Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेपालमा दम र एलर्जीको अवस्था #AsthmaAllergy

Nam Raj Bhatta by Nam Raj Bhatta
२०८० बैशाख १६, शनिबार १६:०५
in Research & Study
Reading Time: 2 mins read
A A
0
नेपालमा दम र एलर्जीको अवस्था #AsthmaAllergy
623
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १६ वैशाख २०८०

नेपालजस्तो विकासोन्मुख देशमा विशेषगरी शहरी क्षेत्रमा  बालबालिका, बयस्क देखि वृद्दहरुसम्म एलर्जी तथा दमको  सम्बन्धि समस्याहरु बढ्दै गएका छन् ।

यसै सन्दर्भमा आउँदो मे महिनामा परेको एलर्जी तथा आस्थाका जनचेतना महिना भएकोले नेशनल अस्थमा एलर्जी सेन्टर लाजिम्पाटका विशेषज्ञ तथा एलर्जी सोसाईटी (PAAIPSON) का अध्यक्ष एवम् बालरोग तथा एलर्जी रोग विशेषज्ञ डा. महेश कुमार गौतम सँग स्वास्थ्य पत्रकार नमराज भट्टले गरेको कुराकानीका आधारमा।

* एलर्जी भनेको के हो?

एलर्जी भन्नाले शरीर बाहिरको तत्त्व विशेषत: प्रोटिन तत्वहरु संग शरीरले देखाउने एक किसिमको अवाञ्चित असर भन्ने बुझिन्छ।यदि‌ छालामा एलर्जी भएमा छाला सुख्खा हुने देखि लिएर चिलाउने डाबर आउने सम्मका लक्षणहरू देखिन्छन् जसलाई एलर्जीक डर्माटाइटिस भनिन्छ।‌ त्यस्तै नाकमा एलर्जी भएमा नाक चिलाउने, बन्द हुने, हाछ्यु आउने वा नाकबाट पानी बगीरहने हुन्छ । यसलाई एलर्जीक राइनाइटिस भनिन्छ।‌ नाक सँगै आखाँ रातो हुन्छ भ‌ने यसलाई एलर्जीक राइनाेकन्जङटिभाइटिस भनिन्छ। त्यस्तै छातीमा स्वास फेर्ने नलीमा एलर्जी भएमा लामो समय खोकि लाग्ने वा बल्झिरहने, स्याँस्याँ हुने वा छिटो थकान महसुस हुने लक्षण देखिन्छन् जसलाई एलर्जीक ब्रोङकाइटिस भनिन्छ। समान्य भाषामा हामी यसलाई दम (Asthma) भनेर बुझ्दछौं।

यदि कसैलाई खानेकुराको एलर्जी भएको छ भ‌ने खानेकुरा नपच्ने, पेट दुख्ने, झाडावान्ता हुने सँगै छालाको एलर्जीका लक्षणहरू देखिन सक्छन्। त्यस्तै कुनै मुखवाट खाने वा सुइबाट दिने औषधिको एलर्जी छ भने छालामा डाबर आउने र चिलाउने हुन्छ यसलाई ड्रग एलर्जी भनिन्छ। 

माथिका मध्ये कुनै पनि एलर्जीमा‌ शरीरमा डावर आउने बाहेक ओठ आँखा सुन्निने, खोकि लाग्ने वा श्वास फेर्न गाह्रो हुने, ब्लड प्रेसर कम हुने वा अचेल हुने लक्षण एकैसाथ देखिएमा यसलाई जटिल एलर्जीक रियाक्सन भनिन्छ। मेडिकल भाषामा सबैभन्दा जटिल ज्यानै जान सक्ने एलर्जीक रियाल्सनलाई एनाफाइलेक्सिस ( Anaphylaxis) भनिन्छ।‌‌

Skin

* यसका लक्षणहरू के के हुन सक्दछन्? 

