Magnus pharma
आज: २०८२ चैत्र ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

Nam Raj Bhatta by Nam Raj Bhatta
May 31, 2025
in Research & Study
Reading Time: 1 min read
A A
0
सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १६ जेठ २०८२

नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान जाने हुन्छ । यो संख्या नेपालमा वर्षभरीमा हुने कुल मृत्युको  करिब १८ प्रतिशत हो ।

स्टेप्स सर्भे २०१९ का अनुसार  नेपालमा १५ देखि ६९ वर्ष उमेर समूहका २८.९ प्रतिशत नागरिक सुर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेका छन् ।  त्यसमा पुरुषको प्रतिशत मात्रै र्हेने हो भने ४८.३ र महिलाको प्रतिशत हेर्ने हो भने ११.६ रहेको छ ।

नेपाल धुवारहितको सुर्तीजन्य पदार्थको प्रयोग बढी हुने देशको सूचीमा पनि अगाडी छ । विश्वव्यापी रुपमा धुवारहित सुर्तीजन्य पदार्थको प्रयोग ४ प्रतिशत छ तर नेपालमा भने यसका प्रयोगकर्ता १८ प्रतिशत रहेको छ ।सुर्तीजन्य पदार्थको प्रयोगदर नियन्त्रणमा नआउँदा नसर्ने रोगको जोखिम बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ । बढ्दो जोखिमसंगै मृत्युदरको रेखा पनि उकालो चडेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् ।

त्यसो त विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोग र त्यसबाट भईरहेको उच्च दरको मृत्युलाई रोक्न सकिने मृत्युको रुपमा परिभाषित गरेको छ । सुर्तीजन्य पदार्थको सेवनको उपभोग घटाउँदै जाँदा मृत्युको डरलाग्दो तथ्यांक क्रमश घट्दै जाने सुर्तीजन्य पदार्थबिरुद्धको अभियानमा क्रियाशिल संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द बताउँछन् । Action nepal 1 scaled 1

सुर्तीजन्य पदार्थको उपभोग कम हुँदा मृत्युको डरलाग्दो तथ्यांक घटाउन सकिन्छ । तर नेपालमा अन्य दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुमा भन्दा सुर्तीजन्य पदार्थको करमा न्यून वृद्धि हुँदा यसको प्रयोग झन् बढ्दै गएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले बताए।

सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगका कारण स्वास्थ्य समस्या बढ्दै गएको र सोही दरमा मृत्युदर पनि बढिरहेको छ तर यसमा करको दर बढाउँदा मूल्य महँगो हुन्छ र थोरै व्यक्तिले मात्र सेवन गर्न सक्छन् जसले स्वास्थ्य समस्या र मृत्युदर घटाउन मदत पुग्छ । त्यसैले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन कर वृद्धि आवश्यक छ ।

नेपालमा सुर्तीजन्य पदार्थमा करको दर ३४/३५ प्रतिशत मात्रै छ ।  नेपाल सरकारले सुर्तीजन्य पदार्थमा लिँदै आएको कर दक्षिण एसियामै सबैभन्दा न्यून हो । भारतमा सुर्तीजन्य पदार्थमा ५८ प्रतिशत कर छ । यस्तै, सुर्तीजन्य पदार्थमा पाकिस्तानले ६१ प्रतिशत, बंगलादेशले ७३ प्रतिशत कर छ भने श्रीलंकाले ७७ प्रतिशत लाग्दै आइरहेको छ । तर विश्व स्वास्थ्य संगठनले भने नेपाल जस्तो विकासोन्मुख मुलुकमा करको दर ७५ प्रतिशत पुर्‍याउँन सुझाव दिदै आएको छ ।

डा. केसीले नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून उत्कृष्ठ बनाए पनि कार्यान्वयनमा समस्या भएको समेत जोडे ।  ‘नेपालको कानुन राम्रो छ। तर कार्यान्वयनमा समस्या छ। कार्यान्वयन राम्रो संग हुने हो भने सूर्तीेजन्य पदार्थ नेपालमा प्रतिवन्ध सरह नै हुन्छ’।

सुर्तीजन्य पदार्थ नियन्त्रणका बनेका ६ रणनीतिमा रहेर कामहरु भईरहेको छन् । डा. केसीले भने । त्यसो त मन्त्रालयले यसपटक सुर्तीजन्य पदार्थमा करको दर ७५ प्रतिशत नै पुर्‍याउने अर्थ मन्त्रालयलाई सुझाव पेश गरेको छ । स्वास्थ्यको सुझावलाई अर्थले कत्तिको कार्यान्वय गर्छ त्यो भने दुई साता पछि आउने बजेट कार्यक्रमबाटै थाहा हुनेछ ।
नसर्ने रोगको प्रकोप विश्वव्यापी रुपमा बढ्दो छ । त्यसबाट नेपाल अछुतो रहने कुरै भएन । नेपालमा पनि यसको प्रकोप दिनानुदिन बढ्दो छ । त्यसको प्रमुख कारण धूमपान तथा सुर्तीजन्य पदार्थ रहेको विज्ञहरु बताउँछन् ।

बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. भगवान कोइराला भन्छन्, नसर्ने रोगहरूको एक प्रमुख कारकको रूपमा रहेको सुर्तीजन्य पदार्थको प्रयोगले हृदय रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, क्यान्सर र मधुमेह निम्त्याउन सक्छ। यसबाहेक, सुर्तीजन्य पदार्थको प्रयोगले निम्त्याउने रोगको उपचारमा लाग्ने ठूलो वित्तीय तथा आर्थिक भारका साथै, यसबाट हुने मृत्यु र अपाङ्गताका कारण मानव पूँजीमा पर्न जाने क्षति पनि उत्तिकै छ।

डा. कोइरालाले नसर्ने रोगको प्रकोप नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण जरुरी रहेको बताए । उनले त्यसका लागि सुर्तीजन्य पदार्थमा करको दर बढाउन पर्ने सुझाव दिए । नेपालमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर ज्यादै न्युन छ, सस्तो हुँदा सबैको पहुँच छ । चुरोट सेवनबाट लाग्ने मुटु रोग त गरिब व्यक्तिका लागि रैछ । त्यसैले चुरोट एवं सुर्ती सेवन गर्ने व्यक्तिलाई सामाजिक रूपबाटै बहिष्कार गरौं । डा. कोइरालाले भने ।

अन्य दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुमा भन्दा सुर्तीजन्य पदार्थको करमा न्यून वृद्धि हुँदा यसको प्रयोग झन् बढ्दै गएको छ । पछिल्लो १० वर्षयता सुर्तीजन्य पदार्थमा बढेको सबैभन्दा न्यून कर वृद्धि भएको छ । सुर्तीजन्य पदार्थमा मूल्य १० प्रतिशतले बढ्दा खपत सरदर ६ प्रतिशतले घट्ने अध्ययनमा उल्लेख छ। सूर्तीेजन्य पदार्थबाट लाग्ने रोगहरु जनस्वास्थ्यको प्रमुख चिन्ताको रुपमा देखिएको अवस्थामा सरकार त्यस प्रति गम्भिर हुन जरुरी रहेको छ ।

Tags: #government of Nepal#Health and population ministry
SummarizeShare234ScanTweet147

Related articles

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
October 9, 2025
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
September 26, 2025
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

by Nam Raj Bhatta
March 25, 2025
0

काठमाडौं, १२ चैत २०८१ सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुलाई नरोकी हार्ट अट्याकको BYPASS अपरेशन, OFF –Pump पद्दतिबाट गराउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। ५० जना भन्दा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.