Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मधुमेह र यसका नियन्त्रणका उपायहरु #Diabetes

HNN Staff by HNN Staff
November 14, 2022
in Disease, Health
Reading Time: 3 mins read
A A
1
✍️ डा. सतिश निरौला सिनियर फेमली फिजिसियन Dr Satish Niraula Senior Family Physician

✍️ डा. सतिश निरौला सिनियर फेमली फिजिसियन

636
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
✍️ डा. सतिश निरौलासिनियर फेमली फिजिसियन Dr Satish Niraula Senior Family Physician
✍️ डा. सतिश निरौला
सिनियर फेमली फिजिसियन

जनचेतना फैलाउने हेतुले हरेक वर्ष नोभेम्बर १४ दिन विश्व डाइबिटिज दिवस मनाउछौ। अहिले मधुमेह वा डाइबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ। त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार तथा रोकथाम गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरु बाट मुक्त हुन सकिन्छ।

रगतमा चिनी वा सुगरको मात्रा समान्य भन्दा बढी हुने अवस्थालाई बुझिन्छ। शरीरमा प्यान्क्रियाजले उत्पादन गर्ने रस, इन्सुलिनको उत्पादनमा कमी भएर वा काममा कमी आएर रगतमा सुगरको मात्रा अत्यधिक हुनुलाई नै बोलीचालीको भाषामा डाइबिटिज वा मधुमेह भन्ने गरिन्छ। नेपालमा विभिन्न अध्ययन अनुसार मधुमेहका बिरामीको ८ देखि १८ प्रतिशत सम्म देखिएको छ र हरेक साल यो बढ्दो क्रममा छ।

मधुमेह र यसका नियन्त्रणका उपायहरु #Diabetes Symptoms and control
मधुमेह र यसका नियन्त्रणका उपायहरु #Diabetes Symptoms and control

मधुमेहका प्रकारहरु :

१) Type 1 Diabetes mellitus
# शरीरमा इन्सुलिनको उत्पादन नै नभएर हुने मधुमेह हो।‌ यो बच्चाको अवस्थाबाट शुरु हुन्छ।‌ उपचारको लागि कृतिम इन्सुलिनको इन्जेक्सन लगाउनु पर्ने हुन्छ।

२) Type 2 Diabetes mellitus
# शरीरमा इन्सुलिनको उत्पादन हुने तर जेनेटिक र मोटोपनाको कारणले काम गर्न नसक्ने अवस्था Type 2 डाइबिटिज हो। यो समान्यतया ३५ वर्ष नाघेका मानिसहरुमा देखिन्छ र कालान्तरमा इन्सुलिनको आवश्यकता कसै कसैलाई परेमा पनि शुरुमा खानपिन, व्यायाम र औषधिले यसलाई नियन्त्रण गर्न सकिन्छ।

३) Gestetational Diabetes
# यो गर्भवती महिलाहरूमा सालबाट निस्केको हर्मोनका कारण इन्सुलिनको काममा कमी भई सुगर बढ्ने अवस्था हो।

४) Other Type
# १ देखि २ प्रतिशत मात्र सुगरका बिरामीहरु अन्य प्रकारका मधुमेह रोगी हुन्छन्।

मधुमेहका बिरामीले कस्तो खाना खाने ? #DiabetesProper food for diabetes patients
मधुमेहका बिरामीले कस्तो खाना खाने ? #Diabetes Proper food for diabetes patients

मधुमेहका कारणहरु:

  1. नियमित व्यायामको कमी।
  2. अस्वस्थ खानपान।
  3. आलस्यता।
  4. उच्च रक्तचाप।
  5. उच्च कोलेस्टेरोल।
  6. मोटोपन।
  7. गर्भावस्था।
  8. वंशानुगत।

मधुमेहका लक्षणहरू

  1. भोक बढी, तिर्खा र पिसाब लाग्नु।
  2. शरीरको तौल घट्नु।
  3. आलस्यता महसुस हुनु।
  4. दृष्टि धमिलो हुनु।
  5. अनियन्त्रित भएमा शरीरका अंगमा देखिने असरहरू देखिन्छ।

मधुमेह रोगको निदान

  1. खाली पेटमा सुगर ।(८ घण्टा है कार्बोहाइड्रेट नखाएको अवस्था Fasting 126 mg/ dL भन्दा बढी )
  2. खाना खाएको २ घण्टा पछिको सुगर ( postprantial) 200 mg/ dL वा बढी )
  3. जुनसुकै अवस्थाको सुगर ( RBS) 200 mg/ dL वा बढी र लक्षणहरू सहित )
  4. HbA1c : 6.5 वा बढी
सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं) Mango and diabetes patient Health News Nepal
सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं) Mango and diabetes patient Health News Nepal

मधुमेह रोगका बिरामीले गर्ने नियमित जाँचहरु

  1. रगतमा सुगरको मात्रा
  2. HbA1c
  3. लिपिड प्रोफाइल ( रगतमा चिल्लो पदार्थ/बोसोको जाँच)
  4. ECG ( मुटुको धड्कनको जाँच)
  5. RFT ( मृगौलाको परीक्षण)
  6. आँखाको परीक्षण
  7. रक्तचाप परीक्षण

मधुमेह रोगका असरहरू

लामो समय मधुमेहको उपचार नगराई शरीरमा अनियन्त्रित सुगर भएमा निम्न असरहरू देखिन सक्छन्।

  • आँखा: आखाँको पर्दाको रोग, जलबिन्दु र मोतिबिन्दु
  • मृगौला: मृगौलाको रोग( Diabetic nephropathy), मृगौलाको काममा‌ कमी
  • मुटु: मुटुको काममा कमी, हृदयघात
  • मस्तिष्क: मस्तिष्कघात ( Stroke)
  • रगतका नलीहरुमा हुने रोग
  • नशाहरुको रोग
  • खुट्टामा घाऊ
  • यौन समस्या

मधुमेहको नियन्त्रण

  • नियमित व्यायाम कम्तीमा हप्ताको १५० मिनेट मुटुको धड्कन बढ्ने गरी कसरत वा हिड्डुल गर्ने।
  • खानपानको व्यवस्थापन ( साग, सब्जी, सलाद र कम गुलियो हुने खालका फलफूल प्रशस्त खाने।)
  • औषधि उपचार ( मेटफर्मिन, इन्सुलिन, सल्फोनाइल, युरिया, DPP-4, Inhibitors, GLP -1 Antagonist, SGLT2 Inhibitors, इत्यादि )
  • नियमित स्वास्थ्य जाँच तथा स्याहार
  • निन्द्रा पुरा पुर्याउने
  • नियमित आँखाको जाँच, रक्तचाप, रगत र पिसाबको जाँच गराउने।

http://4.188.83.218/static/3592.jpgdisease/diabetes-must-know-facts/

Tags: Blood PressureDiabetesDr. Satish Niraula
SummarizeShare281ScanTweet148

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    819 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    690 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    686 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय
  • लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार
  • क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ
  • २०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल
  • स्वस्थ बुढ्यौलीका लागि योग विश्व योग दिवसको अवसरमा काठमाडौं उपत्यकामा सप्ताहव्यापी कार्यक्रम

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.