✍️ डा .नवराज लामिछाने
कन्सलटेन्ट फिजिसियन
चितवन एभरेष्ट हस्पिटल भरतपुर
कोरोना भाइरस भनेको के हो?
कोरोना भाइरस भाइरसहरूको परिवार हो। जुन जनावरहरूमा रोग सार्दछ। नयाँ भाइरस, आधिकारिक रूपमा कोविड -१९ पनि भनिन्छ।यो भिडभाडमा , श्वासप्रश्वासको माााध्यमबाट सर्दछ।
कोरोना भाइरस सर्ने तरिकाहरु:
१)नाकबाट निस्कने सिगानबाट
२) फोहोर हातबाट
३) भाइरसबाट प्रभावित ब्यक्तिको सम्पर्कबाट
कोरोना भाइरसका लक्षणहरु :
१) सिगान बगिरहनु
२) घाँटी सुक्नु तथा दुख्न
३)लगातार टाउको दुखिरहनु
४) लगातार ज्वरो आइरहनु
५) सास फेर्नु गाह्रो हुनु
कोरोना भाइरस बाट बच्ने उपायहरु:
१) साबुन-पानीले राम्रो सङ्ग हात धुने
२) खानेकुरा राम्रो सङ्ग पकाउने
३) माक्सको नियमित प्रयोग गर्ने
४) भिडभाडबाट टाढै रहने वा भिडभाडमा सकभर नजाने
५) होटल र रेष्टुरेन्टमा खाना नखाने
६) चरा,मुसा,बिरालो ,कुकुर जस्ता जनावर बाट टाढा रहने ।
७)खोक्दा हाछ्यूगर्दा मुख छोपेर गर्ने
८)लक्षण देखा पर्नासाथ अस्पताल जाने।