Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

हाम्रो शौचालयको अवस्था र विश्व शौचालय दिबस

Nam Raj Bhatta by Nam Raj Bhatta
November 19, 2024
in Articles
Reading Time: 1 min read
A A
0
हाम्रो शौचालयको अवस्था र विश्व शौचालय दिबस
590
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ रमेश भट्ट 

प्रत्येक वर्ष नोबेम्वर १९ मा मनाईने बिश्व शौचालय दिवसले मानिसको जिवनमा शौचालयको आवश्यकता र महत्व दर्शाउन खोज्छ। जव मानिस संग शौचालयको सहज पहुच हुदैन, तब उ दिशा-पिसाव गर्न खुला ठाउँमा  जान बाद्ध हुन्छ। तर नेपालको सन्दर्भमा झन्डै आज भन्दा ५ बर्ष पहिलेनै सन २०१९ सेप्टेम्वर ३० मा खुला दिशा मुक्त राष्ट भनि धोषणा भैसकेको छ । तर दुःखको कुरा के भने हाल सम्म पनि लाखौ नेपालि जनतासंग शौचालयको राम्रो व्यवस्था छैन।

सन २०२२ को तथ्यङ्को आधारमा नेपालमा अझै ७% जनसंख्या शौचालय भन्दा बाहिर खुला ठाउँमा दिशा-पिसाव गर्न वाध्य  छन्। यसै गरि हाम्रो वरपर रहेका सार्वजनिक शौचालयहरु, हस्पिटल, मल, वसपार्कमा हुने शौचालयको अवस्था हेर्दा झनै नाजुक छ। ति स्थानमा हुने शौचालयहरुमा प्राय पानीको अभाव, अप्रयाप्त सरसफाइ, भेन्टिलेसनको अभाव, चुरोट-गुटखाको कडा गन्ध, गुटखाका थुकेको साथै-खोलहरु जथाभावि फालिएको पाइन्छ।

व्यक्ति र समाजको शौच गर्ने तरिका, अवस्था र व्यवस्थाले  त्यो समाजको विकास र सभ्यातालाई प्रष्टसंग झल्काउछ । हामिलाई स्वास्थ्य रहन सफा, पोषिलो र सुरक्षित खानाको महत्व जति छ, त्यतिनै महत्व सफा, सुरक्षित र व्यवस्थित शौचालयको पनि छ। काठमाण्डौ लगाएत नेपालका अन्य शहरहरुमा रहेका महंगा रेष्टुरेन्ट तथा होटलहरुमा सार्वजनिक रुपमा प्रयोग हुने शौचालयहरु प्राय अस्त-व्यस्त नै हुन्छन। राजमार्गमा रहेका होटल, रेष्टुरेन्ट तथा खाजा-नास्ता पसलमा रहेका शौचालयहरुको त के कुरा गर्नु, प्रयोग गर्न पटक्कै नमिल्ने छन्। त्यो भन्दा पनि अझ अस्पतालमा रहेका शौचालयहरु प्रयोग गर्दा त्यसले विरामि र कुरुवा दुबैलाइ थप संक्रमण ल्याउन सक्ने खालका छन्।

नेपालमा थुप्रै दात्रि संघ-संस्थाहरुले अस्पतालमा स्वास्थ्यकर्मि तथा त्यहाँ काम गर्ने अन्य कर्मचारीहरुलाई वर्षौदेखि संक्रमण रोकथाम सम्वन्धि तालिम साथै अन्य थुप्रै कार्यक्रम गर्न करौडौ पैसा खर्च गरिसकेका छन, तर पनि यि अस्पतालमा रहेका शौचालयहरुको अवस्थामा भने कुनै सुधार देखिएको छैन।

हाम्रो दरिद्र मानसिकताले गर्दा पनि केहि हद सम्म हाम्रा सरकारि कार्यालय, अस्पताल तथा अन्य सार्वजनिक स्थानमा रहेका शौचालयहरु व्यवस्थित हुन नसकेका हुन। ठूला-वडा, हकिम साप, डाक्टर साप साथै अन्य बरिष्ट सापहरुले प्रयोग गर्ने शौचालयहरुमा प्राय ताला लगाइएको हुन्छ। ती शौचालयहरु उहाँहरुले मात्र प्रयोग गर्न पाउनु हुन्छ। त्यसैकारण पनि यस्ता आम-नागरिकले प्रयोग गर्ने शौचालयहरुमा उहाँहरुको नजर पर्दैन र शौचालयहरु अस्त-व्यस्त हुन्छन ।

शौचालयहरु सफा, व्यवस्थित हुदा प्रयोगकर्तालाई आनन्दसंग शौच गर्न मन लाग्छ, नत्र शौचालयभित्र पस्दानै सिक-सिक लाग्ने, र असहज हुने हुदा प्रयोगकर्ताले राम्रोसंग दिशा-पिसाव गर्न पाउदैन जसका कारण स्वास्थ्यमा थुप्रैकिसिमका जटिल समस्याहरु आउन सक्छन्। हाल हाम्रा-घरपरिवार तथा समाजमा प्रयोग हुने शौचालयहरुमा कमोडको प्रयोग बढदै गइरहेको पाइन्छ्। बुढा-बुढी, अपाङ्ग तथा केहि बिषेश समस्या भएका वर्गकोलागि यो किसिमको शौचालय अतिनै उपयुक्त भएता पनि सार्वजनिक ठाउँहरुमा सर्व-साधारणको प्रयोगको लागि भने यो त्यति सान्दरभिक र उपयुक्त मानिदैन।

बिदेशमा शौचालय प्रयोगकर्ता हरुले पानीको प्रयोग नगरि टोइलेट-पेपर प्रयोग गर्ने साथै प्रयोगकर्ताले शौचालयको सजक प्रयोग गर्नेहुदा र सरसफाईको पनि राम्रो व्यवस्था हुनेहुदा सार्वजनिक शौचालयहरुमा पनि कमोडको प्रयोग गर्न त्यति असहज हुदैन। तर हाम्रो जस्तो ठाउँमा जहाँ शौचालय प्रयोगकर्ता हरुले पानीको प्रयोग अत्याधिक गर्न खोज्ने तर शौचालयमा पानीनै नहुने अवस्था साथै शौचालयप्रयोगकर्ता हरुले पनि शौचालयको प्रयोग सजक भएर नगर्दा कमोडको प्रयोग गर्न सुग्घरि हुदैन साथै यसले प्रयोगकर्ताहरुलाई थुप्रै संक्रमणहरु निम्त्याउन सक्छ। त्यसकारण कस्तो खालको शौचालय कुन ठाउँमा उपयुक्त हुन्छ, यो पनि सम्वन्धित निकाय तथा शौचालयप्रयोगकर्ता हरुले जान्न अति आवश्याक छ्।

बिश्व शौचालय दिवस मनाउदै गर्दा, यस संग सरोकार राख्ने सम्वन्धित निकायहरुले हाम्रो जस्तो समाजमा शौचालयप्रयोगकर्ता हरुलाई सहज र सजक तरिकाले शौचालयको प्रयोग गर्न र हाल सार्वजनिक ठाउँहरुमा रहेका शौचालयहरुलाई अझ प्रभाबकारि बनाउन थुप्रै काम गर्नुपर्ने देखिन्छ।

[लेखक: भट्ट हाल जनस्वास्थ्य विषयका सह-प्राध्यापक हुनुहुन्छ ।]

Tags: Ramesh BhattaWorld toilet day 2024
SummarizeShare236ScanTweet148

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    699 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न
  • विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न
  • उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता
  • स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.