कस्ता महिलाको पाठेघर झर्न सक्दछ?

महिलाहरुको पाठेघर निम्न कारणहरुले खस्न सक्दछन

-पर्याप्त मात्रामा पौष्टिक तत्त्व भएको खाना नपाएका महिलाको,

-सुत्केरी भएको ६ हप्ता भित्रै गाह्रो भारी उचाल्ने र बोक्ने महिलाको ,

-धेरै बच्चा पाएका र वर्षैपिच्छे बच्चा पाउने महिलाको ,

-सुत्केरी अवस्थामा धूमपान गर्ने र धेरै खोकी लाग्ने महिलाको ,

-कुनै-कुनै महिलाले सुत्केरी भएको समयमा कुना भित्रै बसेको बेला र पहिलो बच्चा पाउना साथ पनि पाठेघर तल खस्न सक्छ।साथै कुनै महिलाले बच्चै नपाईकन पाठेघर खस्न सक्दछ।यो अवस्था निकै कम महिलामा भएको देखिन्छ ।

-जुनसुकै महिलाको पनि पाठेघर झर्न सक्दछ। जस्तैः कलिलो तथा पाको उमेरकी , दुब्ली ,मोटी , तराईमा बस्ने वा पहाडमा बस्ने महिलाहरुमा पाठेघर खस्न सक्दछ।

Next Post
ADVERTISEMENT