Magnus pharma
आज: २०८२ चैत्र १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

गिजासम्बन्धि रोगः परिचय तथा उपचार #GumsTreatment

Nam Raj Bhatta by Nam Raj Bhatta
January 8, 2023
in Articles
Reading Time: 2 mins read
A A
0
गिजासम्बन्धि रोगः परिचय तथा उपचार #GumsTreatment
625
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. अर्जुन रिजाल

स्याउ खाँदाखाँदै स्याउमै रगत टाँसिएको देखेर कहिले आत्तिनु भएको छ? वा दाँत माझ्दामाझ्दै रगत आएको अनुभव गर्नुभएको छ? अथवा बिहान उठेर थुक्दै गर्दा बेसिनमा रगत मिसिएको थुक देख्दा तर्सिनु भएको छ? अझै भन्नुपर्दा कहिले कहिले गिजाबाट आफैँ रगत आएको देखेर दुखित,चिन्तित हुनुभएको छ? सास गन्हाएर अरु मानिसहरुको सामुन्ने जान हिच्किचाउनु भएको छ? दाँतमा बस्ने फोहोरहरुको कारणले दिल खोलेर हाँस्न पाउनु भएको छैन? यी प्रश्नहरु सोध्ने हो भने लगभग सबै जनाको जवाफ एउटै आउँछः छ !

हो, हामी सबैजना यी लगायत अन्य धेरै समस्याहरुबाट गुज्रिरहेका हुन्छौं। कतिपय समस्या आफ्नै हेल्चेक्र्याइँको कारणले गर्दा उत्पन्न भएका हुन्छन भने केहि शरिरमा भएका विभिन्न रोगहरुको कारणले गर्दा भएका हुन्छन। माथि उल्लेख गरिएका लक्षणहरु गिजासम्बन्धी रोगहरुको कारणले गर्दा देखिएका हुन।

अहिलेको फास्टफुडको समयमा बिचार गर्ने हो भने सबैमा केहि न केही दाँत तथा गिजा सम्बन्धि समस्याहरु हुन्छन। तथ्याङ्क हेर्ने हो भने पनि त्यही देखिन्छ। सन २००४ मा स्वाथ्य मन्त्रालयले गरेको पाथफाइन्डर सर्भेका अनुसार नेपालमा दन्तहर्षा र दन्तेपत्थरको स्कोर (CPI Score 2 gingivitis and calculus) ५-६ वर्षको बच्चाहरुमा ५८%, १२-१३ वर्षकोमा ६२.८% तथा १५-१६ वर्षकोमा ६१% देखिएको थियो। त्यस्तै गरेर पायोरियाको स्कोर (CPI score 4) ३५-३९ वर्षको उमेरमा ४३.८% र ५० वर्ष भन्दा माथिको उमेरमा ३४.३% देखिएको थियो। उक्त सर्भे अनुसार ३५-३९ वर्षको बिचका मानिसहरु गिजासम्बन्धि रोगहरु जस्तै दन्तहर्षा, पायोरिया बाट धेरै नै ग्रसित पाईयो। उमेर बढे सँगसँगै गिजासम्बन्धि समस्याहरुमा पनि बढ्ने गरेको पाइएको थियो। गिजासम्बन्धी समस्याहरु धेरैहुनुको कारण मुखस्वास्थ सम्बन्धि जनचेतनाको अभाव, उपचारको अभाव, नियमित मुख स्वास्थ्य हेरचाहको अभाव आदि रहेको थियो। उक्त सर्भेपछि नेपालमा आधिकारिक तहबाट कुनै पनि सर्भे भएको पाईन्न। त्यसैले अहिलेको वास्तविक अवस्था कस्तो छ भनेर यसै भन्न सकिने अवस्था छैन। सबैजसोमा देखिने गिजासम्बन्धि रोगहरुको कारण के हुन सक्छन त सबैको मनमा जिज्ञासा हुन्छ।

Dr. Arjun Rijal

के हुन त गिजासम्बन्धि रोगका कारणहरु?

  • हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ। हामिले खाएको खाना दातको सतहमा एककिसिमको बलद्वारा टाँसिन्छ। दाँतमा सफा गरेको केहि सेकेन्डमा नै पातलो तह बन्दछ। यस प्रक्रिया २-४ घण्टादेखि सुरु भएर करिब ४ दिन सम्ममा दाँतबाट ननिस्किने दन्तेलेउमा परिवर्तन हुन्छ। यहि दन्तेलेउनै गिजा सम्बन्धिको समस्याको मुल कारण हो। यदि दन्तेलेउ समयमा नै हटाइएन भने करिब दुई हप्ताको अन्तरमा दन्तेपत्थरमा बदलिन्छ। जुन एकदमै कडा हुन्छ। उक्त पत्थर शरिरको बिभिन्न अङ्गमा हुने पत्थरि जस्तै हुन्छ। उक्त दन्तेपत्थरले अझै धेरै दन्तेलेउ जम्मा गराउन मद्दत गर्दछ। जसले गर्दा गिजाको संक्रमण देखा पर्दछ।
  • गिजासम्बन्धि समस्या गराउने मुख्य कारण भनेको दन्तेलेउ नै हो। दाँतमा दन्तेलेउ जम्मा हुन विभिन्न कुराहरुले सहयोग गरिरहेको हुन्छ। जस्तैः बाङ्गोटिङ्गो भएर नमिलेको दाँत, दात मिलाउन तार बाँध्ने उपचार, बाङ्गो तरिकाले आएको बुद्दि बङ्गारा अनि त्यसलाई निकाल्न गरिने उपचार, कृतिम दाँतहरु, किराले खाएको ठाउँमा भरिएका फिलिङ्हरु, आदि।
  • धुवाँरहित र सहितका सुर्तिजन्य पदार्थ, टुथपिकको अनावस्यक प्रयोग।
  • शरिरमा भएका बिभिन्न रोगहरु जस्तैः मधुमेह, रगतसम्बन्धि विभिन्न समस्याहरु,हर्मोनल गडबडि आदि जसले गिजामा नकारात्मक असर पारिरहेको हुन्छ।
  • विभिन्न किसिमका औषधिहरुको सेवनको कारणले गिजाको साईज बढ्न सक्छ।
  • दन्तसेवाको निम्ति कम समय वा कम पटक दन्तचिकितसककोमा जानु।

लक्षणहरुः

१) दन्तहर्षा (Gingivitis)मा गिजाको रङ्ग बिस्तारै बदलिदै रातो हुनु, गिजामा चलाउँदा, ब्रस गर्दा रगत आउनु, पछि पछि संक्रमण बढ्दै जाँदा आफैँ पनि रगत आउनु, गिजा सुन्निदै जानु।
२) पायोरिया (periodontitis) : गिजाको संङ्क्रमण फैलिदै जाँदा दाँतलाई सपोर्ट गर्ने भागहरुमा पनि समस्या देखिन्छ। जसका लक्षणहरु निम्न हुनसक्छनः

  • गिजा पहिलेको ठाउँभन्दा तलतिर सर्दै जानु जसले गर्दा दाँतको लम्बाई बढेको अनुभव हुनु।
  • दाँत हल्लिनु तथा दाँतहरुको बिचको दुरि बढ्दै जानु।
  • दाँत र गिजाको बिचबाट पिप आउनु।
  • मन्द तरिकाले लामो समयसम्म दुखिरहनु।
  • लामोसमय सम्म सधैँ मुखबाट गन्ध आउनु।
  • पहिलेको जसरि मुख बन्द गर्दा दाँत नमिल्नु वा चपाउँदा नमिल्नु।
  • पहिलेदेखि लगाईरहेको कृत्रिम दाँत नमिल्नु।

३) छारे रोग, उच्चरक्तचाप जस्तासमस्याहरुको लागि खाईरहेको औषधिको कारणले गर्दा गिजाको साइज क्रमशः बढ्दै जानु।
४) दाँतको झन्झनाहटको मात्रा बढ्दै जानु।

उपचारः

१) अनुभवि दन्तचिकित्सक वा विषेशज्ञ चिकित्सकसँग परामर्ष गराउने साथसाथै मेसिनको सहायताद्वारा दाँतको सफा गराउने। आवश्यक परेको खण्डमा औषधिहरु तथा माउथवासको पनि प्रयोग गर्ने। रोगले ग्रस्त भएको गिजा सामान्य अवस्थामा आउनको लागि कम्तिमा पनि १ महिनाको समय लाग्दछ।
२) दाँत सफा गरिसकेपछि दाँतको झन्झनाहटको मात्रा बढ्दै जान सक्दछ, यो सामान्य हो। यसलाई कम गर्नको निम्ति मनतातो पानीमा नुन हालेर कुल्ला गर्न सकिन्छ। साथसाथै धेरै समय सम्म यो समस्या रहेमा डिसेन्सिटाइजिङ पेस्टहरु प्रयोग गर्न सकिन्छ। डिसेन्सिटाइजिङ पेस्टहरु २/३ महिना भन्दा लामो समयको लागि प्रयोग गर्नु हुँदैन। अझै ठिक नभएमा चिकित्सकसँग सल्लाह लिनुपर्दछ।

