आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

हाम्रो शौचालयको अवस्था र विश्व शौचालय दिबस

Nam Raj Bhatta by Nam Raj Bhatta
November 19, 2024
in Articles
A A
0
हाम्रो शौचालयको अवस्था र विश्व शौचालय दिबस
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ रमेश भट्ट 

प्रत्येक वर्ष नोबेम्वर १९ मा मनाईने बिश्व शौचालय दिवसले मानिसको जिवनमा शौचालयको आवश्यकता र महत्व दर्शाउन खोज्छ। जव मानिस संग शौचालयको सहज पहुच हुदैन, तब उ दिशा-पिसाव गर्न खुला ठाउँमा  जान बाद्ध हुन्छ। तर नेपालको सन्दर्भमा झन्डै आज भन्दा ५ बर्ष पहिलेनै सन २०१९ सेप्टेम्वर ३० मा खुला दिशा मुक्त राष्ट भनि धोषणा भैसकेको छ । तर दुःखको कुरा के भने हाल सम्म पनि लाखौ नेपालि जनतासंग शौचालयको राम्रो व्यवस्था छैन।

सन २०२२ को तथ्यङ्को आधारमा नेपालमा अझै ७% जनसंख्या शौचालय भन्दा बाहिर खुला ठाउँमा दिशा-पिसाव गर्न वाध्य  छन्। यसै गरि हाम्रो वरपर रहेका सार्वजनिक शौचालयहरु, हस्पिटल, मल, वसपार्कमा हुने शौचालयको अवस्था हेर्दा झनै नाजुक छ। ति स्थानमा हुने शौचालयहरुमा प्राय पानीको अभाव, अप्रयाप्त सरसफाइ, भेन्टिलेसनको अभाव, चुरोट-गुटखाको कडा गन्ध, गुटखाका थुकेको साथै-खोलहरु जथाभावि फालिएको पाइन्छ।

व्यक्ति र समाजको शौच गर्ने तरिका, अवस्था र व्यवस्थाले  त्यो समाजको विकास र सभ्यातालाई प्रष्टसंग झल्काउछ । हामिलाई स्वास्थ्य रहन सफा, पोषिलो र सुरक्षित खानाको महत्व जति छ, त्यतिनै महत्व सफा, सुरक्षित र व्यवस्थित शौचालयको पनि छ। काठमाण्डौ लगाएत नेपालका अन्य शहरहरुमा रहेका महंगा रेष्टुरेन्ट तथा होटलहरुमा सार्वजनिक रुपमा प्रयोग हुने शौचालयहरु प्राय अस्त-व्यस्त नै हुन्छन। राजमार्गमा रहेका होटल, रेष्टुरेन्ट तथा खाजा-नास्ता पसलमा रहेका शौचालयहरुको त के कुरा गर्नु, प्रयोग गर्न पटक्कै नमिल्ने छन्। त्यो भन्दा पनि अझ अस्पतालमा रहेका शौचालयहरु प्रयोग गर्दा त्यसले विरामि र कुरुवा दुबैलाइ थप संक्रमण ल्याउन सक्ने खालका छन्।

नेपालमा थुप्रै दात्रि संघ-संस्थाहरुले अस्पतालमा स्वास्थ्यकर्मि तथा त्यहाँ काम गर्ने अन्य कर्मचारीहरुलाई वर्षौदेखि संक्रमण रोकथाम सम्वन्धि तालिम साथै अन्य थुप्रै कार्यक्रम गर्न करौडौ पैसा खर्च गरिसकेका छन, तर पनि यि अस्पतालमा रहेका शौचालयहरुको अवस्थामा भने कुनै सुधार देखिएको छैन।

हाम्रो दरिद्र मानसिकताले गर्दा पनि केहि हद सम्म हाम्रा सरकारि कार्यालय, अस्पताल तथा अन्य सार्वजनिक स्थानमा रहेका शौचालयहरु व्यवस्थित हुन नसकेका हुन। ठूला-वडा, हकिम साप, डाक्टर साप साथै अन्य बरिष्ट सापहरुले प्रयोग गर्ने शौचालयहरुमा प्राय ताला लगाइएको हुन्छ। ती शौचालयहरु उहाँहरुले मात्र प्रयोग गर्न पाउनु हुन्छ। त्यसैकारण पनि यस्ता आम-नागरिकले प्रयोग गर्ने शौचालयहरुमा उहाँहरुको नजर पर्दैन र शौचालयहरु अस्त-व्यस्त हुन्छन ।

