10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड–१९ महामारीको चपेटामा दन्तचिकित्सा #COVID19 #DentalMedicine

HNN Staff by HNN Staff
December 5, 2020
in Articles, Health
Reading Time: 2 mins read
A A
4
Impact of Covid 19 on Dental Health Dr Purna

Impact of Covid 19 on Dental Health Dr Purna

677
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️डा. पूर्ण खनाल 

 डेन्टल बिभाग प्रमुख , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

गत बर्ष चैत्र दोस्रो साताको कुरा हो, नेपालमा लकडाउन भर्खर सुरु भएको थियो, विहानको ६ बजे मेरो मोवाइलको घण्टी बज्यो, सम्पर्क नम्बर मोबाइलमा सेभ रहेनछ, तुरुन्त उठाइहालें । एकजना बिरामीले कल गरेका रहेछन, रातभर दाँत दुख्यो रे । मैले फोनबाटौ औषधि टिपाइदिएँ र त्यहाँको कुनै स्थानिय फार्मेसिबाट लिन सुझाएँ र समस्या निरन्तर रहेमात्र अस्पताल आउन सल्लाह दिएँ ।

त्यस्तै अर्को दिन कुनै एकजना व्यक्तिले आत्तिदै फोन गरे की आगँनमा खेल्दाखेल्दै १० बर्षका उनका छोराको अगाडीको दाँत भाचियो रे ! तुरुन्त पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा आउन भने र हाम्रो टिमले सो बखत अस्पतालमा उपलब्ध भएको स्थानिय रुपमा  पि.पि.ई लगाएर उपचार प्रदान गर्यौं, यस्ता उदाहरण केवल प्रतिनिधी घटना मात्र हुन ।

कोभिड–१९ महामारीको सङ्कटमा नेपालमा पनि लकडाउनको अवधिमा स्वास्थथ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका बमोजिम हामी दन्त चिकित्कहरुले फोन सम्पर्क बाटै कतिपयलाई सेवा प्रदान गर्यौं भने कतिपय इमर्जेन्सी उपचार जोखिम मोलेर सेवा प्रदान गर्यौं।

गत डिसेम्बरमा चिनको उहानमा सर्वप्रथम देखा परेको कोभिड–१९ रोग छोटो अवधिमै विश्वव्यापी महामारीको रुप लियो । के विकसित के विकासोन्मुख अथाव अल्पविकसित राष्ट्र सवैलाई यसले ठूलो चुनौति खडा गर्यो । श्वासप्रश्वास जन्य मसिना छिटा तथा कण एवं एक अर्काको नजिक दुरीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यस रोगबाट हालसम्म विश्वभर करिब ६  करोड ६६ लाख व्यक्तिहरु संक्रमित भइसकेका छन् भने १६  लाख भन्दा बढिको संख्यामा ज्यान गइसकेको छ ।

नेपालमा पनि यसबाछ सङ्क्रमित हुनेको संख्या २ लाख ३८ हजार नाघिसकेको छ भने १५६६ भन्दा बढिको ज्यान गएको छ । यसलाई मुकाविला गर्न विश्वका विभिन्न राष्ट्रहरु आ–आफ्नो तवरबाट लागि परेका छन् ।

यस महामारीको नियन्त्रण स्वरुप नेपाल सरकारले गत चैत्र ११ गते बाट लकडाउन घोषण गर्यो । अधिकांश व्यक्तिहरु घरमै सिमित रहे । सुरु सुरुमा कयौं दिनको अन्तरालमा नेपालमा १–२ जना संक्रमित देखा परे पनि सबैजना झस्कन पुग्थ्यौं । मान्छे, मान्छेसँग डराउन थाले, समाचारहरुको मुख्य शिर्षकहरु पनि कोरोना महामारी नै हुन्थ्यो ।

