हेटौंडा फागुन १९: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले हेटौडा मकवानपुरमा दुई दिने कार्यक्रम सञ्चालन गरियो। उक्त अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले मेरो स्वास्थ्य मेरो जिम्वेवारी लाई मनन गर्दै टोल टोलमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिने र यसले जनतामा स्वास्थ्य प्रति जिम्मेवारी बोध गराई सर्ने र नसर्ने रोगमा कमी आई राज्यको ठुलो धनराशि उपचारमा खर्च हुन बाट जोगिन्छ।
उक्त अवसरमा सामाजिक विकास मन्त्रालयका सचिव गोकर्ण मनि दुवाडीले यो कार्यक्रम अत्यन्त राम्रो भएता पनि केन्द्र देखि स्थानिय निकायको बीचमा कसरी समन्वय गर्ने भन्ने प्रमुख चुनौती रहेको बताउनु भयो। सुचनामुलक सामग्रीहरू उत्पादन गरी सामान्य नागरिक र वालवालिकालाई बढी भन्दा बढी लक्षित गरी कार्यक्रमलाई तल्लो तह सम्म पुर्याउन सके स्वस्थ नागरिक बनाउन सफल भइन्छ। व्यक्तिलाई कसरी जिम्मेवार बनाउने भन्ने कुरा महत्वपूर्ण छ।

बागमती प्रदेशको प्रदेश योजना आयोगका उपाध्यक्ष श्री श्याम बस्नेतले स्पष्ट योजना सहित आएमा बजेट व्यवस्थापन गर्न सकिने र योजना आयोगले यस्ता कार्यक्रमलाई सहयोग गर्ने बताउनु भयो। हाम्रा प्राकृतिक श्रोतलाई प्रयोग गरी हाम्रा जडीबुटीहरुको संरक्षण, संवर्धन र स्वास्थ्य रक्षामा अधिक भन्दा अधिक प्रयोग गर्ने वातावरण बनाउनु पर्ने मा जोड दिनु भयो।
यस अवसरमा प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका प्रदेश निर्देशनालय का निर्देशक, सामाजिक विकास मन्त्रालयका नीति, नियम, योजना, मापदण्ड तथा जनस्वास्थ्य महाशाखा प्रमुख, प्रदेश स्वस्थ्य निर्देशनालय का आयुर्वेद तथा विविध चिकित्सा शाखा प्रमुख, सामाजिक विकास मन्त्रालयका प. हे. न. तथा सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सकहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।