Magnus pharma
आज: २०८२ चैत्र १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बीरगंज लगायत सामुदायिक संक्रमण भएका ठाउँमा यसरी कोरोना नियन्त्रण गरौँ ; डा. रवीन्द्र पाण्डे

HNN Staff by HNN Staff
August 1, 2020
in Disease
Reading Time: 1 min read
A A
0
यसकारण काठमाडौं उपत्याकामा जोखिम बढ्यो – डा. रवीन्द्र पाण्डे #Covid19
614
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डा.रवीन्द्र पाण्डे , जनस्वास्थ्य बिज्ञ

पर्सा ( बिरगंज ) मा कोरोना संक्रमण समुदायमा फैलिएको छ ।हामी सबै स्पष्ट हुनु जरुरी छ कि पर्साको अवस्था सामुदायिक संक्रमण हो । यो क्लस्टर केसेस होइन । कन्ट्याक्ट ट्रेसिंग गर्दा मात्र हैन, त्यहाँ आफैले पैसा तिरेर कोरोना जांच गर्दा पनि धेरै व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । पर्साका स्वास्थ्यकर्मी, मेयर, सांसद, उद्योगका मजदुर, कैदी, ड्राई पोर्टमा मात्र होइन सहर तथा गाउँ सबैतिर कोरोना संक्रमणको महामारी चलेको छ ।ट्राभल हिस्ट्री नभएका, संक्रमितसंग सम्पर्क नभएका तथा घरमै बसेका व्यक्तिमा पनि संक्रमण पाइएको छ ।

यो महामारीलाई समयमै नियन्त्रण नगर्ने हो भने ठूलो क्षति हुनसक्छ । बारा, सप्तरी, मोरंग, कपिलबस्तु, दैलेख लगायत बिभिन्न ठाउँमा क्लस्टर अफ केसेसबाट सामुदायिक संक्रमण हुँदैछ ।

यसको लागि निम्न लिखित पहल तुरुन्तै गर्नु जरुरी छ ।

१. सामुदायिक संक्रमण देखिएका र उन्मुख ठाउँमा कर्फ्यु लगाउने । सरकारले जनतालाई खाना, पानी, औषधि आदिको ब्यबस्था एबम परीक्षणको लागि स्वाव संकलन घरघरमा         गएर गर्ने ।

२. सिमाना १०० % शिल गर्ने ।

३. काठमाडौं लगायत बिभिन्न ठाउँबाट सयौं स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने ।

४. सुरक्षा निकायलाई बाक्लो संख्यामा परिचालन गर्ने ।

५. स्कुल, क्याम्पस, होटेल, पार्टी प्यालेस, सामुदायिक भवन तथा सरकारी भवनमा सुरक्षित तथा ब्यबस्थित आइसोलेसन वार्ड बनाउने ।

६. गम्भीर बिरामीलाई अस्पताल तथा मेडिकल कलेजमा भर्ना गर्ने । आइसीयु, भेन्टिलेटर, अक्सिजन, ब्लड आदिको तुरुन्तै प्रबन्ध गर्ने ।

७. एक घर ; एक पिसिआर होइन, प्रत्येक व्यक्तिको पिसिआर परीक्षण गर्ने । संक्रमितलाई तुरुन्त आइसोलेसनमा राख्ने, कन्ट्याक्ट ट्रेसिंग तुरुन्त गर्ने ।

८. संक्रमण नियन्त्रणमा नआएसम्म १ जना व्यक्तिलाई पनि घर बाहिर निस्किन नदिने । प्रकोप फैलिएको समयमा भाइरस सर्ने सम्भावना सामान्य अवस्थामा पनि धेरै हुन्छ ।

९. आम नागरिक धैर्य, संयमित तथा आशाबादी भएर बस्ने । यो कडाइ हाम्रै लागि भएको हो भनेर सोंच्ने ।

१०. कारणबस घरबाहिर निस्किनु पर्ने परिस्थिति भएमा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, न्युनतम ६ फिटको दुरी हरेक व्यक्तिसंग पालना गर्ने, भीडभाडमा नजाने, घरलाई चाहिने सामान एकैपटक किन्ने ।

११. हामी जति बाहिर जान्छौं, त्यति नै संक्रमित हुने जोखिम हुन्छ । तसर्थ जीवनरक्षाको लागि केहि कष्ट सहेर भएपनि घरभित्र बस्ने ।

१२. स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार, सामुदायिक तथा निजि संस्था संबैले उदार भएर राहत, परीक्षण र उपचारमा लाग्ने ।

१३. हरेक नागरिकलाई एम्बुलेन्स र अस्पतालको फोन नम्बर दिएर गाह्रो पर्यो भने तुरुन्त अस्पताल पुर्याउने व्यवस्था गर्ने ।

१४. जेष्ठ नागरिक र दीर्घबिरामीलाई सकभर घरभित्र पनि आइसोलेसनमा राख्ने अर्थात छुट्टै कोठामा राख्ने ।

१५. कोरोना संक्रमणबाट बच्ने उपायका पम्प्लेट, मास्क, साबुन, ह्याण्ड स्यानिटाइजर, थर्मोमिटर, सिटामोल, जीवनजल आदि घरघरमा वितरण गर्ने ।

Tags: #Dr.Rabindra Pandey#Health and population ministryCorona Virus #Covid19
SummarizeShare263ScanTweet146

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    652 shares
    Share 261 Tweet 163
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    666 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र
  • बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.