सामाजिक सञ्जाल भर यसको चर्चा, परचर्चा हुन्थ्यो अरु त घरमै बसे हुन्थ्यो, तर हामी जस्ता सरकारी संस्थामा कार्यरत स्वास्थकर्मी कहिल्यौ छुट्टीमा घरमा बस्न पाउँदैनथ्यौं । को मर्ने को बाच्ने टुङ्गो नभएजस्तो हुन्थ्यो । यसले कतिपय व्यक्तिहरुमा आत्महत्या लगाएतका विभिन्न मानसिक रोगहरु निम्ताएको खबर सुनिन्थ्यो । अस्पतालमा ड्युटी गरेर घर जाँदा पनि आफु सङ्क्रमित भइ परिवारका सदस्यहरुलाई कोरोना सार्ने हो की भन्ने डर लाग्थ्यो ।

हामी चिकित्सक भएको नाताले आ–आफ्नो क्षेत्रमा आवश्यक परेको खण्डमा कहिल्यौ पछि नहट्ने कुरमा प्रतिवद्ध थियौं । यस्तो भय त्रास एवं विषम परिस्थितिमा पनि हामीहरु कहिल्यै हरेश खाएनौं र बिरामीको सेवामा तल्लीन भइराख्यौं, यस अवधिमा कयौं भर्चुअल जुम सम्मेलन तथा तालिमहरुमा सम्मिलित भइयो।  अस्पतालले पनि ज्वरो क्लिनिक आइसोलेसन तथा क्वारेन्टाइन जस्ता विशेष कोरोना उपचार क्षेत्र खडा गर्यो । अस्पतालहरुमा सङक्रमण रोकथामका विभिन्न पद्धतिहरु हुन थाले । प्रवेशद्धार नजिकै सेनिटाइजर बुथ तथा निसङ्क्रमण गर्ने केमिकलको प्रयोग भयो ।

ठाउँ -ठाउँमा हात धुने स्टेशनको स्थापना गरिए । कोरोना महामारी नियन्त्रणमा कुनै प्रयास नभएकाे हैनन,  यस महामारीबाट डेन्टल, नाक, कान घाँटी तथा एनेस्थोसिया जस्ता क्षेत्रहरुमा प्रत्यक्ष रुपमा आक्रान्त बनेका छन् । यस महामारीको चपेटामा परेको क्षेत्र डेन्टिष्ट्रीलाई अग्रस्थानमा राख्न सकिन्छ ।यस विचमा नेपालमा सङ्क्रमितको संख्या तथा मृत्यु हुनेको संख्या निकै बृद्धि हुनुका साथै हाम्रौ टिममा सेवा गर्नुहुने कतिपय स्वास्थ्यकर्मी साथिहरु संक्रमित भै सक्नुभएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि डेन्टल उपचारलाई सबैभन्दा उच्च जोखिममा राख्यो । पि.पि.ई लाई युद्धको समयमा हात हतियार जस्तो मान्न थालियो । गुणस्तरीय पि.पि.ई. पाउँदा पनि हिराकै हतियार प्राप्त गरेजस्तो अनुभुति हुन्थ्यो ।

डेन्टल उपचार किन जोखिम उपचारमा पर्छ त

Teeth care as a part of dental health
Teeth care as a part of dental health

दाँत तथा मुख सम्बन्धी अधिकांश समस्याहरु सामान्य औषधिको माध्यमबाट निको हुँदैनन । यसको लागि बिरामिलाई डेन्टल चेयरमा राखेर गरिने प्रक्रियागत उपचारको खाँचो पर्छ । यस्ता प्रकारको उपचार गर्दा विरामीसँग निकै नजिक हुनुपर्ने भएकाले भौतिक दुरी कायम गर्न असम्भव हुनुका साथै विरामीलाई मेडिकल मास्क लगाएर उपचार गर्न पनि व्यवहारिक नहुने भएकाले बिरामीको मुख तथा घाँटिमा रहेका भाइरस मसिनो कणको माध्यमबाट स्वास्थ्यकर्मीलाई सर्न सक्छ।

यसका साथै दाँतको अधिकांस उपचारमा हेन्ड पिसको प्रयोग गर्नुपर्ने भएकाले एरोसोल उत्पादन हुन्छ । यसका अतिरिक्त पछिल्ला अध्ययनहरुले -याल ग्रन्थी तथा -यालबाट कोभिड–१९ भाइरस सर्नसक्ने सम्भावना भएकाले डेन्टल उपचारलाई उच्च जोखिममा राखेको हो ।