शौचालयहरु सफा, व्यवस्थित हुदा प्रयोगकर्तालाई आनन्दसंग शौच गर्न मन लाग्छ, नत्र शौचालयभित्र पस्दानै सिक-सिक लाग्ने, र असहज हुने हुदा प्रयोगकर्ताले राम्रोसंग दिशा-पिसाव गर्न पाउदैन जसका कारण स्वास्थ्यमा थुप्रैकिसिमका जटिल समस्याहरु आउन सक्छन्। हाल हाम्रा-घरपरिवार तथा समाजमा प्रयोग हुने शौचालयहरुमा कमोडको प्रयोग बढदै गइरहेको पाइन्छ्। बुढा-बुढी, अपाङ्ग तथा केहि बिषेश समस्या भएका वर्गकोलागि यो किसिमको शौचालय अतिनै उपयुक्त भएता पनि सार्वजनिक ठाउँहरुमा सर्व-साधारणको प्रयोगको लागि भने यो त्यति सान्दरभिक र उपयुक्त मानिदैन।

बिदेशमा शौचालय प्रयोगकर्ता हरुले पानीको प्रयोग नगरि टोइलेट-पेपर प्रयोग गर्ने साथै प्रयोगकर्ताले शौचालयको सजक प्रयोग गर्नेहुदा र सरसफाईको पनि राम्रो व्यवस्था हुनेहुदा सार्वजनिक शौचालयहरुमा पनि कमोडको प्रयोग गर्न त्यति असहज हुदैन। तर हाम्रो जस्तो ठाउँमा जहाँ शौचालय प्रयोगकर्ता हरुले पानीको प्रयोग अत्याधिक गर्न खोज्ने तर शौचालयमा पानीनै नहुने अवस्था साथै शौचालयप्रयोगकर्ता हरुले पनि शौचालयको प्रयोग सजक भएर नगर्दा कमोडको प्रयोग गर्न सुग्घरि हुदैन साथै यसले प्रयोगकर्ताहरुलाई थुप्रै संक्रमणहरु निम्त्याउन सक्छ। त्यसकारण कस्तो खालको शौचालय कुन ठाउँमा उपयुक्त हुन्छ, यो पनि सम्वन्धित निकाय तथा शौचालयप्रयोगकर्ता हरुले जान्न अति आवश्याक छ्।

बिश्व शौचालय दिवस मनाउदै गर्दा, यस संग सरोकार राख्ने सम्वन्धित निकायहरुले हाम्रो जस्तो समाजमा शौचालयप्रयोगकर्ता हरुलाई सहज र सजक तरिकाले शौचालयको प्रयोग गर्न र हाल सार्वजनिक ठाउँहरुमा रहेका शौचालयहरुलाई अझ प्रभाबकारि बनाउन थुप्रै काम गर्नुपर्ने देखिन्छ।

[लेखक: भट्ट हाल जनस्वास्थ्य विषयका सह-प्राध्यापक हुनुहुन्छ ।]

Tags: Ramesh BhattaWorld toilet day 2024
Nisarga hospital Dhangadhi
Previous Post

भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

Next Post

नेपाल परिवार नियोजन संघ द्वारा यौन तथा प्रजनन सम्बन्धि कर्णालीमा एक दिने गोष्ठी सम्पन्न

Related articles

Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

2 weeks ago
843
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

2 months ago
879
अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति
Articles

अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति

4 months ago
802
बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical
Articles

बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical

5 months ago
1.2k
कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer
Articles

कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer

5 months ago
926
पक्षघात: लक्षण, कारण र बच्ने उपाय
Articles

पक्षघात: लक्षण, कारण र बच्ने उपाय

5 months ago
820
Next Post
नेपाल परिवार नियोजन संघ द्वारा यौन तथा प्रजनन सम्बन्धि कर्णालीमा एक दिने गोष्ठी सम्पन्न

नेपाल परिवार नियोजन संघ द्वारा यौन तथा प्रजनन सम्बन्धि कर्णालीमा एक दिने गोष्ठी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.