डेंगु ज्वरो Aedes Aegypti (एडिज एजिप्टाई) जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो अलि ठूलो आकारको र छिर्केमिर्के रंगको हुने गर्दछ । यो लामखुट्टे शहरी तथा शहर उन्मुख ठाँउहरुमा बढी पाइने गर्दछ ।
डेंगु ज्वरो अतितीब्र खाले विषाणुजन्य रोग हो । यसका लक्षणहरुमा एक्कासी ३ देखि ५ दिन सम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, आँखाको गेडा दुख्ने, अरुचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने र डाबरहरु आउने गर्दछन् । केही बिरामीमा सुरुमै शरीर भरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डीफोर जस्तो डाबरहरु देखिन्छन् । ज्वरो आइरहेका अवस्थामा नाक तथा गिजाबाट रक्तस्राव हुने र छालामुनि रक्त स्राव हुने हुन्छ । तर डेंगु हेमोरेजिक फिभर संलग्न नभएका खण्डमा मृत्युदर ज्यादै न्यून हुन्छ ।
यस्ता बिरामीहरुको विशेष हेरचाहको लागि अस्पतालमा भर्ना गर्नु पर्दछ । यो रोगका बिरामीहरु सामान्य तया वैशाख देखि मंसिर महिना सम्म देखिने गरेका छन् ।


डेंगुबाट बच्ने उपायहरु:
यो रोगवाट बच्नका लागि समूदायको महत्वपूर्ण भूमिका हुन्छ जस्तै
- डेंगु लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकोले यसको टोकाइबाट बच्न पुरा शरीर ढाकिने कपडा लगाउने साथै शरीरका देखिने भागमा लामखुट्टेले नटोक्ने मलम जस्तै ओडोमोस लगाउने ।
- डेंगु सार्ने एडिज् इजिप्टी लामखुट्टे मानिसको वस्ति वरिपरि प्राकृतिक वा कृतिम रुपले जमेको पानीमा जस्तै टायर (मर्मत गर्न राखेका वा फ्याकेका), बाटा, बाल्टीन, फूल राख्ने गमला, खाल्डाखुल्डी, एयर कन्डीसनर, लोटा, कतारो, खुल्ला वोतलहरु, थोरै भन्दा थोरै पानी जम्ने विक्रो जस्ता भाडाहरु, पानी जम्मा भएको खूल्ला ट्ंयाङ्कीमा जम्मा भएको पानीमा फूल पारी वृद्धि विकास हुने भएकोले नियमित लामखुट्टेको वासस्थान खोज तथा लार्भा नष्र्ट गर्ने कार्यक्रम संचालन गर्नु पर्ने हुन्छ ।
- घर विद्यालयको अध्याँरा कुना काप्चा, जस्तैस् पर्दा पछाडि, खाटमुनी, शौचालय भित्र, डेस्क बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गर्नुपर्छ ।
- थोरै पानीजम्ने ठाँउहरुमा पनि पानी जम्न नदिइ समय समयमा सफा गर्नु पदर्छ ।
- दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नु पर्छ र रोगको प्रकोप भएको वेला सम्वन्धित बिषय विज्ञहरुको सल्लाह वमोजिम लामखुट्टे विरुद्ध किटनाशक विषादी छिड्काउँ कार्यक्रम संचालन गर्नुपर्छ ।
- डेंगु ज्वरोको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त संपर्क गर्नु पर्दछ । यो रोग चिकित्सक तथा स्वास्थ्यकमीहरुको प्रत्यक्ष निगरानीमा उपचार गरेमा निको हुन्छ ।
नोट: चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि सेवन नगर्ने।