यसले मुख तथा  दाँत स्वस्थ्यमा पारेकाे प्रभाव

कोरोना महामारी त्रासका कारण डेन्टल उपचारको लागि जाने व्यक्तिहरुको संख्या ह्वात्तै घटेको पाइन्छ, यसमा पनि कस्मेटिक दन्त उपचारको लागि इच्छुक व्यक्तिहरुको संख्या अझै न्युन देखिन्छ । गत लकडाउनको अवधिमा नेपालमा गरिएको एक अध्ययनले करिव ७० प्रतिसत दन्त चिकित्सकले कोरोना महामारीका कारण आर्थिक भार व्यहोरिरहेको देखाएको छ ।

उक्त अवधिमा कातिपय निजि स्तरमा कार्यरत दन्त चिकित्सकहरुले तलव समेत नपाएको देखिएको छ । यस महामारीका कारण डेन्टल उपचारको स्वरुप पनि परिवर्तन भएको देखिन्छ । सोही लकडाउनको अवधिमा नेपाल मै गरिएको अर्को अध्ययनले करिव ५८ प्रतिशत दन्त चिकित्सकले फोन सम्पर्क बाटै बिरामीलाई उपचार गर्न सल्लाह दिएको देखाएको छ ।

एकातर्फ कोरोना महामारीका विच डेन्टल उपचारमा संलग्न हुने स्वस्थ्यकर्मिहरु संङ्क्रमित हुने डर बढेको छ भने अर्को तर्फ आम्दानी कम हुनगई आर्थिक व्ययभार बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमोदन गरेको निर्देशिका बमोजिम क्लिनिक तथा अस्पतालको परिमार्जन गर्नुपर्ने तथा स्वास्थ्यकर्मीको लागि व्यक्तिगत सुरक्षा सामाग्री (पि.पि.ई) को प्रबन्ध गर्नुपर्ने हुँदा लागत खर्च बढेर गएको पाइन्छ ।

यसका अतिरिक्त कोरोना महामारीले विश्व अर्थतन्त्रमा प्रभाव पारेको हुँदा कतिपय डेन्टल सँग सम्बन्धित उपचार सामाग्रिको मुल्य बृद्धि भएको छ । सेवाग्राहिको आयस्रोतमा आएको गिरावट एवं डेन्टल उपचारमा आवश्यक लागत खर्चको वृद्धिले सिर्जना गरेको दुरीलाई सम्बोधन गर्न पनि सहज देखिदैन ।

स्वास्थ्य संस्थाले गर्न सकिने पक्षहरु

यस महामारी नियन्त्रण प्रत्येक नागरिकको भुमिका महत्वपुर्ण रहन्छ । कुनै पनि नागरिकले पाउनुपर्ने अत्यावश्यक तथा इमजेन्सी स्वास्थ सेवाबाट कोहिपनि बञ्चीत हुन हुँदैन । यसै कुरालाई मध्यनजर गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमोदन गरेको मुख तथा दाँत सम्बन्धी उपचार निर्देशिकालाई आम नागरिकले पनि बुझ्न जरुरी देखिन्छ । यसका लागि डेन्टल उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मीलाई उपचारमा सावधानी अपनाउने विषयमा तालिम दिन जरुरी हुन्छ ।

एकै पल्ट विरामीको भिडभाड कम गर्न उनिहरुलाई कुनै समय दिएर उपचार गर्न समिन्छ । अस्पताल अथवा क्लिनिक प्रवेश गर्नु अघि मास्क अनिवार्य रुपमा लगाउनु पर्ने साथै साबुन पानीले हात धुन जरुरी हुन्छ । रिसेप्सन क्षेत्रमा कर्मचारीले स्क्रिनिङ फारम भरी डेन्टल उपचारको लागि सापेक्षिक रुपमा सुरक्षित भए नभएको निर्क्योल गर्न सकिन्छ ।

विरामी कुर्ने ठाउँमा भौतिक दुरी कायम गरि बिरामीलाई बस्न आग्रह गर्नुका साथै क्लिनिकमा पर्याप्त सेनिटाइजरको प्रबन्ध तथा उपचार गर्ने कक्षमा विशेष अवस्थामा बाहेक उपचार गराउनु पर्ने व्यक्तिलाई मात्र लैजाने प्रबन्ध गर्नुपर्छ । उपचारका लागि विरामीको परिक्षण गरि उपचारको आवश्यकता अनुसार बर्गिकरण गर्न सकिन्छ ।

