Magnus pharma
आज: २०८२ चैत्र १२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

पायल्स के हो र यसको उपचार कसरी गर्ने?डा.कार्की

HNN Staff by HNN Staff
March 21, 2020
in Disease
Reading Time: 1 min read
A A
0
Dr Chandra Karki Ayurveda Physician

Dr Chandra Karki Ayurveda Physician

658
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

 

पायल्स कस्तो रोग हो?

पायल्स भनेको मलद्वार तथा मलाशयसङ्ग संबधित रोग हो। मलद्वार भित्र हुने रगततका नशाहरु, माम्सपेशी र अन्य तन्तु फुलिएर मलद्वार बाहिर निस्कने रोगलाई पायल्स भनिन्छ ।

पायल्सको कारण के हो?

पायल्सको मुख्य कारण कब्जियत हो । गर्भावस्थामा पनि गर्भको दबावले र हर्मोनको परिवर्तनको कारणले गर्दा पायल्स हुनसक्छ ।आइबिएस, पोर्टल हाइपर्टेन्सन जस्ता पेट र कलेजोसम्बन्धि रोगहरु, थाइरोइडको रोगले हुने कब्जियत आदिको कारणले पनि पायल्स हुनसक्छ । रेसायुक्त खानेकुरा कम खानाले, खास गरेर जङकफुड ,फास्टफुड बढी खानाले, माम्सासाहार बढी गर्नाले, मसालेदार खाना बढी खानाले पायल्स हुने सम्भावना बढी हुन्छ । नेपालको सन्दर्भमा मासु बढी खाने हुनाले सुत्केरी महिलामा, खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा, ड्राइवर र सहचालकहरुमा यो रोग बढी देखिएको छ ।

कस्तो अवस्थालाई कब्जियत भनिन्छ?

कडा दिशा हुने , दिशा गर्दा बल प्रयोग गर्नुपर्ने , दिशा गरेपछि पनि दिशा राम्ररी नभएको जस्तो लागेर दिनको तीन चारपटक सम्म दिशा गर्न पर्ने , कुनै दिन दिशा नै नहुने , कुनै बेला मलद्वार भित्रै औंला हालेर दिशा निक्काल्नु पर्ने अवस्थालाई कब्जियत भनिन्छ ।

पायल्स कति प्रकारको हुन्छ?

पायल्स बाहिरी पायल्स र भित्री पायल्स गरी मुख्य रुपमा दुई प्रकारको हुन्छ । बाहिरी पायल्समा मलद्वारको भागमा डल्लो हुन्छ र दुख्छ । भित्री पायल्सका चारवटा अवस्थाहरु हुन्छन । पहिलो अवस्थामा दिशा गर्दा रगत देखा पर्छ र मलद्वारमा असजिलो अनुभव हुनसक्छ । दोस्रो अवस्थाम दिशा गर्दा सानो मासु जस्तो भाग बाहिर निस्केको अनुभव हुन्छ वा मलद्वार सुन्निएको अनुभव हुन्छ र उठिसके पछि आफै भित्र जान्छ । तेस्रो अवस्थामा दिशा बस्दा बाहिर निस्केको मासु औंलाले धकेलेमा मात्रै भित्र जान्छ। यो दिशा गर्दा बाहेक अन्य समयमा पनि बस्दा खेरी बाहिर निस्कन सक्छ। चौथो अवस्थामा मलद्वार बाहिर निस्केको मासु बाहिर नै रहिरहन्छ। यो अवस्थामा धेरै रगत बग्न सक्छ र दुखाई पनि धेरै हुन्छ। समग्रमा भन्दा पायल्स रोग लागेपछि दिशा गर्दा मलद्वारबाट मासु बाहिर निस्कने, दिशा गर्दा रगत आउने , दुख्ने , चिलाउने , मलद्वारबाट चिल्लो पदार्थ बाहिरी निस्केको अनुभव हुन्छ ।

पायल्सको उपचार कसरी गर्ने त ?

भित्रको पायल्स पहिलो र दोस्रो अवस्थामा आयुर्वेदिक औषधिबाट ठिक हुन्छ । तेस्रो र चौथो अवस्थामा क्षारसुत्र विधिबाट गर्नुपर्छ। बाहिरको पायल्स अवस्था अनुसार औषधि वा क्षारसुत्र बिधिबाट गर्नुपर्छ ।

क्षारसुत्र कस्तो खालको उपचार विधि हो ?

क्षार भनेको विशेष प्रकारले निर्माण गरिएको एक प्रकारको औषधि हो । सुत्र भनेको धागो हो । औषधिको लेप लगाईएको विशेष प्रकारको धागोलाई क्षारसुत्र भनिन्छ र यो धागो प्रयोग गरेर गरिने उपचारलाई क्षारसुत्र विधि भनिन्छ । यो बिधिबाट खास गरेर पायल्स, फिस्टुला, फिसर, मुसा आदिको उपचार गरिन्छ ।

पायल्स रोगबाट बच्ने उपायहरु के के छन?

पायल्स रोग लाग्न नदिन कब्जियत गराउने खाना खान हुदैन । माछा-मासु हप्तामा एक पटक भन्दा बढी नखाने, चाउमिन, चाउचाउ, म:म, दुनट जस्ता मैदाबाट बनेका खाना र अन्य जन्क फुड फास्ट फुड नखाने, तरकारीमा खुर्सानी र मसलाको प्रयोग कम गर्ने । यसको साथै सागसब्जि र फलफुल जस्ता रेशादार खाना दैनिक खाने, सलादको प्रयोग दैनिक गर्ने, दैनिक २ देखि ३ लि. पानी पिउने गर्नाले पायल्सबाट बच्न सकिन्छ ।

आयुर्वेद फिजिसियन डा .चन्द्र कार्की हाल न्यू लाइफ आयुर्वेद, गोङबु र रोयल आयुर्वेद जावलाखेल मा कार्यरत छ्न।

Tags: Ayurveda
SummarizeShare306ScanTweet147

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    638 shares
    Share 255 Tweet 160
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    625 shares
    Share 250 Tweet 156
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    663 shares
    Share 296 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu
  • तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी
  • बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती
  • World TB Day 2026 : Half of Affected Children Missing
  • दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.