Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

महलमा बस्ने मन्त्री देखि झुपडीमा बस्ने जनता सम्म कसैलाई पनि यस डेंगुले छोडेको छैन।

Nam Raj Bhatta by Nam Raj Bhatta
July 9, 2023
in Articles, Disease
Reading Time: 4 mins read
A A
0
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
694
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. सतिश निरौला

सर्वप्रथम सन् २००५ मा देखापरे पश्चात नेपालमा डेँगु रोग हरेक २/३ वर्षको अन्तरालमा महामारीको रुपमा देखा परेको पाइन्छ । यस वर्ष पनि बैशाख महिनादेखि फाटफुट्ट रुपमा देखा परेतापनि गत महिनासम्म ब्यापक रुपमा फैलिएको महामारीको अहिले आएर ७७ वटै जिल्लाहरुमा फैलिएको छ ।

डेंगु अहिले आधाले घटेको छ, तरपनि महलमा बस्ने मन्त्री देखि झुपडीमा बस्ने जनता सम्म कसैलाई पनि यस डेंगुले छोडेको छैन।  अभिनेता र कैदीदेखी पुलिस सम्म लाई डेंगुले आक्रान्त पारेको र ज्यानै पनि गएको समाचार आइरहेकै छ । तसर्थ यस घातक डेंगु रोगको बारेमा बिस्तृत रुपमा जान्ने प्रयास गरौँ ।

परिचय (Introduction)

डेँगु एक किसिमको सरुवा रोग हो। जुन डेंगु /डेंगी नामक भाइरसले गराउँछ र यो भाइरस फ्लेवी परिवार अन्तर्गत पर्दछ l यो भाइरसलाई एडिस एजिप्टी(Aedes Aegypti) प्रजातीको कालो-सेतो छिर्केमिर्के पोथी मच्छडले सार्ने गर्दछ । विश्व श्वास्थ संगठनका अनुसार यो रोग तीन तरीकाबाट मनिसमा देखा पर्न सक्दछ।

  • डेंगु ज्वरो (Dengue Fever),
  • डेंगु हेमोर्‍हेजिक ज्वरो ( Dengue Hemorrhagic Fever)
  • डेँगु शक सिन्ड्रोम (Dengue Shock Syndrome)

इपिडिमियोलोजी तथा रोग नियन्त्र्‍ण महाशाखा तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सन् २००६ मा गरिएको अध्ययन अनुसार डेंगुका सबै ४ प्रजाती DEN-1, DEN-2, DEN-3 र DEN-4 नेपालमा पाईन्छन् । एक प्रजातीको डेँगु भाइरस लागेर रोग निको भएमा जिन्दगीभरको लागि प्रतिरोधात्मक शक्ति मिल्दछ भने सोही व्यक्तिलाई फेरी कुनै अर्को प्रजातीको डेँगु लागेमा चाहिँ जटिल खालको डेँगु जस्तैः हेमोर्‍हेजिक ज्वरो र शक सिन्ड्रोम आदी हुन सक्छ। बुझ्नुपर्ने कुरा के छ भने यो महामारीको समयमा जो सुकैलाई डेंगु लागेर निको भइसकेको हुनसक्ने हुनाले दोश्रो चोटीको सङ्क्रमण पनि पहिलो जस्तो लाग्न सक्छ। त्यसैले जुनसुकै डेंगुलाई पनि सक्क्षम रूपमा फिजिशियनले हेर्नुपर्ने हुन्छ।

एडिस एजिप्टी लामखुट्टे(Aedes Aegypti)