३) शरिरमा कुनै पनि किसिमको रोगहरु(मधुमेह, मुटुसम्बन्धि रोग, रगतसम्बन्धि रोग आदि) लामो समयदेखि औषधिको सेवन तथा अन्य कुनै समस्या भएमा दन्तचिकित्सकलाई जानकारी गराउनु पर्दछ। दन्तचिकित्सकको सहयोगमा अन्य चिकित्सकको सल्लाह लिएर मात्रै उपचार अगाडि बढाउनु पर्दछ।
४) गिजासम्बन्धि जटिल समस्या देखिएको छ भने शल्यक्रिया पनि गर्नु पर्ने हुनसक्छ। गिजाको साइज एकदमै बढेको, गिजा तलतिर सरेको, गिजामा पिप जम्मा भएर ठुलो सुन्निएको आदि अवस्थाहरुमा शल्यक्रिया गर्नुपर्छ। यसको लागि विशेषज्ञ चिकित्सकसँग परामर्ष गर्नुपर्दछ।

बच्ने उपायहरुः

  • दिनको दुईपटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्ने गर्नुपर्दछ। दाँत माझ्नको लागि प्रयोग गरिने बुरुसको अवस्था पनि ख्याल राख्नु पर्दछ। विगत ३/४ महिना देखि एउटै बुरुस प्रयोग गरिरहेको छ भने तुरुन्तै नयाँ बुरुस किनेर प्रयोग गर्नुपर्दछ। साथसाथै फ्लोराइडेटेड पेस्टको प्रयोग गर्नुपर्दछ जसले दाँतलाई मजबुत बनाउने गर्दछ। दाँत माझ्नुको अलावा हरेक पटक खाना खाईसकेपछि राम्रो सँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्तेलेउ जस्तो फोहोर बस्न दिदैन।
  • दाँतको बिच बिचमा रहेका फोहोरहरु ब्रस गर्दा ननिस्किन सक्छ त्यसैले डेन्टल फ्लस, इन्टरडेन्टल ब्रसको प्रयोग गरेर निकाल्न सकिन्छ।
  • Powered ब्रसहरुको प्रयोग पनि गर्न सकिन्छ।
  • जिब्री वा ब्रसको पछाडिको भागले बिस्तारै बिस्तारै नियमित रुपमा जिब्रोको सफा गर्नुपर्दछ।
  • खानेकुराहरुमा पनि विशेष ध्यान दिनुपर्दछ। दाँतमा टाँसिने खानेकुराहरुको प्रयोग एकदमै कम गर्नुपर्दछ। साथै गुलिया खानेकुराहरुको खपत पनि कम गर्नुपर्दछ।
  • चिकित्सकको सल्लाहबमोजिम माउथवास तथा डिसेन्सिटाइजिङ पेस्टहरु प्रयोग गर्न सकिन्छ।
  • शरिरमा मधुमेहजस्तो किसिमका रोगहरु छ भने गिजासम्बन्धि समस्याहरु आउन नदिन विशेष ध्यान दिनुपर्दछ।
  • गिजा स्वस्थ राख्नको निम्ति भिटामिन सि युक्त फलफुलहरुको नियमित सेवन गर्नुपर्दछ।
  • कम्तिमा पनि वर्षको दुईपटक (६/६ महिनाको फरक) एन एम सि दर्तावाला (NMC Registered) दन्तचिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुपर्दछ। साथसाथै सफा गराउने गर्नुपर्दछ।

गिजासम्बन्धि रोगहरुबाट बच्ने एकमात्र उपाय भनेको आफ्नो बानीमा परिवर्तन ल्याउनु नै हो। नियमित रुपमा दाँत तथा गिजाको ख्याल, नियमित रुपमा चिकित्सकसँग परामर्स र चिकित्सकको सल्लाहबमोजिमको कार्य गरेमा रोगहरुबाट बच्नसकिन्छ। “स्वस्थ दाँत, स्वस्थ मुख नै स्वस्थ शरीरको उद्गम विन्दु” यसलाई मुल मन्त्रको रुपमा पालना गरौँ। स्वस्थ रहौँ, खुसी रहौँ सुखि रहौँ।

[डा. रिजाल हाल काठमाडौं विश्वविद्यालको  डिपार्टमेन्ट अफ पेरियोडोन्टिक्समा कार्यरत हुनुहुन्छ।]

Tags: Corona Virus #Covid19Dr. Arjun Hari RijalTeeth braces
SummarizeShare274ScanTweet146

Related articles

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    652 shares
    Share 261 Tweet 163
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    666 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र
  • बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.