Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

हृदयघात हुनु अगावै कसरी थाहा पाउने? #HeartAttack

HNN Staff by HNN Staff
October 16, 2023
in Articles
Reading Time: 5 mins read
A A
0
Heart attack Dr Amrit Bogati
629
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
✍️ डा. अमृत बोगटी
हृदयघातबारे कुराकानी गर्नका लागि थोरै मात्रै मानिस इच्छुक हुन्छन्। किनभने धेरै मानिसको सोचाइ हुन्छ कि मलाई हृदयघात नै हुँदैन। र धेरैलाई हृदयघात भए बाचिन्न भन्ने लाग्ने गर्दछ।  वास्तवमा हृदयघात रोकथाम गर्न सकीने रोग हो। प्रत्येक व्यक्तिहरुले हृदयघातका बारेमा जान्नु आवश्यक छ। यसका लक्षणहरु र प्रारम्भिक  उपचारका बारेमा ज्ञान सबैलाई हुन आवश्यक छ। तपाईमा रहेको ज्ञानले तपाईको घर परिवार इष्टमित्र तथा कतिपय नजिकका व्यक्तिहरुलाई जोगाउन सकिन्छ।  म यहाँ हृदयघातको बारेमा केही आधारभूत जानकारीहरु उल्लेख गर्न चाहन्छु।
मुटु खुम्चिँदा मुटुको रक्तनलीहरु भएर रगत जाने गर्छ, त्यसरी नै मुटुको मांशपेशीलाई पनि पोषण तत्व तथा अक्सिजनको आवश्यक पर्न जान्छ। मुटको मांशपेशीलाई रक्तसञ्चार गर्ने आर्टरीलाई कोरोनरी आर्टरी भनिन्छ। कोरोनरी आर्टरीमा केही कारणले ब्ल्केज भएको अवस्थामा रक्त प्रवाह हुन सक्दैंन। जति लामो समयसम्म रक्तप्रवाह हुँदैंन, त्यति नै माशंपेशी मर्ने सम्भावना बढ्दैं जाने गर्छ।
High blood pressure control Dr Amrit Bogati
High blood pressure control Dr Amrit Bogati
हृदयघातका पूर्वसंकेतहरु
– यसरी माशंपेशी मर्ने क्रममा बिरामीमा केही लक्षणहरु देखा पर्ने गर्छ।
– यस्तो अवस्थामा सर्वप्रथम बिरामीहरुलाई छाती दुख्ने समस्या देखा पर्छ।
– छातीको बीच भागमा दुख्नु, पोल्नु तथा दबाब सृजना भएको जस्तो लाग्छ।
– कहिलेकाहीँ पेटको माथिल्लो भागमा, घाँटीमा,कहिलेकाही देब्रेतर्फको हातमा तथा  दुर्लभ अवस्थामा दाहिने हाततिर  पनि दुख्ने गर्छ।
– पसिना आउने।
– वाकवाकी लाग्ने।
– डर लाग्ने, चक्कर लाग्ने।
– यस्ता लक्षणहरु देखिएको अवस्थामा हृदयघात  हुन लागेको पूर्व संकेत पाउन सकिन्छ। बेहोसै भइहाल्ने वा ज्यान गइहाल्नु पर्दैन हृदयघात हुनलाई।
हृदयघातका  कारणहरु
– उच्च कोलेस्ट्रोरेल
– मधुमेह
– उच्च रक्तचाप
– धुम्रपान
– मोटोपना
– शारीरिक निष्क्रियता
– अस्वस्थ आहार
– वंशाणुगत कारण
– अत्याधिक तनाव
– एन्जाइटी
– प्रदुषण
यस्ता जोखिम भएका व्यक्तिहरु कसैलाई कुनै लक्षण देखीएमा तुरुन्तै उपचारको प्रक्रियामा जानु आवश्यक छ। यस्ता व्यक्तिहरुले ३ सय मिलिग्रामको एसपिरीन औषधि घरमा नै लिन सकिन्छ। प्राय चिकित्सकहरुले ईसीजी गर्नु अगावै लक्षणका आधारमा नै औषधि दिने हो। यदि कसैलाई हृदयघात भएको शंका लागेमा यो औषधि घरमा नै लिनुपर्ने हुन्छ। उक्त औषधि दिनासाथ बिरामीलाई अस्पताल लैजानुपर्ने हुन्छ, अस्पताल लगेबितिकै इसिजी गर्नुपर्ने हुन्छ।
प्राय: ईसीजीमा हृद्यघात भए नभएको थाहा हुन्छ। हृदयघातका कारण बन्द भएको रक्तनलीलाई खोल्नु नै हृद्यघातको प्रमुख उपचार हो। यसको उपचार दुई  प्रकारले गर्न सकिन्छ, एउटा रगत पातलो गर्ने इन्जेक्सन दिएर मुटुको रक्तनलीमा क्ल्ट बनेर बसेको रगतलाई डिजल्ब गर्ने काम गरिन्छ।
अर्काे उपचार एन्जियोप्लास्टि विधिद्वारा अबरोध भएको रक्त्तनली बलुन वा स्टेन्टको मद्धत द्वारा खुलाएर गरिन्छ। जुन विधिमा  ब्लक भएको स्थानसम्म पुगेर तारको माध्यमबाट उक्त ब्लक भएको रक्तनलीलाई खोल्ने काम गरिन्छ। हृदयघात भएको एक घन्टाभित्र एन्जियोप्लास्टि गर्न सकेको अवस्थामा बिरामीको मांशपेशीलाई जोगाउन सकिन्छ। हृद्यघातको लक्षण देखिएको १२  घन्टाभित्र एन्जियोप्लास्टि गरिसक्नुपर्ने हुन्छ। १२ घन्टा बितिसकेपछि गरिएको एन्जियोप्लास्टि उपलब्धीमुलक नहुन पनि सक्छ।
हृदयघात हुन नदिन के गर्ने ?
– धुम्रपान नगर्ने र गर्ने व्यक्त्तीले त्याग्ने ।
-बिरामीको जोखिमको अवस्था पत्ता लगाएर बेलैमा त्यसको रोकथाम र उपचारमा ध्यान दीने।
आवष्यक खण्डमा रगत पातलो गर्ने औषधि सेवन गर्ने।
– सुगर, प्रेसर लगायतका जोखिम तत्वहरुलाई नियन्त्रण गर्ने।
– खानपान र शारीरिक अभ्यासमा विशेष ध्यान दिने।
– रिस, तनाव लगायतका कुराहरुहरुलाई नियन्त्रणमा राख्ने।
माथि उल्लेखीत कुनै पनि लक्षणहरू देखापरेमा घरमै बसेर घरेलु उपचारतिर लाग्नु भन्दा नजीकैको स्वास्थ्य संथामा गई इसीजी गराएर हृद्यघात भए नभएको र चिकीत्सकको परामर्श अनुरूप उपचार गराउनु पर्दछ।
Heart attack symptoms and good habits
हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack- Heart attack symptoms and good habits
Tags: #government of NepalCorona Virus #Covid19Dr. Amrit BogatiHeart Attack
SummarizeShare274ScanTweet148

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    702 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा
  • स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.