यो प्रजातीका लामखुट्टेले डेंगु रोग भएको मानिसलाई टोकेमा ती भाइरस उक्त लामखुट्टेको पेटमा पुग्दछन् र फेरि स्वस्थ व्यक्तिलाई टोक्दा ती भाइरस स्वस्थ मानिसको शरीरमा प्रवेश गर्दछन् र ३ देखी ७ दिन सम्ममा रोगका लक्षण देखापर्न थाल्दछन्। यो लामखुट्टेले रगत चुसेर पेट भरिएको २४-३६ घण्टा भित्र अण्डा पार्छ र १ पटकमा ५०-१०० अण्डा र आफ्नो जीवनकालमा यसले १० पटक सम्म अण्डा पारेको देखिंछ। डेंगु संक्रमित लामखुट्टेले पारेको अण्डामा पनि डेंगुको भाइरस पाइन्छ र यो अण्डा वयस्क लामखुट्टे बन्दा डेंगु संक्रमित लामखुट्टे नै बन्छ। यसलाई हामी ट्रान्सोभाइरल ट्रान्मिसन भन्छौं। यसरी एउटा संक्रमित लामखुट्टेबाट बन्ने नयाँ लामखुट्टेहरुमा डेंगुको भाइरस हुन्छ त्यसैले लामखुट्टे नियन्त्रण नभएमा संक्रमित लामखुट्टेको उत्पादन बढ्छ र डेंगुको संक्रमण फैलिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन देखि कार्तिक २३ गते सम्मको तथ्यांक अनुसार देशभर ५० हजार २६३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने यसबाट ५५ जनाले ज्यान गुमाएका छन्। जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ३६ हजार ४४१ जनामा संक्रमण देखिएको छ। वास्तवमा यसभन्दा धेरै पहिचान नभएका केसहरु रहेको हुनसक्ने सम्भावना लाई नकार्न सकिन्न । डेंगुका बिरामीको लागि बिभिन्न अस्पतालहरुमा ब्लडको पनि अभाव भएको छ।

Dengue Fever Treatment
Dengue Fever Treatment

डेंगु रोगको मुख्य लक्षणहरु(Symptoms)

यस रोगमा अत्याधिक ज्वरो आउनुको साथै मांसपेशी र हाडजोर्नीहरु असाध्यै दुख्ने हुनाले डेंगु रोगलाई ब्रेक बोन फिभर (Break Bone Fever) पनि भनिन्छ l

डेंगु रोगका लक्षणहरुलाई मुख्यत: तीन चरणमा बाँड्न सकिन्छ ।

१) ज्वरोको चरण Febrile Phase: (२-७ दिन)

  • अचानक धेरै ज्वरो (१००-१०५ F) आउनु ।
  • आँखा पछाडि र आँखाका गेडाहरु दुख्नु।
  • बेस्सरी टाउको दुख्नु।
  • खानामा रुचि नहुनु।
  • वाकवाकी लाग्नु तथा वान्ता हुनु।
  • अत्याधिक थकान र कमजोरी हुनु।
  • हातखुट्टामा विमिरा आउनु।
  • ग्रन्थिहरू तथा मांसपेशीहरु सुन्निनु।
  • शरीरमा पानीको मात्रामा कमी हुनु। (Dehydration)

२. जटिल चरण Critical Phase: (२४-४८ घण्टा)
– ज्वरो जब बिस्तारै घट्दै जान्छ, तब कोही कोह बिरामीको अवस्था अझै खस्कदै जान्छ र यो चरणमा प्रवेश गर्छन l जो व्यक्तिहरुमा माथिका लक्षणहरुको व्यवस्थापन समयमा गरिएन र रक्तनलीबाट रस चुहिने (plasma leakage) क्रम बढ्दै गएमा

  • रक्तचाप घट्दै जाने,
  • वान्तामा रगत देखिने तथा लगातार वान्ता भइरहने,
  • तीव्र छटपटाहट, अत्यधिक थकान र कमजोरी, तीव्र रुपमा पेट दुख्ने,
  • गिँजाबाट रगत आउने,
  • नाथ्री फुट्ने र शरीरको विभिन्न भागबाट रक्तस्राव हुन थाल्द्छ। (Hemorrhage)।
  • भित्री अंगहरु मुख्यत: कलेजो, मुटु र मस्तिस्कमा जटिल असर पनि पर्न सक्छ (Hepatitis, Myocarditis, Encephalitis)l
  • Dengue awareness Gandaki Province
    Dengue awareness Gandaki Province

यस्ता लक्षणहरू देखा पर्ना साथ हस्पिटलमा भर्ना भई उपचार गर्नुपर्दछ । लगभग २० जना डेंगु प्रभावितमध्ये १ जना बिरामीलाई जटिल समस्या हुनसक्छ र यो रोगको मृत्यु दर १–२ प्रतिशत रहन्छ। यो रोगले गर्भवती महिला, साना बच्चाहरुमा र दोहोरिएर भएको डेंगु रोगमा जटिल समस्याहरु आउन सक्छ।

३. निको हुने चरण Recovery Phase: (४८-७२ घण्टा)

जटिल चरण सुरु भएको २४-४८ घण्टा पछि निको हुने चरण सुरु हुन्छ र यो ४८-७२ घण्टा सम्म रहन्छ। यसमा प्लाज्मा लिकेज भएर चुहिएको रस सोसिना थाल्छ l चाहिने भन्दा बढि iv fluids चढाएका बिरामीमा पानीको मात्रा अत्याधिक भएर छातीमा पानी जम्न र मुटु कमजोर (congestive cardiac failure) हुन सक्छ l

