10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical

Nam Raj Bhatta by Nam Raj Bhatta
December 27, 2024
in Articles
Reading Time: 2 mins read
A A
0
बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ ई. अमृत प्रसाद भण्डारी उपाध्याय

बिरामीहरू अस्पतालमा जाँदा उनीहरू राम्रो उपचार पाऊँ भन्ने उद्देश्यले पुग्दछन्। अस्पतालमा दक्ष डाक्टर, नर्स र पारामेडिकल कर्मचारीहरू उपलब्ध हुँदाहुँदै पनि, यदि त्यहाँ प्रयोग हुने तथा जाँचगर्ने उपकरणहरूले राम्रोसँग काम नगर्ने स्थिति आयो भने उपचार नपाउने अवस्था सिर्जना समेत हुन सक्छ।

यस्ता अवस्थामा उपचार प्रक्रियामा प्रयोग हुने विविध प्रकारका मेडिकल उपकरणहरूको नियमित चेकजाँच, मर्मत र व्यवस्थापनका लागि बायोमेडिकल इन्जिनियर तथा बायोमेडिकल टेक्निसियनहरूको आवश्यकता महत्त्वपूर्ण रूपमा महसुस गरिन्छ। अस्पतालमा प्रयोग हुने विभिन्न साधारणदेखि जटिल प्रकृतिका मेडिकल उपकरणहरूको बारेमा गहिरो जानकारी राख्ने बायोमेडिकल इन्जिनियर तथा बायोमेडिकल इन्जिनियरिङ विभागको प्रत्येक सरकारी तथा निजि संस्थामा ठूलो महत्त्व रहन्छ। जसले गर्दा स्वास्थ्यकर्मीहरूलाई आफ्नो सेवा मुलक कार्यमा सहजता प्राप्त हुन्छ।

अस्पतालमा प्रयोग हुने मेडिकल उपकरणहरू प्रायः महँगा र जटिल प्रकृतिका हुन्छन् । साना समस्याहरूले गर्दा यस्ता मेडिकल उपकरणहरूले काम नगर्ने स्थिति आउन सक्छ। लाखौं रुपैयाँको लागतमा प्राप्त ती मेडिकल उपकरणहरूको अस्पतालमा नियमित चेकजाँच तथा मर्मत सम्भारको आवश्यक रहेको हुन्छ। कतिपय अवस्थामा मेडिकल उपकरणहरूको क्षमता भन्दा बढी प्रयोग हुने, कहिलेकाहीँ मात्र प्रयोग हुने वा न्यून प्रयोग हुने मेडिकल उपकरणहरूलाई पनि सदैव सञ्चालन योग्य अवस्थामा राख्नुपर्ने हुन्छ। त्यस्ता कार्यहरुलाई सहजतापूर्ण ढंगले राख्नका निम्ति बायोमेडिकल इन्जिनियरको मुख्य भूमिका रहन्छ I

उपकरण खरिदमा मूख्य भूमिका:

मेडिकल उपकरणहरू खरिद गर्दा, कस्ता किसिमका मेडिकल उपकरणहरु किन्ने, मेडिकल उपकरण खरिद गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र (IEC, ISO, CE-MDR, USFDA) जस्ता गुणस्तर प्रमाणपत्रहरु उपकरणको प्रवृति तथा स्वास्थ्य संस्थाको आवश्कता बमोजिमको सुनिचता गरी हेर्ने, खरिद गर्ने लगिएका मेडिकल उपकरणहरुबाट कस्ता किसिमका सेवाहरु प्राप्त गर्न सकिन्छ र स्वास्थ्य संस्थामा त्यसको आवश्कताको बारेमा सुनिश्चता गर्ने, दीर्घकालीन अवस्थामा मेडिकल उपकरण कतिको टिकाउ हुन सक्छ वा सक्दैन, सञ्चालनमा सजिलो हुने वा नहुने, मेडिकल उपकरणबाट प्राप्त रिपोर्ट छिटो छरितो दिन मिल्ने वा नमिल्ने, विरामीहरूलाई उपकरणको नजिकबाटै प्रत्यक्ष रुपमा परीक्षण गर्न मिल्ने वा नमिल्ने, आकस्मिक अवस्थामा प्रयोग हुने मेडिकल उपकरणहरुमा ब्याट्री ब्याकअपको व्यवस्था भएको वा नभएको सुनश्चित गर्ने, उपकरण बाट करेन्ट लिक भएर विरामीलाई खतरा हुने सम्भावना रहने वा नरहने र उपकरण बाट गलत रिपोर्ट आउने सम्भावना के कस्तो हुन्छ जस्ता विभिन्न पक्षहरू विचार गर्नुपर्छ। साथै, मेडिकल उपकरणहरु बिग्रिएमा सप्लायर्सले स्पेयर पार्ट्स र सेवा उपलब्ध गराउन सक्छन् वा सक्दैनन्, रिपोर्टहरू अन्य वार्डहरूमा पठाउन मिल्छ वा मिल्दैन र उपकरणमा नेटवर्किङ सुविधा छ वा छैन भन्ने जस्ता कुराहरूको व्यवस्थापन तथा मूल्याङ्कनमा बायोमेडिकल इन्जिनियरको ठूलो भूमिका हुन्छ।

