10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

Nam Raj Bhatta by Nam Raj Bhatta
February 12, 2026
in Disease
Reading Time: 2 mins read
A A
0
दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100?

627
SHARES
3.5k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनकुटा, २९ माघ २०८२


धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि भएको छ।

धनकुटा जिल्ला अस्पतालमा गरिएको अल्ट्रासोनोग्राफी परीक्षणका क्रममा कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सरोज राज केसीले भ्रूणमा नुचल ट्रान्सलुसेंसी (NT) वृद्धि तथा ब्रेन स्टेम टु अक्सिपिटल बोन रेसियो (BSOB) बढेको पत्ता लगाउनुभएको थियो। यी दुवै सूचकहरू भ्रूणमा क्रोमोसोमसम्बन्धी असामान्यता, विशेषगरी डाउन सिन्ड्रोमसँग सम्बन्धित मानिन्छन्।

प्रारम्भिक शंका पुष्टि भएपछि बिरामीलाई थप मूल्यांकनका लागि अस्पतालका कन्सल्टेन्ट स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सरोज लावतीले बिराट शिक्षण अस्पतालमा रिफर गर्नुभएको थियो। त्यहाँ गरिएको नन–इनभेसिभ प्रिनेटल टेस्ट (NIPT) को नतिजा डाउन सिन्ड्रोमको पक्षमा सकारात्मक आएको छ ।

अन्तिम पुष्टि गर्नका लागि काठमाडौँमा एम्नियोसेन्टेसिस (Amniocentesis) परीक्षण गरिएको थियो, जसले क्रोमोसोम विश्लेषणमार्फत रोगको स्पष्ट पुष्टि गरेको अस्पताल स्रोतले जनाएको छ।

दुर्गम क्षेत्रमा चुनौतीपूर्ण निदान

डाउन सिन्ड्रोमजस्ता क्रोमोसोमसम्बन्धी अवस्थाको शंका केवल अल्ट्रासाउन्डमार्फत पहिचान गर्नु विशेष सीप, अनुभव र सूक्ष्म मूल्यांकन आवश्यक पर्ने विषय हो। सीमित स्रोत–साधन र विशेषज्ञ अभाव भएका दुर्गम क्षेत्रमा यस्तो सूचक पहिचान गर्नु अझ चुनौतीपूर्ण मानिन्छ।

समयमै शंका, उचित रिफरल तथा चरणबद्ध परीक्षण प्रक्रियाले सही निदान र अभिभावकलाई आवश्यक परामर्श प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरू बताउँछन्।

धनकुटामा नियमित विशेषज्ञ अल्ट्रासाउन्ड सेवा

धनकुटा जिल्ला अस्पतालमा प्रत्येक वैकल्पिक शनिबार कन्सल्टेन्ट स्तरको अल्ट्रासाउन्ड सेवा उपलब्ध हुँदै आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राई र अस्पताल टोलीको पहलमा गरिएको यस व्यवस्थाले दुर्गम क्षेत्रका गर्भवती महिलाहरूलाई विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ।

ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि

यो घटना धनकुटा जिल्लाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। दुर्गम जिल्लाबाटै विशेषज्ञस्तरको शंका पहिचान भई उच्च केन्द्रमार्फत वैज्ञानिक रूपमा पुष्टि हुनु ग्रामीण मातृ–भ्रूण स्वास्थ्य सेवामा भइरहेको सकारात्मक प्रगतिको संकेत मानिएको छ।

Tags: Dhankura District hospitalDr. Saroj raj kc
SummarizeShare251ScanTweet157

Related articles

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

by Nam Raj Bhatta
August 18, 2023
0

   ✍️ डा. दिपेन्द्र कार्की शरीरमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । असन्तुलित खाना, व्यायामको कमी र मानसिक तनाव मधुमेह हुनुका मुख्य कारण हुन् । यो...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    600 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.