आज मिति : २०८२ मंसिर १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

हृदयघात हुनु अगावै कसरी थाहा पाउने? #HeartAttack

HNN Staff by HNN Staff
October 16, 2023
in Articles
A A
0
Heart attack Dr Amrit Bogati
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
✍️ डा. अमृत बोगटी
हृदयघातबारे कुराकानी गर्नका लागि थोरै मात्रै मानिस इच्छुक हुन्छन्। किनभने धेरै मानिसको सोचाइ हुन्छ कि मलाई हृदयघात नै हुँदैन। र धेरैलाई हृदयघात भए बाचिन्न भन्ने लाग्ने गर्दछ।  वास्तवमा हृदयघात रोकथाम गर्न सकीने रोग हो। प्रत्येक व्यक्तिहरुले हृदयघातका बारेमा जान्नु आवश्यक छ। यसका लक्षणहरु र प्रारम्भिक  उपचारका बारेमा ज्ञान सबैलाई हुन आवश्यक छ। तपाईमा रहेको ज्ञानले तपाईको घर परिवार इष्टमित्र तथा कतिपय नजिकका व्यक्तिहरुलाई जोगाउन सकिन्छ।  म यहाँ हृदयघातको बारेमा केही आधारभूत जानकारीहरु उल्लेख गर्न चाहन्छु।
मुटु खुम्चिँदा मुटुको रक्तनलीहरु भएर रगत जाने गर्छ, त्यसरी नै मुटुको मांशपेशीलाई पनि पोषण तत्व तथा अक्सिजनको आवश्यक पर्न जान्छ। मुटको मांशपेशीलाई रक्तसञ्चार गर्ने आर्टरीलाई कोरोनरी आर्टरी भनिन्छ। कोरोनरी आर्टरीमा केही कारणले ब्ल्केज भएको अवस्थामा रक्त प्रवाह हुन सक्दैंन। जति लामो समयसम्म रक्तप्रवाह हुँदैंन, त्यति नै माशंपेशी मर्ने सम्भावना बढ्दैं जाने गर्छ।
High blood pressure control Dr Amrit Bogati
High blood pressure control Dr Amrit Bogati
हृदयघातका पूर्वसंकेतहरु
– यसरी माशंपेशी मर्ने क्रममा बिरामीमा केही लक्षणहरु देखा पर्ने गर्छ।
– यस्तो अवस्थामा सर्वप्रथम बिरामीहरुलाई छाती दुख्ने समस्या देखा पर्छ।
– छातीको बीच भागमा दुख्नु, पोल्नु तथा दबाब सृजना भएको जस्तो लाग्छ।
– कहिलेकाहीँ पेटको माथिल्लो भागमा, घाँटीमा,कहिलेकाही देब्रेतर्फको हातमा तथा  दुर्लभ अवस्थामा दाहिने हाततिर  पनि दुख्ने गर्छ।
– पसिना आउने।
– वाकवाकी लाग्ने।
– डर लाग्ने, चक्कर लाग्ने।
– यस्ता लक्षणहरु देखिएको अवस्थामा हृदयघात  हुन लागेको पूर्व संकेत पाउन सकिन्छ। बेहोसै भइहाल्ने वा ज्यान गइहाल्नु पर्दैन हृदयघात हुनलाई।
हृदयघातका  कारणहरु
– उच्च कोलेस्ट्रोरेल
– मधुमेह
– उच्च रक्तचाप
– धुम्रपान
– मोटोपना
– शारीरिक निष्क्रियता
– अस्वस्थ आहार
– वंशाणुगत कारण
– अत्याधिक तनाव
– एन्जाइटी
– प्रदुषण
यस्ता जोखिम भएका व्यक्तिहरु कसैलाई कुनै लक्षण देखीएमा तुरुन्तै उपचारको प्रक्रियामा जानु आवश्यक छ। यस्ता व्यक्तिहरुले ३ सय मिलिग्रामको एसपिरीन औषधि घरमा नै लिन सकिन्छ। प्राय चिकित्सकहरुले ईसीजी गर्नु अगावै लक्षणका आधारमा नै औषधि दिने हो। यदि कसैलाई हृदयघात भएको शंका लागेमा यो औषधि घरमा नै लिनुपर्ने हुन्छ। उक्त औषधि दिनासाथ बिरामीलाई अस्पताल लैजानुपर्ने हुन्छ, अस्पताल लगेबितिकै इसिजी गर्नुपर्ने हुन्छ।
प्राय: ईसीजीमा हृद्यघात भए नभएको थाहा हुन्छ। हृदयघातका कारण बन्द भएको रक्तनलीलाई खोल्नु नै हृद्यघातको प्रमुख उपचार हो। यसको उपचार दुई  प्रकारले गर्न सकिन्छ, एउटा रगत पातलो गर्ने इन्जेक्सन दिएर मुटुको रक्तनलीमा क्ल्ट बनेर बसेको रगतलाई डिजल्ब गर्ने काम गरिन्छ।