जसमा पछि गरेपनि फरक नपर्ने खालका कम प्राथमिकताका उपचारलाई केहि अबधिसम्म स्थगन समेत गर्न सकिन्छ,  उक्त निर्देशिका अनुरुप उपचारको प्रकृति हेरि विभिन्न स्तरको पि.पि.ई प्रयोग गर्न सुझाइएको छ । तर यसको अर्थिक एवं व्यवहारिक पाटो त्यति स्पष्ट भने देखिँदैन, उपचार कक्षको भेन्टिलेशन राम्रो हुनुपर्छ , प्रत्येक विरामिको उपचार पछि डेन्टल चेयर तथा अन्य सम्पर्कमा आएका सामाग्रिहरुलाई सेनिटाइजर वा क्लोरिन सोलुसनले पुछ्नुपर्छ, र  सदा झैं सामानहरुको निर्मलिकरणमा उच्च सतर्कता अपनाउनु पर्छ ।

सकभर मुख बाहिर बाट गरिने एक्स–रे लाई रोज्नुपर्छ छीनछिनमा हात धोइरहने तथा सेनिटाइजर प्रयोग गर्ने लगाएतका विषयहरु यस निर्देशिकामा समावेश गरिएका छन् ।

सेवाग्राहिले अवलम्बन गर्नैपर्ने कुराहरु

सर्वप्रथम बिरामी वर्गले अस्पताल तथा क्लिनिकमा विशेष समय लिएर मात्र उपचार गर्न जाँदा राम्रो हुन्छ । उपचार गराउने व्यक्ति बाहेक अन्य व्यक्तिहरु सकभर कम गरी उपचार स्थल जानुपर्छ । अनिवार्य रुपमा मास्क लगाएर क्लिनिक प्रवेश गर्नुका साथै हात धुने तथा सेनिटाइजर प्रयोग गर्न जरुरी छ ।

बिरामी कुर्ने कक्षमा कम्तिमा ६ फिटको भौतिक दुरी कायम गर्नुपर्छ । आफुलाई कोभिड–१९ का लक्षण्हरु देखा परे त्यहाँक स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्छ । यसका साथै आफु उपचार गराउने संस्थामा आवश्यक स्वास्थ्य मापदण्ड पालना भए नभएको निर्क्योल गरेर मात्र सेवा ग्रहण गर्न अपरिहार्य देखिन्छ ।


#World Health Organisation,  #Ear, Nose , NECK

#Health Worker #Sanitizer # X – Ray

#Pokhara Academy for Health Science

#Social Distance # Teeth care as a part of dental health  #Health and Population Ministry

 

 

Tags: #government of NepalCorona Virus #Covid19Dental HealthDr.Purn KhanalHealth workerSelf Isolation
SummarizeShare326ScanTweet146

Related articles

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

by Nam Raj Bhatta
February 22, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर १ .NCD भनेको के हो? नेपालमा कस्ता NCD धेरै छन्? NCD भनेको नसर्ने रोग हो – एक व्यक्तिबाट अर्कोमा सर्दैन, तर भएपछि...

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

by Nam Raj Bhatta
February 20, 2026
0

✍️ डा. दिपक पौडेल मोटोपन हुनुका मुख्य कारण प्रमुख कारण खराब जीवनशैली र अस्वस्थ खानपान हो। वंशाणुगत वा हर्मोनको गडबडीका कारण, अत्यधिक गुलियो पेय पदार्थको सेवन, फास्ट फूडको...

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

by Nam Raj Bhatta
February 5, 2026
0

काठमाडौं, २२ माघ २०८२ हिजो-आज देशभर निर्वाचन अभियानको रौनक छ। नेताहरू माइकमा उभिएर आश्वासन बाँडिरहेका छन्, समर्थकहरू नारा लगाइरहेका छन्। तर यी सबैको भीडमा एउटा गम्भीर प्रश्न मेरो...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    626 shares
    Share 250 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    599 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.