डेंगु रोगको निदान (Diagnosis)

डेंगु रोगको प्रयोगशाला निदान मुख्यतः रगत जाँच बाट गरिन्छ । भाइरसको किटानी (confirmation) को लागि भाईरस आईसोलेसन, न्यूक्लिक एसिड एम्लिफिकेशन टेस्ट, आर.टि. पि.सि.आर. गर्न त सकिन्छ तर यी महँगा भएकाले सधैं गर्न सम्भव नहोला ।

रगत जाँच गर्दा रक्तकोषहरु (ल्यूकोसाईट्स) घटेको पाईन्छ । सेतो रक्तकोष मध्ये न्यूद्रोफिलको मात्रा घटेको हुन्छ भने लिम्फोसाईटको मात्रा बढेको हुन्छ । त्यसै गरि प्लेटिलेट्सको मात्रा पनि घट्दछ, जसलाई थ्रोम्बोसाईटोपेनिया भनिन्छ । यदी प्लेटिलेट्सको मात्रा २० हजार सेमी भन्दा कम भएमा प्लेटिलेट्स रिच प्लज्मा (PRP) चढाउनु पर्ने हुनसक्छ । हेमाटोक्रिट अघिल्लो दिनको भन्दा २०% भन्दा बढेमा प्लाज्मा लिकेज भएर रक्तनलीमा पानीको मात्रा घटेको बुझ्नुपर्छ । साथै लिभर फन्कसन टेस्ट (LFT) र किड्नी फन्कसन टेस्ट (KFT/RFT)पनि गर्नुपर्दछ । यी जाँचहरुबाट डेंगु भाइरसले भित्री अंगहरुमा पारेको असरको बारेमा थाहा हुन्छ। छातीको एक्स- रे र पेटको अल्ट्रासाउण्ड गरेर प्लाज्मा लिकेज कतिको भइरहेको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

इम्यूनोग्लोबुलिन डिटेक्सन टेस्ट (Immunoglobulin Detection Test):

डेंगु रोगको निदानकालागि गरिने एक महत्वपुर्ण जाँच हो, जुन डेंगु परीक्षण किट मार्फत गरिन्छ । रोगको सुरुवाती अवस्थामा (ज्वरो आएदेखि ४-५ दिनसम्म) रगतमा NS1 Antigen (एन.एस. वन एण्टिजेन) देखिन्छ । निको हुने क्रममा पहिला(३-५ दिनमा ५०% बिरामीमा र ६-१० दिनमा ९८% बिरामीमा) IgM देखिन्छ भने अलि पछि (९-१० दिन देखि )IgG देखा पर्न थाल्दछ। यस रोगको जटिल अवस्थामा रगतमा घटेको प्लेटिलेट्सको मात्रा सामान्य अवस्था हुँदै जाँदा कम्रिक रुपमा बढ्दै जान्छ ।

उपचार (Treatment):

डेंगु भाइरसको कारणले गर्दा हुने रोग हो र विश्वमा अहिलेसम्म भाइरसलाई मार्ने औषधि बनेको छैन त्यसैले गर्दा यसमा लक्षण अनुसारको उपचार गर्नुपर्ने हुन्छ। उपचारार्थ डेंगुलाई ३ किसिमले बर्गीकरण गर्न सकिन्छ।

साधारण डेंगु : यस किसिमको डेंगुलाई घरमा नै उपचार गर्न सकिन्छ। ज्वरो कम गर्न प्लेन सिटामोलको प्रयोग गर्ने, ब्रुफिन एस्प्रिन र निमेसुलाइड जस्ता औषधिको प्रयोग नगर्ने किनकी यस्ता औषधिको प्रयोगले रगत पातलो बनाइ धेरै रक्तश्राब हुने भएकाले जोखिम बढ्न सक्छ। बिरामीलाई पर्याप्त आराम गराउने बिरामीलाई झोलिलो र चाँडै पाचन हुने खालको खानेकुराहरु दिनुपर्छ । शरीरमा पानीको मात्रा कम हुने हुँदा एकदम झोलिलो खाने कुरा दिने । फलफूलको रस, सूप, दाल र गेडागुडीको रस आदीले निकै फाईदा गर्छ l