उपकरणको व्यवस्थापनमा मुख्य भूमिका:

कतिपय अवस्थामा, मेडिकल उपकरण पुरानो भएर वा बिग्रिएर थन्किएको अवस्थामा त्यसको व्यवस्थापन गर्ने तथा पुराना संचालनमा रहेका मेडिकल उपकरणहरूबाट निस्किने ध्वनिले पनि आवाज प्रदूषण गरी विरामीहरूलाई असहज बनाउन सक्छ। त्यस्ता कारणहरु एकै ठाउँमा धेरै मेडिकल उपकरणहरु राखेर संचालन गर्दा वा एक उपकरणले अर्कोलाई असर गरेर नतिजा फरक पार्न सक्छ। त्यो अवस्था न्यूनीकरण गर्नका निम्ती उपकरणहरूलाई ‘Standard Operation Procedure’ अनुसार चलाउनुपर्ने हुन्छ, त्यसका लागि उपकरणहरू खरिद गर्दा नै यी सम्पूर्ण कुराहरू बारेमा विचार गर्नु आवश्यक हुन्छ। यी सबैको सुपरिवेक्षण र व्यवस्थापन बायोमेडिकल इन्जिनियरहरूबाट मात्र सम्भव हुन्छ।

प्रशिक्षणमा मुख्य भूमिका:

बायोमेडिकल इन्जिनियरहरूले मेडिकल उपकरणहरूको प्राविधिक पक्षहरू मात्र सम्हाल्दैनन्, मेडिकल उपकरणहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्नका निम्ती स्वास्थ्य सेवा प्रदायकहरू जस्तै: डाक्टर, नर्स तथा स्वास्थ्य संस्थाका अन्य सेवा प्रदायक हरुलाई प्रशिक्षण दिन पनि मुख्य भूमिका खेल्छन्। उनीहरूलाई टेक्नोलोजीको कुशलतापूर्वक र सुरक्षित रूपमा प्रयोग गर्न सशक्त बनाउँदछन् । त्यस्ता प्रशिक्षण सत्रहरूले अधिक कुशल र विश्वस्त स्वास्थ्य सेवा कार्यबलमा योगदान पुर्‍याउँछ, जुन सफल स्वास्थ्य परिणामहरू सुनिश्चित गर्नका लागि महत्त्वपूर्ण हुन्छ I

अनुसन्धान र विकासमा मुख्य भूमिका:

नेपालको जनसंख्याको विशिष्ट आवश्यकता अनुरूप नवीन चिकित्सा समाधानहरू, विभिन्न स्वास्थ्य सेवा सुधार गर्नका निम्ती महत्वपूर्ण छन। बायोमेडिकल इन्जिनियरहरू प्राय: मेडिकल पेशेवरहरू, अन्वेषकहरू र शिक्षाविद्हरूसँग स्वदेशी तथा बिदेशी स्वास्थ्य सेवा प्रविधिको विकास गर्न सहयोग गर्दछन् । यी समाधानहरू कम लागतको चिकित्सा उपकरणहरू उत्पादन देखि टेलिमेडिसिन प्लेटफर्महरू सम्मका हुन सक्छन् जसले विशेष गरी ग्रामीण क्षेत्र र कम सेवा भएका क्षेत्रहरूमा टाढाको परामर्श सक्षम गर्दछ।

टेलिमेडिसिन र रिमोट समर्थन:

नेपालको बिषयमा दुर्गम क्षेत्रहरूमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच एक चुनौतीपूर्ण हुन सक्छ, तर बायोमेडिकल इन्जिनियरहरूलको पहल र सहतामा टेलिमेडिसिन पहललाई सहजरुपमा अघी बनाउन सकिन्छ। दुर्गम क्षेत्रमा परामर्श सहज पार्न र स्थानीय स्वास्थ्य सेवा प्रदायकहरूको लागि समर्थन तथा सहजता पार्न टेलिमेडिसिनको माध्यमबाट, चिकित्सा विज्ञहरूले टाढाबाट अनुगमन गर्न, चिकित्सक द्वारा सल्लाह प्रदान गर्न र महत्वपूर्ण परिस्थितिहरूमा वास्तविक-समय सहयोग प्रदान गर्न तथा भविष्यले पहिरन योग्य रिमोट निगरानी र एआई-सहायता निदान र भर्चुअल शिक्षाको परिकल्पना गर्दछ तथा दुर्गम क्षेत्रहरूमा स्वास्थ्य परिणामहरूमा उल्लेखनीय सुधार गर्न सक्दछन् I बायोमेडिकल इन्जिनियरहरूको भूमिका डेटा प्रसारण सुरक्षित गर्न र स्वास्थ्य सेवाकर्मीहरूलाई प्रशिक्षण दिन विस्तार गर्न मात्र नभई भौगोलिक अवरोधहरू पार गर्ने र व्यापक बिरामीहरुको हेरचाह प्रदान गर्ने र स्वास्थ्य सेवा असमानताहरू कम गर्ने भूमिका खेल्दछ। यी स्तरवृद्धिहरूले स्वास्थ्य सेवाका खाडलहरू पूरा गर्न सक्छन्, नेपालको बिषयमा हेर्दा विभिन्न स्वास्थ्य लाभ लिन सक्ने उदाहरणका लागि एक गर्भवती आमाहरूलाई हुन सक्छन् ।

निष्कर्ष:

बायोमेडिकल इन्जिनियरहरूले नेपालको केन्द्रीय सरकार तथा निजि स्वास्थ्य संस्थामा महत्त्वपूर्ण भूमिका खेल्दछन्।  मेडिकल उपकरणहरू खरिदमा मूख्य भूमिका, उपकरणहरुको व्यवस्थापन गर्न, नयाँ टेक्नोलोजीको परिचय दिन, बिरामीको सुरक्षा सुनिश्चित गर्न, उपकरण संचालन तथा व्यवस्थापन सम्बन्धि प्रशिक्षण र समर्थन प्रदान गर्न बायोमेडिकल इन्जिनियरको विशेषज्ञताले महत्वपूर्ण प्रभाव पार्दछ। स्वास्थ्य सेवा पेशेवरहरूसँग सहकार्य गरेर र अनुसन्धान र विकासमा सक्रिय रूपमा भाग लिएर बायोमेडिकल इन्जिनियरहरूले नेपालको जनसंख्याको आवश्यकता अनुरूप स्वास्थ्य सेवा प्रविधिको प्रगतिमा महत्वपुर्ण योगदान पुर्‍याउँदछन् I

“जहाँ मानव विज्ञानले प्रविधिलाई भेट्छ”

[लेखक हाल: परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल बायोमेडिकल इन्जिनियर हुनुहुन्छ।]

Tags: Amrit BhandariBio MedicalMedical equipmentsParopakar maternity and women hospital thapathali Kathmandu
SummarizeShare234ScanTweet146

Related articles

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

by Nam Raj Bhatta
February 22, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर १ .NCD भनेको के हो? नेपालमा कस्ता NCD धेरै छन्? NCD भनेको नसर्ने रोग हो – एक व्यक्तिबाट अर्कोमा सर्दैन, तर भएपछि...

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

by Nam Raj Bhatta
February 20, 2026
0

✍️ डा. दिपक पौडेल मोटोपन हुनुका मुख्य कारण प्रमुख कारण खराब जीवनशैली र अस्वस्थ खानपान हो। वंशाणुगत वा हर्मोनको गडबडीका कारण, अत्यधिक गुलियो पेय पदार्थको सेवन, फास्ट फूडको...

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

by Nam Raj Bhatta
February 5, 2026
0

काठमाडौं, २२ माघ २०८२ हिजो-आज देशभर निर्वाचन अभियानको रौनक छ। नेताहरू माइकमा उभिएर आश्वासन बाँडिरहेका छन्, समर्थकहरू नारा लगाइरहेका छन्। तर यी सबैको भीडमा एउटा गम्भीर प्रश्न मेरो...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    625 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    596 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.