काठमाडौं , १७ जेठ
नेपालमा पछिल्लो चौबीस घण्टामा १ सय ८९ जनामा कोरोनाको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले विभिन्न जिल्लाका लागेर १ सय ८९ जनामा थप संक्रमण भएको बताउनु भयो।
डा.देवकोटाका अनुसार नेपालका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा १८५ जना पुरुष र ४ जना महिला लागेको १ सय ८९ जनामा कोरोनाको संक्रमण देखिएको छ।
आज थप १३ जना कोरोनाको लडाइँ जितेर पनि घर फर्किसकेका छ्न। जस अन्तर्गत सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट ११ जना , बाके र पाटन अस्पतालबाट १/१ गरि १३ जना डिस्चार्ज गरिएको डा.देवकोटाले जानकारी दिनु भयो।
यो संगै डिस्चार्ज हुनेको संख्या २१९ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ रहेको छ।