
    प्रयोग विधि:
    गुर्जोको पत्र तथा काण्डको स्वरस निकालेर १० देखि २० मि. लि. सेवन गर्ने ।
    गुर्जोको काण्डको मसिनो टुका पारी ५देखि १० ग्राम लिएर १६ गुणा बढी पानीमा पकाएर १÷८ भाग पारी ४० देखि ८० मि.लि. विहान बेलुका सेवन गर्ने ।
  2. शूठो – यसले पाचन प्रणालीलाइ दुरुस्त पारी ज्वरो ठीक पार्नुको साथै छालामा हुने विमिराहरु ठीक पार्दछ । साथै जोर्नी दुख्ने समस्यामा लाभ हुन्छ । १ देखि २ ग्राम शूठो चूर्ण मनतातो पानीसँग प्रयोग गर्नुपर्दछ ।
  3. तुलसी – यसले जीवाणु र विषाणु प्रतिरोधिको रुपमा कार्य गर्दछ । साथै यसमा adaptogenic property पनि हुन्छ ।
    प्रयोग विधि: १० वा १२ वटा पातहरु र २ वा ३ वटा मरिच १ ग्लास पानीमा चिया जस्तै पकाएर खाने । वा १० देखि १५ वटा पातहरु विहान बेलुका चपाएर खान सकिन्छ ।
  4. मेथी – यसले ज्वरो र दुखाइ निको पार्छ ।
    प्रयोग विधि: २ देखि ३ ग्राम मेथी १ ग्लास पानीमा चिया जस्तो पकाएर खाने ।
  5. बेसार – यसले पनि जीवाणु प्रतिरोधि कार्य गर्दछ । यसले डेङ्गु रोगमा निस्किने विमिराहरु निको पार्न मदत गर्दछ ।
    प्रयोग विधि १ ग्लास मनतातो दूधमा १ चम्चा बेसार हालेर खाने ।
  6. मेवाको पात: यसले विषाणु प्रतिरोधिको रुपमा कार्य गर्नुको साथै रगतमा प्लेटिलेट्स र श्वेत रक्तकोशिकाहरुको मात्रा बढाउने कार्य गर्दछ । साथै यो स्वेदजनन पनि भएकोले ज्वर घटाउन मदत गर्दछ ।
    प्रयोग विधि –  हरियो मेवाको पातको रेशा र डाँढ हटाएर जूस बनाइ २० देखि ३० मि.लि. दिनको २ वा ३ पटक सेवन गनुपर्दछ । यो तीतो हुने भएकोले जूस पिउनासाथ थोरै थोरै पानी खानु पर्दछ ।
    मेवाको पातको फाण्ट: ४० देखि ८० मि. लि. पनि प्रयोग गर्न सकिन्छ ।

के मेवाको पातको जूस वा फाण्ट खानाले शरीरलाई हानि गर्दछ?

आजकल केहि एलोप्याथिक चिकित्सकले मेवाको पात खाएर मान्छे बेहोश भएको घटना को वर्णन गर्दै लेखहरु लेखेका छन् तर बेहोसीको वास्तविक कारणमा थप खोजबिन गर्नुको साट्टो बेहोसीको सम्पूर्ण दोष मेवाको पातमा थोपार्नु म उचित मान्दिन । पबमेडमा मेवाको पातको टक्सिसिटि स्टडी सम्बन्धि लेखहरु समेतले यसको प्रयोग सुरक्षित रहेको देखाएको सन्दर्भमा मान्छे बेहोश हुने कुरा मान्य हुँदैन तर यो कुरा निश्चित हो कि कुनै पनि जडिबुटि रोग र रोगीको अवस्था विचार गरि सम्बन्धित विषयको चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्नु हितकर हुन्छ ।

अर्को कुरा मेवा कुन ठाउँमा उम्रेको हो सो थप विचार गर्नु पर्दछ । विषाक्त फोहोरहरु फालिने ठाउँको कुनै पनि जडिबुटि प्रयोग उचित हुदैन । जडिबुटिहरुको उचित मात्रा, अनुपान, सहपान, रोग, रोगी को सम्पूर्ण अवस्थालाई विचार पुरयाउन जरुरी हुन्छ । साथै एलोप्याथिक औषधिहरुसंगको अन्तरक्रियालाई विचार पुरयाउन जरुरी हुन्छ । जस्तै मेवाको पातको प्रयोग गर्दा मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरुले विशेष ध्यान पुरयाउनुपर्दछ ।

मेवाको पातको जूसको सुरक्षितता अध्ययन गर्दा यसले केहिमात्रामा पेट सम्बन्धि गडबडि, कसै कसैमा छालामा विमिराहरु देखिएको र जम्मा दुई वटा अनुसन्धान लेखले यसले लिभर ईन्जाईमहरु मा गडबडि ल्याउने कुरा उल्लेख पाइन्छ भने केहि अध्ययनले कलेजोको लागि सुरक्षित पनि देखाएको छ ।

  • बजारमा मेवाको पातको extract बाट बनेका अनेक कम्पनीका क्याप्सूल, ट्याब्लेट तथा सिरपहरु पाइन्छन्, जुन खान सजिलो र रुचिकर हुन्छन् ।
  • यस बाहेक अमृतारिष्ट, गुडुची सत्व, महासुदर्शन चूर्ण, महारास्नादि क्वाथ, पटोलादि क्वाथ, एरण्डकर्कटी रसायन आदिको प्रयोग चिकित्सकको परामर्श अनुसार गर्न सकिन्छ ।

डेङ्गु रोग बाट बच्ने उपाय

  • घरमा तथा घर वरिपरि पानी जम्न नदिने ।
  • फोहोर जम्मा गर्ने भाँडोहरु छोपेर राख्ने ।
  • लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउनु पर्दछ ।
  • घर वरिपरिका खाल्डा खुल्डिहरु पुर्ने तथा घरमा रहेका गमलाहरुमा पानी जम्न नदिने ।
  • घरमा प्रयोग भएको एयर कन्डिसन तथा रेफ्रिजेरेटरको पानी जम्मा हुने भागबाट पटक पटक पानी फाल्नु पर्दछ ।
  • लामखुट्टेको टोकाइबाट बच्न हातखुट्टाको नढाकिएको भागमा निमको तेल लगाउने ।

Tags: #Health and population ministryAyurvedaFeaturedSummer Healthडेंगी #Dengue
SummarizeShare358ScanTweet149

Related articles

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    838 shares
    Share 335 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    697 shares
    Share 279 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    681 shares
    Share 293 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    693 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
  • हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा
  • नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी
  • भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता
  • कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.