जटिल डेंगु : खतराका संकेतहरु सहितको डेंगु साथै शिशु, बृद्ध, गर्भवती महिला र मधुमेहका बिरामीहरु यस अन्तर्गत पर्छ l खतराका संकेतहरु भन्नाले अत्याधिक पेट दुख्नु, बान्ता आउनु रक्तश्राब हुनु (Hematocrit बड्नु), धेरै सिथिल हुनु, कलेजो सुन्निनु र शरीर धेरै आलस्य हुनु आदिलाई बुझिँन्छ l चाहिने मात्रामा पानी र झोल खाना खान नसक्ने हुनाले यस्ता बिरामीलाई रगतनलीबाट सलाइन वा आर एल र औषधी चडाएर उपचार गरिन्छ l

अति जटिल : छातीमा पानी जमेर सास फेर्न गार्हो हुने बिरामी, धेरै रक्तश्राव भएका बिरामी र भित्री अंगहरुमा धेरै असर परेका बिरामीहरु यस अन्तर्गत पर्दछन l यी बिरामीको उपचार पनि अस्पतालमा नै हुनु पर्दछ। पहिले उल्लेख गरिएका साथसाथै रगतको (fresh blood, whole blood or PRP) को पनि आवश्यकता पर्न जान्छ l उपचारको क्रममा अवस्था बिग्रदै गएमा सघन कक्ष (ICU) पनि चाहिन सक्छ l

डेंगु रोगको रोकथाम (Prevention of Dengue)

यो घातक रोगको उपचारमा श्रोत साधन खर्चिनु भन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । यो घातक रोगको उपचारमा श्रोत साधन खर्चिनु भन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ ।

यो रोगको रोकथामका लागि ४ वटा उपायहरु छन्।

१) एडिस लामखुट्टेको बासस्थानको नस्ट – यो लामखुट्टे चिसो, ओसिलो र अँध्यारो ठाउँमा रहने हुनाले घर-कोठाको नियमित सरसफाई गर्ने, घामको किरण पुर्याउन पर्दा खोल्ने

२) लामखुट्टेको प्रजनन स्थानको नस्ट-
यो लामखुट्टेले एकदम थोरै पानीको सतहमा पनि अण्डा पार्ने हुँदा घर वरिपरि रहेका अनावश्यक सामाग्रीहरु जस्तै टायर, प्लास्टिकका टुक्राहरू, बोत्तलहरु, बत्तहरु आदी नस्ट गर्ने, यस्ता चिजहरु र गमला/ कुलर आदीमा पनि जम्न नदिने। पानी संकलन गर्न प्रयोग गरिने बाल्टी, ट्यांकी आदी लामखुट्टे छिर्न नसक्ने गरी ढाक्ने। पानी जम्ने खाल्डा-खुल्डी पुर्ने, ढलमा पानी जम्न नदिने र नियमित सरसफाई गर्ने।

३) बयस्क लामखुट्टे नस्ट –
यसका लागि व्यक्तिगत वा सामुहिक रूपमा कीटनाशक औषधी प्रयोग गर्न सकिन्छ ।
४) लामखुट्टेको टोकाइबाट बच्ने-
यसका लागि साँझपख र बिहान सबेरै घर बाहिर अनावश्यक रुपमा नबस्ने, बस्नै परे बहुला भएका लुगा लगाउने र लामखुट्टे भगाउने मलमको प्रयोग गर्न सकिन्छ। घरको झ्याल ढोकामा जालीको प्रायोग गर्ने, दिउँसो वा राती झूल लगाएर मात्र सुत्ने गर्नुपर्छ।

यी सब काम एकल प्रयासबाट सफल हुँदैन, टोल र स्थानीय निकायहरुको समन्वय गरेर अभियान चलाउने गर्नुपर्छ।

[लेखक डा. निरौला निजगढ सामुदायिक अस्पतालका मेडिकल डाइरेक्टर तथा नेशनल मेडिकल कलेज बिरगंजमा एसिस्टेन्ट प्रोफेसरको रुपमा कार्यरत हुनुहुन्छ।]

Tags: #government of Nepal#Health and population ministryBreak Bone FeverCongestive Cardiac FailureCorona Virus #Covid19Dengue preventionDr. Satish NiraulaEDCDFresh BloodHemorrhagicNational Medical College BirganjNigadh Samudayek Hospital Bara; Dengue
SummarizeShare335ScanTweet150

Related articles

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    844 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    686 shares
    Share 295 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    695 shares
    Share 309 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित
  • आयुर्वेद चिकित्सा परिषद्को रजिष्टारमा डा. हरिशरण अर्याल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.