शनिबार २३२ जनामा कोरोनाको पुष्टि , कुल संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो #Covid19

काठमाडौं  , २० असार

शनिबार मात्रै नेपालमा २३२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित हुने कोरोना भाइरस अपडेटमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २३२ जनामा थप संक्रमित पुष्टि भएको बताए।

अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । आज एकैदिन डिस्चार्ज हुनेको संख्या २७२ रहेको छ । यस्तै कुल डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ ।

त्यसैगरी थप आज १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। यसरी संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ३४ पुगेको छ। देशभर अस्पतालको आइसोलेसनमा रहेको संख्या ९ हजार ४२ जना छ्न भने क्वारेन्टाइनमा ३३ हजार १३५ जना रहेका छ्न।

 

Next Post

Discussion about this post

ADVERTISEMENT