Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

मिर्गौला रोग के हो? मिर्गौलाको ख्याल कसरी राख्ने?

HNN Staff by HNN Staff
२०७८ फाल्गुन २७, शुक्रबार १५:२०
in Disease, Health
Reading Time: 2 mins read
A A
0
Kidney health

Kidney health

586
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

मिर्गौला रोग के हो?

प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौला भनिन्छ। मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।

मिर्गौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिर्गौला विग्रन्छ। जब मिर्गौलामा रोग लाग्छ।

मिर्गौला विग्रिएपछि सातामा दुई देखि ३ पटक नियमित डायलाइसिस गरेर रगत सफा गर्नुपर्ने अवस्था आउँछ। कि भने आफन्तको मिर्गौला प्रत्यारोपण गनुपर्ने हुन्छ।

नेपालमा मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवाको सरकारले नि: शूल्क गरेको छ। तर डायलाइसिस सेवा लिन अस्पताल पुग्न तथा अन्य औषधि सेवन नियमित गर्न धेरै खर्च गर्नुपर्ने हुन्छ।

स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिर्गौला विग्रिएको थाहा हुँदैन। ८० प्रतिशत मिर्गौला विग्रिएपछि मात्र बिरामीमा लक्षणहरु देखिन थाल्छ। त्यसैले समयसमयमा मिर्गौला परीक्षण गराउनु पर्दछ। मिर्गौला विग्रिसकेपछि दुःख भोग्नुभन्दा मिर्गौला रोग लाग्नै नदिन सचेत हुनुपर्छ।

के कारणले मिर्गौला बिग्रिन्छ?

  1. उच्च रक्तचाप,
  2. मधुमेह,
  3. मिर्गौलामा हुने नेफ्राइटिस,
  4. मिर्गौलामा संक्रमण भएमा,
  5. मिर्गौलामा पत्थरी भएमा,
  6. प्रोस्टेटको समस्या भएर पिसाब रोकिने

समस्या भएमा के गर्ने?

  • पाठेघर खस्ने समस्याले पिसाब रोकिएमा,
  • जथाभावी रुपमा औषधि सेवन गर्दा मिर्गौला विग्रिने समस्या हुनसक्छ।

http://4.188.83.218/static/3592.jpgnutrition/diet-per-diseases/

मिर्गौला स्वस्थ्य छ वा छैन कसरी थाहा पाउने?

पिसावमा प्रोटिन गएको छैन भने मिर्गौला सम्बन्धि रोग लागेको हुनसक्छ। त्यसैले पिसाव सम्बन्धि समस्या छ भने मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ। मिर्गौलामा खराबी छ वा छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ।

यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला विग्रिन सुरु भएको संकेत हुनसक्छ। यस्तै अल्टासाउण्ड तथा भिडियो एक्सरे गरेर पनि मिर्गौला विग्रिएको छ,छैन। पत्थरी वा फोका आएको छ वा छैन। शरीरमा दुवै मिर्गौला छ वा छैन पत्ता लगाउन सकिन्छ।

त्यसैले वर्षमा एकपटक परीक्षण गरेर मिर्गौला स्वस्थ छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । समय–समयमा स्वास्थ्य परीक्षण गराउदा मिर्गौलामा समस्या भएको समयमै पत्ता लगाउन सकिन्छ र समयमै उपचार गर्दा मिर्गौला जोगाउन सकिन्छ।

मिर्गौला बिग्रन नदिन के गर्ने?

  1. बिहान उठ्ने वित्तिकै पानी पीउने,
  2. एकदिनमा ३ लिटरसम्म पिसाब लाग्ने गरी पानी खानुपर्छ,
  3. हरेक दिन १० हजार पाइला हिड्नुपर्छ,
  4. समयमा सुत्ने बानी गर्नुपर्छ,
  5. बिहान समयमै उठ्ने बानी गर्नुपर्छ,
  6. धेरै गुलियो तथा गुलियो पदार्थहरु नखाने,
  7. मासु धेरै नखाने,
  8. उमेर बढ्दै गएपछि मासु नखाने,
  9. उमेर बढ्दै गएपछि दुध, दहि कम खाने,
  10. मैदाको परिकारहरु सकेसम्म नखाने वा कम खाने,
  11. दाल, भात, तरकारी तथा सागसब्जी खाने,
  12. खाना खाने तथा खाजा खाने समयको रुटिङ हुनुपर्छ,
  13. परिवारमा कसैलाई मिर्गौला सम्बन्धि रोग छ भने मिर्गौला परीक्षण गर्नुपर्छ,
  14. आफ्नो उचाइ अनुसार शरीरको तौल मेन्टेन गर्नुपर्छ।

http://4.188.83.218/static/3592.jpghealth/diabetes-patient-meal/

http://4.188.83.218/static/3592.jpgarticles/relation-heart-kidney/

http://4.188.83.218/static/3592.jpgdisease/kidney-disease-addressing-nuclear-medicine/

Tags: Kidney Health
SummarizeShare235ScanTweet146

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
२०७८ फाल्गुन २७, शुक्रबार १५:२०
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
२०७८ फाल्गुन २७, शुक्रबार १५:२०
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
२०७८ फाल्गुन २७, शुक्रबार १५:२०
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
२०७८ फाल्गुन २७, शुक्रबार १५:२०
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.