अर्काे उपचार एन्जियोप्लास्टि विधिद्वारा अबरोध भएको रक्त्तनली बलुन वा स्टेन्टको मद्धत द्वारा खुलाएर गरिन्छ। जुन विधिमा  ब्लक भएको स्थानसम्म पुगेर तारको माध्यमबाट उक्त ब्लक भएको रक्तनलीलाई खोल्ने काम गरिन्छ। हृदयघात भएको एक घन्टाभित्र एन्जियोप्लास्टि गर्न सकेको अवस्थामा बिरामीको मांशपेशीलाई जोगाउन सकिन्छ। हृद्यघातको लक्षण देखिएको १२  घन्टाभित्र एन्जियोप्लास्टि गरिसक्नुपर्ने हुन्छ। १२ घन्टा बितिसकेपछि गरिएको एन्जियोप्लास्टि उपलब्धीमुलक नहुन पनि सक्छ।
हृदयघात हुन नदिन के गर्ने ?
– धुम्रपान नगर्ने र गर्ने व्यक्त्तीले त्याग्ने ।
-बिरामीको जोखिमको अवस्था पत्ता लगाएर बेलैमा त्यसको रोकथाम र उपचारमा ध्यान दीने।
आवष्यक खण्डमा रगत पातलो गर्ने औषधि सेवन गर्ने।
– सुगर, प्रेसर लगायतका जोखिम तत्वहरुलाई नियन्त्रण गर्ने।
– खानपान र शारीरिक अभ्यासमा विशेष ध्यान दिने।
– रिस, तनाव लगायतका कुराहरुहरुलाई नियन्त्रणमा राख्ने।
माथि उल्लेखीत कुनै पनि लक्षणहरू देखापरेमा घरमै बसेर घरेलु उपचारतिर लाग्नु भन्दा नजीकैको स्वास्थ्य संथामा गई इसीजी गराएर हृद्यघात भए नभएको र चिकीत्सकको परामर्श अनुरूप उपचार गराउनु पर्दछ।
Heart attack symptoms and good habits
हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack- Heart attack symptoms and good habits
Tags: #government of NepalCorona Virus #Covid19Dr. Amrit BogatiHeart Attack
Nisarga hospital Dhangadhi
Previous Post

हजारौं ब्रेन ट्यूमरको शल्यक्रिया गरी लोकप्रिय बन्दै

Next Post

विश्वस्तरीय प्रयोगशाला SRL ल्याब अब Agilus डाइग्नोष्टिक नामबाट सेवा दिइने #laboratory

Related articles

ESD Cancer Treatment Dr Bibek Purbe
Articles

एन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन (ESD): नेपालमा क्यान्सर उपचारको उदीयमान सम्भावना

22 hours ago
787
सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth
Articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

2 months ago
796
घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो
Articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो

5 months ago
822
Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

6 months ago
832
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

6 months ago
836
Understanding Hypertension Dr Satish Niraula
Articles

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

7 months ago
822
Next Post
विश्वस्तरीय प्रयोगशाला SRL ल्याब अब Agilus डाइग्नोष्टिक नामबाट सेवा दिइने #laboratory

विश्वस्तरीय प्रयोगशाला SRL ल्याब अब Agilus डाइग्नोष्टिक नामबाट सेवा दिइने #laboratory

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,314)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...