आज मिति : २०८२ माघ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

पायल्स के हो र यसको उपचार कसरी गर्ने?डा.कार्की

HNN Staff by HNN Staff
March 21, 2020
in Disease
A A
0
Dr Chandra Karki Ayurveda Physician

Dr Chandra Karki Ayurveda Physician

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

 

पायल्स कस्तो रोग हो?

पायल्स भनेको मलद्वार तथा मलाशयसङ्ग संबधित रोग हो। मलद्वार भित्र हुने रगततका नशाहरु, माम्सपेशी र अन्य तन्तु फुलिएर मलद्वार बाहिर निस्कने रोगलाई पायल्स भनिन्छ ।

पायल्सको कारण के हो?

पायल्सको मुख्य कारण कब्जियत हो । गर्भावस्थामा पनि गर्भको दबावले र हर्मोनको परिवर्तनको कारणले गर्दा पायल्स हुनसक्छ ।आइबिएस, पोर्टल हाइपर्टेन्सन जस्ता पेट र कलेजोसम्बन्धि रोगहरु, थाइरोइडको रोगले हुने कब्जियत आदिको कारणले पनि पायल्स हुनसक्छ । रेसायुक्त खानेकुरा कम खानाले, खास गरेर जङकफुड ,फास्टफुड बढी खानाले, माम्सासाहार बढी गर्नाले, मसालेदार खाना बढी खानाले पायल्स हुने सम्भावना बढी हुन्छ । नेपालको सन्दर्भमा मासु बढी खाने हुनाले सुत्केरी महिलामा, खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा, ड्राइवर र सहचालकहरुमा यो रोग बढी देखिएको छ ।

कस्तो अवस्थालाई कब्जियत भनिन्छ?

कडा दिशा हुने , दिशा गर्दा बल प्रयोग गर्नुपर्ने , दिशा गरेपछि पनि दिशा राम्ररी नभएको जस्तो लागेर दिनको तीन चारपटक सम्म दिशा गर्न पर्ने , कुनै दिन दिशा नै नहुने , कुनै बेला मलद्वार भित्रै औंला हालेर दिशा निक्काल्नु पर्ने अवस्थालाई कब्जियत भनिन्छ ।

पायल्स कति प्रकारको हुन्छ?

पायल्स बाहिरी पायल्स र भित्री पायल्स गरी मुख्य रुपमा दुई प्रकारको हुन्छ । बाहिरी पायल्समा मलद्वारको भागमा डल्लो हुन्छ र दुख्छ । भित्री पायल्सका चारवटा अवस्थाहरु हुन्छन । पहिलो अवस्थामा दिशा गर्दा रगत देखा पर्छ र मलद्वारमा असजिलो अनुभव हुनसक्छ । दोस्रो अवस्थाम दिशा गर्दा सानो मासु जस्तो भाग बाहिर निस्केको अनुभव हुन्छ वा मलद्वार सुन्निएको अनुभव हुन्छ र उठिसके पछि आफै भित्र जान्छ । तेस्रो अवस्थामा दिशा बस्दा बाहिर निस्केको मासु औंलाले धकेलेमा मात्रै भित्र जान्छ। यो दिशा गर्दा बाहेक अन्य समयमा पनि बस्दा खेरी बाहिर निस्कन सक्छ। चौथो अवस्थामा मलद्वार बाहिर निस्केको मासु बाहिर नै रहिरहन्छ। यो अवस्थामा धेरै रगत बग्न सक्छ र दुखाई पनि धेरै हुन्छ। समग्रमा भन्दा पायल्स रोग लागेपछि दिशा गर्दा मलद्वारबाट मासु बाहिर निस्कने, दिशा गर्दा रगत आउने , दुख्ने , चिलाउने , मलद्वारबाट चिल्लो पदार्थ बाहिरी निस्केको अनुभव हुन्छ ।

पायल्सको उपचार कसरी गर्ने त ?

भित्रको पायल्स पहिलो र दोस्रो अवस्थामा आयुर्वेदिक औषधिबाट ठिक हुन्छ । तेस्रो र चौथो अवस्थामा क्षारसुत्र विधिबाट गर्नुपर्छ। बाहिरको पायल्स अवस्था अनुसार औषधि वा क्षारसुत्र बिधिबाट गर्नुपर्छ ।

क्षारसुत्र कस्तो खालको उपचार विधि हो ?

क्षार भनेको विशेष प्रकारले निर्माण गरिएको एक प्रकारको औषधि हो । सुत्र भनेको धागो हो । औषधिको लेप लगाईएको विशेष प्रकारको धागोलाई क्षारसुत्र भनिन्छ र यो धागो प्रयोग गरेर गरिने उपचारलाई क्षारसुत्र विधि भनिन्छ । यो बिधिबाट खास गरेर पायल्स, फिस्टुला, फिसर, मुसा आदिको उपचार गरिन्छ ।

पायल्स रोगबाट बच्ने उपायहरु के के छन?

पायल्स रोग लाग्न नदिन कब्जियत गराउने खाना खान हुदैन । माछा-मासु हप्तामा एक पटक भन्दा बढी नखाने, चाउमिन, चाउचाउ, म:म, दुनट जस्ता मैदाबाट बनेका खाना र अन्य जन्क फुड फास्ट फुड नखाने, तरकारीमा खुर्सानी र मसलाको प्रयोग कम गर्ने । यसको साथै सागसब्जि र फलफुल जस्ता रेशादार खाना दैनिक खाने, सलादको प्रयोग दैनिक गर्ने, दैनिक २ देखि ३ लि. पानी पिउने गर्नाले पायल्सबाट बच्न सकिन्छ ।

आयुर्वेद फिजिसियन डा .चन्द्र कार्की हाल न्यू लाइफ आयुर्वेद, गोङबु र रोयल आयुर्वेद जावलाखेल मा कार्यरत छ्न।

Tags: Ayurveda
Previous Post

भरतपुरमा ७२ घण्टामा कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा

Next Post

कोरोनाको संक्रमणको आशकांमा २ जना महाकाली अस्पतालको क्वारेन्टाइनमा

Related articles

Hypertension awareness by Dr Satish Niraula
Articles

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

8 months ago
1.7k
हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

2 years ago
1.6k
World Alzheimer Day Illustration HealthNewsNepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

2 years ago
1.7k
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3.9k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Articles

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
1.6k
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

3 years ago
1.7k
Next Post

कोरोनाको संक्रमणको आशकांमा २ जना महाकाली अस्पतालको क्वारेन्टाइनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,403)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.