छालामा हुने लक्षणहरू : छाला सुक्खा हुने, डाबर आउने, चिलाउने

नाकमा हुने लक्षणहरु :  विहान उठ्दा खेरी हाच्छिउँ आउने, नाक बगिरहने, सिगान नबगेर नाक बन्द हुने, आँखा चिलाउने र आँखा रातो हुने। 

छातीमा हुने लक्षणहरु :  खोकी लाग्ने,  थकान महसुस हुने, रातीमा बढी खोकी लाग्ने, स्याँस्याँ हुने।

* एलर्जीको जाचँ के नेपालमा‌ गर्न सम्भव छ कि छैन ?

आफुलाई के कुराको एलर्जी छ भनेर जाँच्ने सुबिधा अब नेपालमै सम्भव छ। यसमा सबैभन्दा विश्वासिलो जाँचमा एलर्जेन‌ स्किन प्रिक टेस्ट पर्दछ। जसमा एलर्जी सम्बन्धि विशेषज्ञ चिकित्सकले बिरामीको मेडिकल इतिहास, खानपिन, बसाइँ, पारिवारिक एलर्जी इतिहास इत्यादि विभिन्न कुराहरुको‌ आधारमा आवश्यक ठहरिएका दोसी एलर्जेनहरुको छनोट गरी जाँच गर्छन्। यी बाहेक पनि अन्य बिभिन्न एलर्जी जाँचहरु उपलब्ध छन्। 

Allergy

* एलर्जीको उपचार कसरी गर्ने ? 

हाम्रो देशमा यस्ता रोगीहरु प्रायः एलर्जी रोग हेर्ने विशषज्ञ डाक्टरहरुकोमा पुग्ने सम्भावना एकदमै कम हुन्छ।

जस्तै बच्चाहरूमा रुघाखोकी लागि रहन्छ भने प्राय जसो आमाबुबाहरुले पहिलो त औषधि पसलमा गएर औषधि किनेर खुवाउने बानी हुन्छ। रुघाखोकी भनेर डिकोल्ड र साइनिक्स किनेर खुवाइदिन्छन जसले गर्दा पछि गएर समस्याहरु पर्न सक्छन् । धेरैजसोले एन्टिबायोटिक औषधि खुवाउने बानी पनि परेका छन्। यदि डाक्टरकहाँ पुगे पनि यो एलर्जी हुन सक्छ भनेर विचार नगरिदिने, रुघाखोकी लाई पनि एन्टिबायोटिक लेखिदिने, बच्चाहरुलाई स्याँस्याँ अनि गाह्रो भएको छ भने मुखबाट खाने औषधी जस्तो स्टरुवाइड औषधिहरू राखिदिने गर्छन्।  जुन किसिमको उपचार गर्नुपर्ने हो त्यो नभएर बच्चालाई पछि गएर धेरै समस्याहरु उत्पन्न हुने गर्दछन्। 

यस्ता समस्याहरु विशेषज्ञ चिकित्सकको कमिले गर्दा पनि हो। जुन यस्तो समस्या भएका बच्चा विशेषज्ञ चिकित्सक कहाँ पुग्छन् उनीहरूलाई समस्या छालाको छ भने छालालाई प्रदूषित वातावरणबाट जोगाउने गर्नुपर्दछ। त्यसको लागि मोइस्चराइजरको प्रयोग गर्नुपर्ने हुन्छ वा नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ।  त्यसपछि पनि समस्या भइरहेको छ भने विभिन्न किसिमका औषधिहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।

Aasthma

त्यस्तै एलर्जीक राइनाइटुस समस्या छ भने नाकमा हाल्ने स्प्रे औषधि प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तै दम छ भने इनहेलर औषधिको प्रयोग गर्नुपर्ने हुन्छ। यी बाहेक कुनै निश्चित चिजको एलर्जी हो भनि ठम्याउन सकेमा त्यस विरुद्ध इम्युनोथेरापि दिन सकिन्छ। यो सँगसँगै एलर्जी गर्ने तत्वबाट पनि जोगिन एकदम जरुरी छ। 

 * नेपालमा‌ एलर्जी रोग उपचारको अवस्था कस्तो छ ? 

नेपालमा एलर्जि भनेर उपचार गर्ने चिकित्सकहरूको कमी रहेको छ‌ । यो पढाइ प्रायः नयाँ भएको हिसाबले पनि हुन् सक्छ। हाम्रै छिमेकी मुलुक भारत र  बंगलादेशमा पनि एलर्जीको विद्या बिकसित हुँदै गइरहेको छ । पहिला-पहिला एलर्जी रोग भनेको एकदमै विकशित देशहरुमा मात्रै हुने रोगको रुपमा चिनिन्थ्यो। अहिले आएर दक्षिण एसियाको राष्ट्रहरूमा पनि एलर्जी एकदमै बढिरहेको छ।  समस्या के हो भने राष्ट्रिय तहमा नीति निर्माणको तहमा एलर्जी पनि समस्या हो भनेर कतिपयले चासो नदेखाइ दिनाले, यसलाई प्रभाव पार्ने वातावरणीय प्रदूषण चुरोटको धुवाँ, महिना नपुगिकन जन्मने, आमाको दुध भन्दा पनि बट्टाको दूध खुवाउने चलन बढिरहेकोले गर्दा एलर्जी समस्या बढिरहेको छ । तर नीति निर्माण गर्ने जुन ठाउँमा जुन व्यक्ति हुनुहुन्छ उहाँले त्यसतर्फ ध्यान नदिएकोले बढ्दो क्रममा छ । जसले गर्दा यो रोग पहिचानमा आउन सकेको छैन र राष्ट्रिय तहमा पनि यसको डाटा अपुग अवस्थामा छ।

Dam

* एलर्जी रोगको पहिचानमा‌ नेपाल सरकारले के गरिदिनुपर्ने  जस्तो लाग्छ?

नेपाल सरकारले सबैभन्दा पहिले जनचेतना बढाउनुमा मद्दत गर्नुपर्यो, जसरी हामीले चुरोट खानु हुँदैन भन्ने जनचेतना बढाउनमा‌ सरकारको प्रमुख भूमिका छ। बायु प्रदुषण र एलर्जीले गर्दा पनि बच्चाहरूमा तथा बयस्कहरुमा हरुमा दम हुन्छ । प्रदुषित खानेकुराहरुले गर्दा एलर्जी बढ्दै जाँदा पाचनप्रणालीमा समस्या भएर त्यसको पनि एलर्जी बढ्दो रुपमा छ भनेर जनमानसमा यो सन्देश पुर्याइदिनु नितान्त आवश्यक रहेको छ।

त्यसैगरी अहिले जो चिकित्सकहरु अभ्यास गरिरहनुभएको छ उहाँहरुलाई पनि एलर्जी भन्ने पनि विधा छ यसको राम्रोसँग पहिचान गर्नुपर्छ। डाटा राम्रोसँग कलेक्सन गर्ने र इपिडिमियोलोजीकल रिसर्च पनि गर्नुपर्छ ‌। एलर्जीको विज्ञहरु पनि बढुन भनेर सरकारी तहबाटै पनि डाक्टरहरुलाई विदेशमा एलर्जी शिक्षाको तालिम दिनको लागि पठाउनु पर्दछ।  समय-समयमा विदेशबाट विशेषज्ञ चिकित्सकहरुलाई नेपालमा ल्याएर तालिम दिलाउनु नितान्त आवश्यक रहेको छ।

Tags: AllergyCorona Virus #Covid19Dr. Mahesh Kumar gautam
SummarizeShare272ScanTweet146

Related articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
२०८० बैशाख १६, शनिबार १६:०५
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
२०८० बैशाख १६, शनिबार १६:०५
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

by Nam Raj Bhatta
२०८० बैशाख १६, शनिबार १६:०५
0

काठमाडौं, १६ जेठ २०८२ नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान...

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

by Nam Raj Bhatta
२०८० बैशाख १६, शनिबार १६:०५
0

काठमाडौं, १२ चैत २०८१ सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुलाई नरोकी हार्ट अट्याकको BYPASS अपरेशन, OFF –Pump पद्दतिबाट गराउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। ५० जना भन्दा...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.